Wednesday 1st April 2026

टुक्का कविता:-पाल्पाको पहिचान


-शिव कुमार रेग्मी

(१)
सौन्दर्यले भरिएको छ पाल्पा जिल्ला,
धर्मको क्षेत्रमा अब्बल यो छ किल्ला।
(२)
पर्यटकीय ठाउँ नै छन् धेरै क्षेत्र,
देशी-बिदेशी लोगको छ यहाँ नेत्र।
(३)
विशिष्ट श्रेणीको तानसेन बजार,
दैनिक आउँछन् पर्यटक हजार।
(४)
सुशील स्वभावका जनता बस्दछन्,
सबै काव्य विद्यामा रचना कस्दछन्।
(५)
संसारको कुना काप्चा पाल्पाली घुम्दछन् ,
साहित्य काव्यको सम्मान साथ चुम्दछन् ।
(६)
बटुक,चुकाउनीहरू नै नास्ताका राजा,
आउनु पाल्पा घुम्न खाउँला बसेर ताजा।
(७)
पाल्पा पोखराथोकमा छ मेरो घर,
शिव कुमार नाम अनि रेग्मी थर।
(८)
पाल्पाको सदरमुकाम तानसेन बजार,
संस्कृतिले सजाईएका मन्दिर छन् हजार।
(९)
रिडी,राम्दी,रानीघाटमा लाग्छ राम्रो मेला,
संसार भरिका धर्मालम्बी नै हुन्छन् भेला।
(१०)
मेरो सम्पूर्ण साहित्य प्रेमी आँउनु घुम्न,
सौन्दर्यले भरिएको ठाउँहरूको चुम्न।
(११)
राम्रो करूवा र पाल्पाली ढाका हाम्रो सान,
सम्पूर्ण साथीले पाल्पाको विशेषता जान।
(१२)
सम्पुर्ण जाती-धर्मका मानिसहरु बस्छन्,
सद्भाव र मेल-मिलाप आपसमा कस्छन्।
(१३)
सबैले बुझ्नुस् सुन्दर पहिचान छ हाम्रो,
यहाँको सद्भाव कार्यबाट सिकिन्छ राम्रो।

पोखराथोक,पाल्पा
प्रवर्तक:जुनेली साहित्य


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...