Wednesday 1st April 2026

टहल आचार्यको गजल संग्रह – ४३


जनताको कलमबाट इतिहास लेखिन्छ नै ।
यसपालाको चुनावमा तिम्रो रुप देखिन्छ नै ।

लुट्नलाई मुलुकको ढुकुटी नै नियाल्ने त्यो
लोभी पापी स्वार्थी दुष्ट गिद्धे नजर छेकिन्छ नै ।

बिना पौरख मोजमस्ती घिउ खाई मोटाएको ,
पक्कै पनि पुर्पुरो र करङ ढाड सेकिन्छ नै ।

अन्याए र अत्याचार भ्रष्टाचारको बिरुद्धमा ,
बेत पैय्युँ घँगारुको काटी लौरो टेकिन्छ नै ।

एकताको सूत्र भित्र सबैजना लाग्यौँ भने ,
स्वाभीमान समृद्धीले यो नेपाल थेगिन्छ नै ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...