Monday 22nd September 2025

लघुकथाः नभरिने समुन्द्र -मित्र `उराठी´ गौतम


भिषण वर्षा भै रहेकोले हामी प्रतीक्षालयमा ओत लागेका थियौँ।तल कर्णाली समतुल्य भै वेग हानीरहेको थियो।वर्षाको कारण समयमै गन्तव्य पुग्न नसकिने आशङ्काले सबै निराश थिए, चुपचाप थिए।वातावरणमा मौनता छाएको थियो।
“किन त्यसरी टोलाइरहेको छोरा ?” – कर्णालीको वहाव एकोहोरो नियाली रहेको क्षितिजलाई बाबु घनश्यामले सोधे।
“निरन्तर यत्रो वर्षा भै रहेको छ।यो कर्णाली जस्तै हजारौँ नदीनालामा पानीको वहाव बढेको छ।यति धेरै पानी सागर, महासागरमा पुग्दा ती भरिएर सारा पृथ्वी जलमग्न हुनु पर्ने हो।तर त्यस्तो किन हुँदैन ?” – क्षितिजले जिज्ञासा पोख्यो।
“धत् लाटा त्यस्तो कहाँ हुन्छ ? अनादि काल देखि यही क्रम चलिरहेको छ।प्रकृतिले नै यसको सन्तुलन मिलाएको छ।”- घनश्यामले जवाफ दिए।
“तर कसरी ? वर्षामा अत्यधिक पानी जान्छ, समुन्द्री किनारका वस्ती त अवश्य डुब्छन् होला ?” -छोरो अझै जिज्ञासु बन्यो।
“समुन्द्रबाट पानी तातेर जति वाष्पीकरण हुन्छ त्यति नै पानी आकाशबाट पृथ्वीमा वर्षन्छ।छुट्टै अन्य ग्रहबाट आएर पृथ्वीमा वर्षा हुँदो हो त समुन्द्रमा नअटेर पुरा पृथ्वी जलमग्न हुँदो हो।समुन्द्रमा जति पानी घट्छ त्यती नै पानी नदीहरुबाट थपिन्छ।भोलिपर्सि ठूलो भएर विज्ञान पढेपछि यी कुरा वुझ्ने छौ छोरा।”- घनश्यामले छोराको जिज्ञासा शान्त पार्ने प्रयत्न गरे।

मित्र `उराठी´ गौतम
अमरपुर- गुल्मी हाल: तिलोत्तमा न पा -२ रुपन्देही


सम्बन्धित शीर्षकहरु

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३…

प्रतिकृयाहरू
...