Tuesday 15th July 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ४१


स्रष्टापरिचय

नाम ः श्रीमती गङ्गा कर्माचार्य पौडेल
जन्म मिति ः २०११ साल भदौ २० गते
जन्म स्थान ःदार्सिङ् दहथुम स्याङ्जा (हालको भिर्कोट नपा १)
शिक्षा ः प्रावि दहथुम मिडिलस्कूल,मावि पूर्णमृत भवानी हाइस्कूल भुम्रे स्याङ्जा
स्नातक ःपृथ्वीनारायण कजेज पोखरा
माता पिता ः स्व कृष्णदेवी कर्माचार्य,पूर्णलाल कर्माचार्य
पति ः बरिष्ठ कलाकार (चरा विज्ञ) हेम पौडेल
छोरीछोरा ः विनिता पौडेल (पाण्डे), विश्व पौडेल

ठेगाना हाल ःबूढानिलकण्ठ नपा वडा १० शिवपुरीचोक कपन काठमाडौँ

पहिलो प्रकाशित रचना—विवेक शिर्षकको कविता २०३२ सालमा प्रकाशित साप्ताहिक देशान्तर पत्रिका

प्रकाशित कृतिः

१) गङ्गाका केहिछालहरु(कविता सङ्ग्रह)२०३३
२)आँधीखोलाको सम्झना (कविता सङ्ग्रह) २०६३
३)ओजु र डाँफे(बालकाब्य)२०६४
४)धौली आमा (बालकाब्य)२०६५
५)पञ्चवलि (बालउपन्यास)२०६६नेपाल बाल साहित्य समाज बाट २०६७ सालको उत्कृष्ट बाल साहित्य लेखन पुरस्कार बाट पुरस्कृत कृति
६)त्जभ त्चष्अपथ ःष्अपथ ९ऋजष्मिचभल क्तयचष्भक ऋयििभअतष्यल०२०६६(अँग्रेजी भाषा)
७)चार आँठे चुल्ठो(प्रौढ)कथा सङ्ग्रह) २०६७
८)सुरी र भौँ भौँ(बाल कथा सङ्ग्रह)२०६७
९)किम्मी र मिम्मी (बालकथा सङ्ग्रह )२०६७
१०)कितावको जिल्ला (बालकथासङ्र्ग्रह)२०६८
११)कागले किन काँ काँ भन्छ(बालकथा सङ्ग्रह)२०६८
१२)दशैँको दछिणा(बालउपन्यास)२०७०
१३)चतुरेले चालपायो(बाल चित्रकथा)२०७०
१४)तर्साउने केटो(बाल चित्रकथा)२०७०
१५)कागले लग्यो कान (बालकथा सङ्ग्रह)२०७१
१६)गुलाफको फूल(बालकथा सङ्ग्रह)२०७१
१७) अप्पुको साइकल (बाल चित्र कथा ) २०७२
१८) छमछमी नाच्छु तीजमा (बाल कथा सङ्रग्रह) २०७२
१९)भुइँचालो(बाल कथा सङ्ग्रह) २०७२
२०) शिविरकी सुन्तली (किशोर) उपन्यास) २०७२
२१) सरस्वती (किशोर उपन्यास)२०७२ (गोठाले किशोर साहित्य

पाण्डृलिपि पुरस्कार २०७२ बाट पुरस्कृत कृति

२२) स्याङ्जाको नेपाली बाल साहित्यको इतिहास २०७२
२३) को ठूलो बालकथा सङ्ग्रह ब्रेललिपिमा(२०७५)
२४)आहा…घान्द्रुक बाल नियात्रा सङ्ग्रह(२०७५)
२५) मौन प्रश्न लघुकथा सङ्ग्रह (२०७६)
२६)आधी घण्टा(नियात्रा सङ्ग्रह(२०७६)
२७) गण्डकी प्रदेशका नेवारको इतिहास (२०७६)
२८) कमिलाकाकुरा बालकथा सङ्ग्रह (२०७८)
२९) काउकुती लाउने भूत बालकथा सङ्ग्रह (२०७८)
३०) काँचो प्रेम किशोर कथासङ्ग्रह (२०७८)
३१) नविराउनु नडराउनु बालचित्र कथा (२०७८)
३२)त्जभ त्ष्अपष्लिन न्जयकत २०७८ (काउकुती लाउने भूत कथा सङ्ग्रहको अँग्रेजी अनुवाद)
३३) त्ब्ीप् इँ त्ज्भ् ब्ल्त्क् ऋजष्मिचभल कतयचष्भक ष्ल भ्लनष्किज द्दण्ठड
३४)हाँस्यो हात्तीको छावा(चित्रकथा) २०७८
३५) समिक्षा सङ्ग्रह २०७८(प्रेसमा)

