Wednesday 1st April 2026

“आधुनिक नेपाली लघुकथा” प्रतियोगितमा लघुकथाकार नारायण कोइरालाको लघुकथा ‘छर्रा’ उत्कृष्ट


तीतोपाटी – आधुनिक नेपाली लघुकथा फेसबुक पेजले सञ्चालन गरेको “आधुनिक नेपाली लघुकथा प्रतियोगिता”को नवौं संस्करणमा लघुकथाकार नारायण कोइराला विजयी हुनुभएको छ । प्रतियोगितामा सहभागी लघुकथाहरू मध्ये कोइरालाले लेखेको ‘छर्रा’ शीर्षकको लघुकथा उत्कृष्ट लघुकथामा परेको हो ।

प्रतियोगितामा समावेश भएका लघुकथा मध्ये उहाँको “छर्रा” शीर्षकको लघुकथा उत्कृष्टमा चयन भएको छ । प्रतियोगितामा समावेश लघुकथालाई शीर्षक, आयाम, विषयवस्तु, कथानक ढाँचा, घटनाको संयोजन, पात्र विधान, उद्देश्य वा सन्देश, आरम्भ र समापन, भाषा र शैलीलाई मूल्याङ्कनको आधारमा चयन गरिएको हो ।

लघुकथा निर्णायक समितिमा निर्णायक संयोजक प्रा. डा. कपिल लामिछाने , निर्णायक डा. पुष्करराज भट्ट र हरिप्रसाद भण्डारी रहनुभएको थियो ।

वैदेशिक रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्समा रहँदादेखि यस मिडियाको सम्वाददाता भएर साहित्यका विभिन्न विधामा कलम चलाउन शुरू गरेका कोइरालाका लघुकथा सङ्ग्रह सहित केहि कृतिहरू प्रकाशित भइसकेका छन् भने केहि कृति प्रकाशोन्मुक छन् । शीत काव्य समाज नेपाल, जुनेली साहित्य समाज नेपाल, षड्ऋतु काव्य समाज नेपालका उपाध्यक्ष उहाँलाई उत्कृष्ट लघुकथा लेखनका लागि हार्दिक बधाई एवम् अझ सफलताको शुभकामना !


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...