चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलक
———————–
लक्ष्मीप्रसाद मिश्र
समायोजक
—————–
👉️ सविता के.सी.
===========
पञ्चाङ्ग १
राजनीति ल्याए डलरमा बिकेको छ
समाज बनियो संस्कृतिमा टिकेको छ
विरोधी भावमा जनता बाँचेका कठै
मानौँ मुटुबाट ढुकढुकी झिकेको छ
देशको प्राण छ त दैवमा टिकेको छ ॥
१
पुर्खाले चलाएको संस्कृति शुद्ध बन्यो
तिहार दसैँ हाम्रो विकृति युद्ध बन्यो
मान्छेको जाती परिचय हो परम्परा
चिरस्थायी गौरवगाथा प्रबुद्ध बन्यो
कसैको दिमाग यही देख्ता क्रुद्ध बन्यो ॥
२
आआफ्ना कामको लागि अङ्ग हुन्छ
उसैबाट अघि बढ्ने ढङ्ग हुन्छ
शरीरको एक भाग नहुँदा नि
सङ्घर्ष देख्ता त लोक दङ्ग हुन्छ
जीवनमा मनको उमङ्ग हुन्छ॥
३
तिलकप्रसाद लुइटेल, काठमाडौँ ।
पञ्चाङ्ग २
भातृत्वको यो सद्भाव यहाँ जसले चलाए पनि
हात नहुँदा कुनैबेला समाजले जलाए पनि
हात मात्र नभएर के भयो र चल्छ अर्को अङ्ग
चिन्ता त थिएन केही पाउको टीका नलाए पनि
दैवसँग छैन गुनासो मनैदेखि छलाए पनि ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग ३
चाडपर्व पनि अचेल पैसाका खेल भए
संस्कृति बेचेर विकृति पो किनमेल भए
हेर्नुहोस् चित्रको भाइटीका मनाए यसरी
बनावटी अनि देखावटी ककटेल भए
बाबुबाजेका महान् आदर्शहरू फेल भए ।
श्रीकृष्ण शर्मा, पोखरा
पञ्चाङ्ग ४
सबैलाई हुनुपर्छ रहर टीकाको
हर्ष र उमङ्ग गाउँ सहर टीकाको
विकृति विसङ्गति संस्कृतिको नाममा
कहिले पनि नबनोस् कहर टीकाको
किन आज बनेको छ जहर टीकाको ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ५
कठै ! हात नहुँदा पनि चाडपर्व मान्नै पर्ने
आफ्नो संस्कृतिलाई जगेर्ना को लागि धान्नै पर्ने
हजुर दुई हात नभए ता पनि अरु अंगले
टीका लाउन या अरुकाम गर्न जान्नै पर्ने
चेली माइती नाता मायाको डोरीले बान्नै पर्ने ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ६
दाजुभाइ, मेरा हातहरू छैनन् टीका लगाउनु छ मैले
तिनै टुटेका हातहरू बिन्ती गरेर मगाउनु छ मैले
कसैले लगातार खेदो खनुन् वा जिस्काएर अपाङ्ग भनुन्
मेरा पीर अनि व्यथा सारा आँसुसँगै बगाउनु छ मैले
कत्ति पनि कमजोर छैन सबैलाई जगाउनु छ मैले ।
प्रेम थापा “मन”, बागलुङ
पञ्चाङ्ग ७
भाषा संस्कृति र चाडपर्व हाम्रो धन हो
खुलेर बोल्छ यही नै नेपालीको मन हो
यसमा हाम्रो पू्र्खाको लामोअभ्यास पो छ
त्यसैले यसमा पाइन्छ नेपाली पन हो
अशक्तै हुँदा पनि मनैले मनाऔ जन हो ।
पशपति राई खोटाङ ।
पञ्चाङ्ग ८
हातै नभए नि चाडपर्व मान्नै पर्यो
आफ्नो संस्कृति जसरी पनि धान्नै पर्यो
हात नभए ता पनि अरु अंगले नि
भाईलाई टीका लगाउन जान्नै पर्यो
दिदिभाईको नाता दरिलो बान्नै पर्यो ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग ९
आफन्तको गास्ने माया म भित्र छ
प्रेम छ स्नेह छ अङ्ग पवित्र छ
चाडपर्वले संस्कार सिकाउँछ
सहजता सम्हाल्नु नै सचित्र छ
आपस्त सद्भाव सदा समित्र छ ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १०