सहलेखनमा प्रकाशित कृतिः

१)करुणा सि डि गीति एल्बम(गीत सङ्ग्रह)२०६८
२)कथा वाटिका(कथा सङ्ग्रह)२०६८
३)गजलका थुँगाहरु(गजल सङ्ग्रह)२०६९
४)प्रवृत्ति (कथा सङ्ग्रह) २०७०
५)त्जभ ज्ष्mबबिथबल क्यग ि९ कभभिअतभम उयझक०द्दण्ठण् ष्ल भ्लनष्किज।
६)समकालिन स्याङ्जाली (मुक्तक सङ्ग्रह)२०७०
७)बागमतीका लहरहरु(कविता सङ्ग्रह)२०७१
८)रोजगार र सिर्जना( कथा सङ्ग्रह) २०७१
९) भुइँचालो (बालकथा सङ्ग्रह) २०७२
१०)हैसियत (गजल सङ्ग्रह) २०७३
११) मुक्रक चौतारी (मुक्तक सङ्ग्रह) २०७४
१२) शव्दशिविर (गजल सङ्ग्रह) २०७४
१३)मुटुको स्याहार (बालकथा सङ्ग्रह) २०७४
१४) प्रलेस (नारी स्रष्टा विशेषाङ्क) २०७४
१५)किशोर कथा सङ्ग्रह (भाग १,) २०७४
१६) हैसियत (गजल सङ्ग्रह) २०७५
१७) प्रज्ञा बालकविता सङ्ग्रह २०७५
१८) समय सन्दर्भमा नारी कथा २०७५
१९)किशोरी (कथा सङ्ग्रह) भाग १ र भाग २ २०७५
२०) हैसियत गजल सङ्ग्रह २०७६
२१) प्रज्ञा आधुनिक बालकथा (२०७६)
२२) प्रज्ञा बालगजल सङ्ग्रह २०७६
२३) समकालिन नेपाली प्रतिनिधि लघुकथा २०७६
२४)प्रज्ञा नारी रचनाकारका मुक्तक सङ्ग्रह २०७६
२५)क्भभिअतभम ऋजष्मिचभलक क्तयचष्भक ँचयm ल्भउब ि९द्दण्ठट०
२६) उडान गजल सङ्ग्रह २०७७

प्राप्त पुरस्कार,सम्मान,पदकः

१)प्रथम पुरस्कार (स्वर्ण पदक)अन्तराष्ट्रिय नारीवर्ष १९७५(वि.सं २०३२)पि एन कलेज पोखरा
२)अपाङ्ग प्रतिभा पुरस्कार २०६५ समाज कल्याण परिषद् काठमाडौं
३)तीला कुमारी साहित्य पुरस्कार २०६७ स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा
४)उत्कृष्ट बालसाहित्य पुस्तक लेखन पुरस्कार २०६७(पञ्चवलि बालउपन्यास २०६६को लागि

(नेपाल बालसाहित्य समाज) काठमाडौँ

५)सूचक पद्मादेवी बालसाहित्य पुरस्कार २०६८सूचक समुह काठमाडौँ
६)कालीगण्डकी कला साहित्य पुरस्कार२०६८ स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा
७)बाबा आँेम्वीरसिँह साहित्य प्रतिभा पुरस्कार २०७१ बाबाअँोम्वीर बस्न्यात प्रतिष्ठान काठमाडौँ
८)गोविन्द बाहादुर गोठाले किशोर पाण्डुलिपी पुरस्कार २०७२ काठमाडौँ (सरसवती किशोर उपन्यासको लागि)
९) बाल नरसिंह सुवर्णकुमारी स्मृति पुरस्कार २०७३ स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा
१०) मन कुमारी केदारशर्मा ढकाल प्रतिभा पुरस्कार २०७३ मनकेश प्रतिष्ठान स्याङ्जा
११) आमा इन्दिरा समाजसेवा पुरस्कार २०७४ पन्तस्मृति प्रतिष्ठान काठमाडौं
१२) जगत्रा घले साहित्य पुरस्कार २०७४ भद्राघले साहित्य सदन काठमाडौ
१३) ज्यााग्दी खोला कलासाहित्य पुरस्कार २०७६,ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जा
१४)गण्डकी प्रदेश प्रतिभा पुरस्कार २०७७, नेपाल सरकार संस्कृति,पर्यटन,नागरिक उड्डयन मन्त्रालय ।
१५) भेषजबिन्दु साहित्यिक पुरस्कार २०७८,भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जा वालिङ्
१६)बलराम स्मृति वाङ्मय पुरस्कार २०७८,बलराम वाङ्मय प्रतिष्ठान भरतपुर–१०,चितवन

