एउटै विषयमा कत्ति धेरै छलफल भैसक्यो ।
दैनिक जस्तो पटक पटक डब्बल भैसक्यो ।
आशा मरेको छैन लय पनि त छोडेको छैन
घोट्दा घोट्दै खालि खुट्टा नै चप्पल भैसक्यो ।
सपनामा बा मात्र देख्यो किन आमा देखेन
त्रास बढेर आयो पसिना खलखल भैसक्यो ।
फुल हेर्छु जुन र तारा हेर्छु तैपनि मन मान्दैन
लौन!प्रिय तिम्रो मुहार हेर्न तलतल भैसक्यो ।
झन् बुझ्यो झन् कठिन छ कस्तो तरिका हो
काम सुरु भएकै छैन भन्छन् सफल भैसक्यो ।
-राम भण्डारी