Wednesday 21st January 2026

मुख्यमंत्रीले गरे वाङखै नेत्र अस्पतालको उद्धाटन


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले वाङखै स्थित नेत्र अस्पतालको उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले गतः कोविदको समयमा सानो रूपमा शुरू गरेको सो अस्पताललाई आज व्यापक रूपमा सबै चाहिने सरसामानको साथमा शुरू भएको कुरा पनि बताए ।

मुख्य अतिथिको रूपमा उपस्थित बिरेनले आफ्नो वक्तव्यमा भने कि मणिपुरमा पनि ऑखा संबंधित बिमार निकै माथी पुगेको र यसको निवारणको लागि सरकारले पीपीपी मोडलको रूपमा सो अस्पताल शुरु गरेको कुरा उनले बताए ।
मुख्यमन्त्रीले भने कि अब आउने भविष्यमा सरकारले फेरि पनि यसको पहल गर्ने छ र जनतालाई राहत दिने छ भन्ने पनि अठोट गरे ।

यसै अवसरमा राज्यका विभिन्न निकायका मानिसहरू पनि उपस्थित थिए ।
स्मरण रहोस मणिपुरमा ऑखाको अस्पताल खोलिनु एउटा चानचुने कुरा होइन ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...