सम्मानः

१)वनिता सेवा सम्मान २०६५ बिराटनगर हाल काठमाडौँ
२)आमा सम्मान २०६७ सुनकोशी साहित्य प्रतिष्ठान काठमाडौँ
३)केवलपुरे जनमत सम्मान २०६८ काभ्रे बनेपा
४)कबासम्मान२०६९(कपनबानेश्वर राष्टिय साप्ताहिक)काठमाडौँ
५)बालसाहित्य स्रष्टा सम्मान २०६८ रिडर्स इन्टरनेशनल स्कूल जोरपाटी
६)बालसाहित्य स्रष्टा सम्मान २०६९ प्राक्सीस इन्टरनेशनल स्कूल चावहिल
७)कबा उत्कृष्ट रचना सम्मान २०७०(बाँदरको घर बाल कथा)
८)माहामण्डल सम्मान २०७२ त्रिशुली साहित्य प्रतिष्ठान नुवाकोट
९) ज्योती साहित्य प्रतिभा सम्मान २०७२ काठमाडौं
१०) सिम्पल आर्टस् सम्मान २०७२ काठमाडौ
११)पारीजात स्मृति साहित्य सम्मान २०७३ हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितबन
१२) बाल साहित्य स्रष्टा सम्मान २०७३ ज्ञानदीप शिक्षा सदन गौरीनगर काठमाडोंैं
१३) स्रष्टा सम्मान२०७४ संयृक्त महिला समुह बूढानीलकण्ठ नगर पालिका वडा नं १० काठमाडौं
१४) बि.डी त्यागी स्मृति सम्मान २०७८ काठमाडौ
१५) )दायित्व वाङ्मय सम्मान २०७८ काठमाडौं

पदकः

१)सुवर्णःश्री साहित्य सेवापदक २०६६ देवपत्तन काठमाडौँ
२)विश्व नारी साहित्य पदक २०७१ त्रिमुर्ति निकेतन काठमाडौँ
३)भानुभक्त स्वर्णपदक २०७१ नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
४) सत्यमोहन जोशी शताब्दी पदक २०७३ त्रिमुर्ति निकेतन काठमाडांैं
५) नइ रजतमहोत्सव पदक २०७८, नइ प्रकाशन

अन्यः

१)कदर पत्र २०६५ नागार्जुन साहित्य प्रतिष्ठान अनाम नगर काठमाडौँ
२)प्रसँसा पत्र २०६५ नेपाल विकलाङ्ग समाज सेवा काठमाडौँ
३)कदर पत्र२०६६ नेपाल कमर्सियल आर्टिस्ट संघ काठमाडौं
४) कदर पत्र २०७४ लीलाध्वज साहित्य प्रतिष्ठान बालुवाटार काठमाडौं

सेबा तथा संलग्नताः

२०२७ चैत्र देखि २०२९ असार सम्म बालमन्दिर स्याङ्जामा सेवा(शिक्षिका)
२०३६ चैत्र देखि २०३७ पुष सम्म नारी सेवा समन्वय समिति भृकुटिपण्डप काठमाडाँैमा सेवा
२०६१ कार्तिक देखि२०६५चैत्रसम्म सञ्जीवनी सेवासँघ स्वयँसेविको कार्यालय वीर अस्पतालमा स्वयँसेबा २०६१ कार्तिक देखि तपस्थली बृद्धाश्रममा (सहसचिव) २०७३.५.१७ देखि २०७६ फागुनसम्म सचिव

पत्र पत्रिका सम्पादन

१)प्रबन्धक ः कपन बानेश्वर राष्ट्रिय साप्ताहिक काठमाडौंं २०६८ देखि निरनतर
२) अतिथि सम्पादकःरजस्थल त्रैमासिक स्याङ्जा २०६८ देखि निरनतर
३) सम्पादकः २०६७.६.८देखि सह सम्पादक २०६९देखि २०७४ मङ्सिर सम्म सम्पादक भानु नेपाली साहित्यिक मासिक काठमाडौंं ।