असम्भव भन्ने नै के छर आँटेपछि
पार्न सकिन्छ चाड सुन्दर आँटेपछि
सबल, दुर्बल भन्ने सोचका कुरा हुन्,
मनमा बन्छ बलियो घर आँटेपछि
रहन्न आत्मग्लानी र डर आँटेपछि ।
वसन्त अनुभव
घोराही, दाङ
पञ्चाङ्ग ११
बाँचुञ्जेल मान्छेले सबै काम गर्नु पर्छ
हात नहुनेले खुट्टाले खाल्टाे भर्नु पर्छ
अगाडि पेट भएपछि वाध्यता छ गर्ने
टीका लगाउन खुट्टा लिएर सर्नु पर्छ
यस्ताे गर्दागर्दै एकदिन त मर्नु पर्छ ।
१
पञ्चाङ्ग
बहिनीले भाइलाई टीका लगाएकाे छ
हात छैन तैपनि त खुट्टा चलाएकाे छ
मान्छेले बाँच्न विकल्प खाेज्दै जाने हाे यहाँ
याे देखेर त सबैकाे आँखा रसाएकाे छ
कस्ताे हाे माया दुनियाँलाई बताएकाे छ ।
२
नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर ।
पञ्चाङ्ग १२
संस्कृति जगाउन तिहारको मान्नुपर्छ हामीले
भाई-बहिनको प्रेम रिस्ताको जान्नुपर्छ हामीले,
संकल्प गरेर मिलेर जागौँ हामी सबै नेपाली
भाइ टीका एक छ पहिचान छान्नुपर्छ हामीले
सौन्दर्यको प्रतीक पर्वहरू धान्नुपर्छ हामीले ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १३
दाजु बहिनी दिदीभाई मिली टीका लाउनु पर्छ।
जति टाढा भए पनि घरमा सबै आउनु पर्छ
वर्ष दिनको ठुलो चाड तिहार मनाउन
सबैले हाँसीखुसी रमाइलो गर्न पाउनु पर्छ
सम्पूर्ण परिवारमा खुसियालीले छाउनुपर्छ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग १४
हात बिना भाइ पुजिन्छ तिहारमा डाकेर सधैँ
दिर्घायुको कामना गरिन्छ इश्वर भाकेर सधैँ
चाड पर्व मनाउनु पर्ने परम्परा जोगाउन
रत फूलेका छन् सयपत्री बारीमा ढाकेर सधैँ
गरीबलाई रुवाउँछ नी ऋणमा जाकेर सधैँ ।
तारा घिमिरे सङ्खुवा सभा
पञ्चाङ्ग १५
छेक्किन्न परम्परा, अपाङ्गतामा पनि
झाँगिन्छन् अझ जरा, अपाङ्गतामा पनि
आत्मीयता कहाँ रोकिन्छ! हात नहुँदै
बगैँचा हराभरा, अपाङ्गतामा पनि
सितल ती छहरा अपाङ्गतामा पनि ।
केशव न्यौपाने, नुवाकोट ।
पञ्चाङ्ग १६
परम्परागत भाइ टीका हाे
ऐले तडगभडग फिका हाे
यमराज यमुना कहाँ बस्ने
यम पन्चक हाम्राे त निका हाे
भावि पिढिहरूलाई सिका हाे ।
म प्र घि
पञ्चाङ्ग १७
पुर्खाको जो नियम छ परम्परा थाम चलाको
आज किन हजुरले उन्को उल्टो नाम चलाको
संस्कृतिको पालनामा ध्यान छ होला उन्को पनि
तिहारमा चेली आई चाड मान्न दाम चलाको
दुवै हात छैनन् उन्का दुःख सुख काम चलाको ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १८
ममताले देखाउँछ यहाँको अवस्था कस्तो भएको छ
केहीले नै छेक्दैन आफन्तको भावना सस्तो भएको छ
बाध्यता अपाङ्गता पुग्नुपर्ने भेदभाव हुनु हुँदैन
दुवैतर्फ माया साटेर टीका लगाउँ जस्तो भएको छ
मनैले पुजी तनैले शिर पाउ तेल घस्तो भएको छ ।
जमुना आचार्य सिन्धुपाल्चोक ।
पञ्चाङ्ग १९
कहरमा पनि रहर देखियो मन भरियो हजुर
दक्षिणा ठुलो हैन सम्बन्ध हुनुपर्छ बलियो हजुर
जीवन्त बनोस् ममता देखावटी होइन कहिल्यै पनि
सद्भाव नहुनाले आपसमा महिमा सकियो हजुर
विडम्बना आफ्नै आँगनमा पो बिरानो बनियो हजुर ।
निर्मला सुवेदी, बागलुङ ।