Monday 19th January 2026

“आधुनिक नेपाली लघुकथा” प्रतियोगितमा लघुकथाकार नारायण कोइरालाको लघुकथा ‘छर्रा’ उत्कृष्ट


तीतोपाटी – आधुनिक नेपाली लघुकथा फेसबुक पेजले सञ्चालन गरेको “आधुनिक नेपाली लघुकथा प्रतियोगिता”को नवौं संस्करणमा लघुकथाकार नारायण कोइराला विजयी हुनुभएको छ । प्रतियोगितामा सहभागी लघुकथाहरू मध्ये कोइरालाले लेखेको ‘छर्रा’ शीर्षकको लघुकथा उत्कृष्ट लघुकथामा परेको हो ।

प्रतियोगितामा समावेश भएका लघुकथा मध्ये उहाँको “छर्रा” शीर्षकको लघुकथा उत्कृष्टमा चयन भएको छ । प्रतियोगितामा समावेश लघुकथालाई शीर्षक, आयाम, विषयवस्तु, कथानक ढाँचा, घटनाको संयोजन, पात्र विधान, उद्देश्य वा सन्देश, आरम्भ र समापन, भाषा र शैलीलाई मूल्याङ्कनको आधारमा चयन गरिएको हो ।

लघुकथा निर्णायक समितिमा निर्णायक संयोजक प्रा. डा. कपिल लामिछाने , निर्णायक डा. पुष्करराज भट्ट र हरिप्रसाद भण्डारी रहनुभएको थियो ।

वैदेशिक रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्समा रहँदादेखि यस मिडियाको सम्वाददाता भएर साहित्यका विभिन्न विधामा कलम चलाउन शुरू गरेका कोइरालाका लघुकथा सङ्ग्रह सहित केहि कृतिहरू प्रकाशित भइसकेका छन् भने केहि कृति प्रकाशोन्मुक छन् । शीत काव्य समाज नेपाल, जुनेली साहित्य समाज नेपाल, षड्ऋतु काव्य समाज नेपालका उपाध्यक्ष उहाँलाई उत्कृष्ट लघुकथा लेखनका लागि हार्दिक बधाई एवम् अझ सफलताको शुभकामना !


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...