Wednesday 1st April 2026

कविताः यो कस्तो नियति? – दुर्गा निराैला


याे कस्तो नियति ?
जसले जे गरे पनि हुने सहनु पर्ने
याे कस्तो नियति ?
महङ्गो मुल्यमा ल्याएर मूल्य घटाइ बेच्नु पर्ने ।
याे कस्तो नियति ?
हवाई इन्धन पेट्रोल, डिजेल, मट्टीतेल र ग्यास हाे राष्ट्र लाई अड्याउने ।
महङ्गो मूल्य तिरी तेस्रो मुलुकबाट खपत गर्ने सरकार मूल्य घटायर बेच्न लगाउने ।
यसैले हाे सरकारलाई धेरै ट्याक्स र भन्सार चाहिँ तिर्नुपर्ने ।
याे कस्ताे नियति ?
धन्सारदेखि भन्सारसम्म देशकाे मुटु भनेकाे नै अायल निगम हाे ।
हेर्नुस याे कति अावाश्यक छ ?
अाकाशमा उड्न पनि यहि,
धर्तिमा गुड्न पनि यहि
बिजुली झ्याप्प जादा उज्याे दिने पनि यहि
हरियाे वन नेपालकाे धन भन्ने शब्द नेपालिमा उखान जस्तै भयाे ।
अाज घर घरमा खाना पकाउन चुलाेमा बल्ने पनि यहि
मिलदेखि सिलसम्म चाहिन्छ यहि ।
याे कस्तो नियति ?
हाम्रो देशमा खनिज पदार्थकाे खानि छ भनिन्छ ।
त्यसकाे उत्पादन गर्ने कुनै निकाय छैन ।
त्यहि चिजलाइ डल्लरमा खपत गर्न तेस्रो मुलुक धाउछ यहि
याे कस्तो नियति ?
छिमेकि मुलुक भारतकाे रक्साेलबाट
नेपाल अायल निगमले तेल ल्याउनु पर्छ ।
नेपाल सरकार सँग कुरा नमिले
भारत सरकार रिसले नाकाबन्दि गर्छ
त्यसकाे सबै भन्दा ठुलाे असर
नेपालमा राजनिति गर्ने राजनेतालाइ हाेइन
नेपाल सरकारलाई हाेइन
नेपाली जन्ता र नेपाल अायल निगमलाई नै पर्छ ।
याे कस्तो नियति ?
अाज हामी धेरै खुशी भएका छाै ।
रक्साेलदेखि अम्लेखगञ्जसम्म पाइप लाइन अायाे भनेर ढुवानीमा सहज भयाे भनेर ।
तर भारत सरकार खुशी रहन्जेल पेट्रोल डिजेल खटाउछ ।
मेचि, माहाकालि, कालापानि, लिपुलेक लिम्पियाधुरा जस्ता अमुल्य नदि लिएकै छ ।
भारत सरकारलाई रिस उठ्याे भने भाेलि पाइपलाइनबाट तेलकाे सट्टामा पानी पठाउँछ ।
याे कस्तो नियति ?
दियालो बाल्ने देशका जनता हाै हामी 2
निगमले नै दियालो बाल्ने समयलाई बदलि टुकी बत्ति बाल्ने बनायाे ।
उद्याेग धन्दा कलकारखाना यहिबाट चल्ने बनायाे ।
याे कस्तो नियति ?
नेताले जनता खुशि पार्न भाषण गर्दा भन्ने गर्छन
पेट्रोल डिजेल मट्टीतेल काे मूल्य घटाएर महङ्गि शुलभ पार्नेछु
बाटाे घाटाे पुलपुलेसा बनाउनेछु घर घरमा पाइपलाइनबाट ग्यास पुर्याउने छु
बिकासकाे गतिबढाइ नेपाललाई स्विजरल्याण्ड बनाउने छु ।
तेस्रो मुलुकमा तेलकाे मूल्य बढ्याे भनेर
मुल्यसमायाेजन गर्न निगमले एक रुपैया मूल्य बढायाे भने
तिनै नेताबाट सडकमा टायरबालेर सडक जाम
नेपाल बन्द अामहड्तालकाे राजनिति चल्छ यहि ।
याे कस्तो नियति ?
प्रधिकरणले बत्तिकाे भाउ बढाउदा डि डि सि ले दुधकाे भाउ बढाउदा
खाद्ये सस्थानले खाद्यान्नकाे भाउ बढाउदा यहाँका जनतालाई महङ्गि नबढ्ने ।
नेपाल अायल निगमले चाहिँ महङ्गाे मूल्य तिरेर ल्याइ सस्ताेमा बेच्नु पर्ने ।
कस्ताे नियति ?
वीर पर्खाले वीर गाेर्खाली बनेर अार्जेकाे देशकाे सिमा फैलिनु पर्ने
तर सिमाका स्तम्भ सर्दै सर्दै खुम्चिएर गएको छ ।
कालापानी लिपुलेक लिम्पियाधुरा नेपाली भुमि
अाज भारतीय भुमि हुन गएकाे छ
त्याे कसैलाई मतलब छैन मतलब राखेर खाेजी गरे
भारत सरकार रिसाउछ फेरि नाकाबन्दि गर्छ ।
त्यसकाे ठुलाे असर नेपाली जनता र नेपाल अायल निगमले खेप्नु पर्छ ।
याे कस्तो नियति ?
हामी गरिब देशका धनी जनता
हामीलाइ साइकल चढ्न लाज लाग्छ
डाेमेस्टिकमा बाेइङ्ग उडाउने
राेडमा पजेराे र प्राढाे गुडाउने
तेस्रो मुलुकबाट महङ्गो मुल्यमा ल्याएर
मुल्घटाइ बेच्न लाउने
याे कस्ताे नियति ?
हवाई इन्धन, पेट्रोल, डिजेल र मट्टीतेल, ग्यासलाइ
शप्तकाेशीकाे पानी उठाइ ल्यायर बेचेकाे सम्झने ।
याे कस्तो नियति ?

दुर्गा निराैला
प्रादेशिक कार्यलय थानकाेट ।✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️💔💔💔💔💔💔💔💛


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...