Monday 19th January 2026

टहल आचार्यको गजल संग्रह – ४३


जनताको कलमबाट इतिहास लेखिन्छ नै ।
यसपालाको चुनावमा तिम्रो रुप देखिन्छ नै ।

लुट्नलाई मुलुकको ढुकुटी नै नियाल्ने त्यो
लोभी पापी स्वार्थी दुष्ट गिद्धे नजर छेकिन्छ नै ।

बिना पौरख मोजमस्ती घिउ खाई मोटाएको ,
पक्कै पनि पुर्पुरो र करङ ढाड सेकिन्छ नै ।

अन्याए र अत्याचार भ्रष्टाचारको बिरुद्धमा ,
बेत पैय्युँ घँगारुको काटी लौरो टेकिन्छ नै ।

एकताको सूत्र भित्र सबैजना लाग्यौँ भने ,
स्वाभीमान समृद्धीले यो नेपाल थेगिन्छ नै ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...