Saturday 20th December 2025

इशाहक हुसैनका तिहार विशेष सुन्दर जुनेलीहरू


(१)
जुनेली
लेखौं
कमाल
देखौं।
(२)
मैनको
बत्ती
झिलिली
कत्ति।
(३)
अंधेरी
रात
दियोको
साथ।
(४)
तिहार
हाम्रो
चाड हो
राम्रो।
(५)
केराको
थम्मा
भएर
जम्मा।
(६)
नाचेर
गाउँ
यो आफ्नै
ठाउँ।
(७)
तिहार
चाड
नखानु
जाँड।
(८)
पूजा र
आजा
धर्महो
साझा।
(९)
टीका र
टाला
फूलको
माला।
(१०)
आशिष
लिन्छौं
सकेर
हिन्छौं।
ईशहाक हुसैन
जीतपुर सिमरा,बारा
हाल:बुटवल,रुपन्देही


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...