(१)
तिहार
आयो
मनैमा
छायो।
(२)
नखेल
तास
पैसाको
नास।
(३)
आउन
जान
आफन्त
मान।
(४)
दाजु नि
छैनन्
भाइ नि
भैनन्।
(५)
मुटुमा
लायो
खिन्नता
छायो।
(६)
भुलेर
पीडा
माइत
हिड।
(७)
गलामा
माला
कसरी
होला?
(८)
माइती
आई
देउसी
गाइ।
(९)
अगाडि
सारे
प्रसन्न
पारे।
(१०)
तिहार
गयो
राम्रो नै
भयो।
सहयात्री शोभा अर्याल
बुटवल,रूपन्देही
नेपाल