आजिवन सदस्यः

१)नागार्जुन साहित्य प्रतिष्ठान अनामनगर काठमाडौँ(उपाध्यक्ष पनि)
२)अभिनव साहित्य समाज जोरपाटी
३)आँधीखोला साहित्य सदन स्याङ्जा
४)स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा
५)ज्योति साहित्य प्रतिष्ठान काठमाडौँ
६)दायित्व वाङ्मय प्रतिष्ठान चावहिल
७)सुरभी साहित्य प्रतिष्ठान वेसीगाउँ जोरपाटी(सल्लाहकार)
८)गुञ्जन नारी साहित्यिक सँस्था काठमाडौँ
९)नेपाल बालसाहित्य समाज बागवजार काठमाडौँ
१०)सँस्थापक सदस्य अन्तराष्ट्रिय वाङ्मय प्रतिष्ठान नेपाल च्याप्टर ललीतपुर
११)नेपाल साहित्यिक पत्रकार सँघ काठमाडौँ
१२) नेपाल बाल वाङ्मय तथा अनुसन्धान केन्द्र ललितपुर
१३)नेपाल मानव अधिकार तथा शान्ति समाज –कालिकास्थान काठमाडौं
१४) नवसर्जक साहित्य चौतारी हेटौंडा–संरक्षक गण्डकी प्रदेश
संलग्न सामाजिक संघसंस्था
१)आत्मा साधना आश्रम गोकर्ण काठमाडौँ
२)नेपाल कुष्ठरोग निवारण सँघ माहाराजगन्ज काठमाडौँ
३)सञ्जीवनी सेवासँघ स्वयँसेवीको कार्यालय बीरअस्पताल काठमाडौँ
४)वैदिक उद्वोधन सँघ चावहिल काठमाडौँ(कार्य समिति सदस्य)
५)तपस्थली बृद्धाश्रम चपली ८ काठमाडौँ

पुरस्कारकालागि अक्षयकोष स्थापना

१)श्री पूर्णलाल कर्माचार्य स्मृति अक्षयकोष २०५५ दहथुम मावि मा स्थापना (रु१०५००० )एकलाख पाँच हजार
२)हेमगङ्गा युवा कला प्रतिभा पुरस्कार २०६५ नेपाल कमर्सीयल आर्टिष्टसँघ बागवजारमा स्थापना (रु४०००००) चार लाख
३)हेमगङ्गा कला साहित्य अपाङग प्रतिभा पुरस्कार२०६६ राष्ट्रिय अपाङ्ग कोष भृकुटीमण्डपमा स्थापना (रकम रु १०००००) एकलाख
४)गोपालकृष्ण अभिवादन प्रतिभा पहिचान पुरस्कार(कलाकारलाई दिइने)अभिवादन प्रतिष्ठान काठमाडौंं ( रु५००००)पचास हजार
५) क.बा. पुरस्कारका लागि अक्षयकोष (रुंं.११००००)एकलाख दश हजार कपनबोश्वर राष्ट्रिय साप्ताहिकका नाममा स्थापना

सोध पत्रः

१)ओजु र डाँफे बालकाब्य कोे कृतिपरक अध्ययन २०६६ सोधार्थि सुमित्रा ढोडारी पद्यकन्या क्याम्पस वागबजार स्नातक दोश्रो बर्ष
२)गङ्गा पौडेलको जीवनी ब्यत्तित्वकृतित्व ,सोधार्थि यशोदा पाण्डे त्रिबि स्नातकोत्तर दोश्रो वर्ष २०७०
३) गङगा पौडेलको बाल कथा कारिता—सोधार्थी सूर्य बहादुर बुढाथोकी त्रिवि स्नातकोत्तर दोश्रो वर्ष
४) चारआँठे चुल्ठो सङ्ग्रहका कथाको विधातात्विक अध्ययन शोधार्थी रीता राम्जेली त्रिवि स्नातकोत्तर दोश्रो वर्ष

पाठ्य पुस्तकमा समावेश गरिएका रचना

१)दुष्ट काग (बालकथा)मेरो नेपाली किताब कक्षा २ ब्कष्थब उगदष्अिबतष्यल,पबतजबmबलमग।
२)चुल्बुले पाठो (बालकथा)स्वर्णिम नेपाली कक्षा ४ स्वर्णिम प्रकाशन पोखरा
३)गट्टी खेल(बालकथा)नेपाली कक्षा २ एलायड पब्लीकेशन काठमाडौँ
४)को ठूलो (बालकथा)नेपाली कक्षा ३ शब्दार्थ प्रकाशन चावहिल काठमाडौँ
५) पञ्चवलि बाल उपन्यास २०६८ साल देखि २०७४ सम्म अरुणिमा मा.बि बौद्धमा अतिरिक्त पाठ्य पुस्तक अन्तरगत कक्षा..छ मा पठनपाठन
६)मेरो नेपाली साहित्य वाटिका कक्षा ७ मा भइँचालो बालकथा सत्याल प्रकाशन प्रा.लि.२०७४
७)युनिक रचनात्मक नेपाली वाणी २०७५मा कक्षा १ का लागि बाल कविता फुरफुर उड्ने पुतली
८) सरस्वती किशोर उपन्यास कक्षा ७ का लागि नेपाल प्रहरी मा.वि साँगा सहायक पाठ्य पुस्तक २०७५
९) म सानी नानी बालकविता कक्षा ४ को लागि२०७९ शैक्षिक सत्र देखि लागुहुने गरि सेन्चुरी प्रकाशन
१०) आमा मलाई जून चाहियो बालकथा कक्षा ४को लागि शैीक्षक सत्र २०७९देखि लागुहुने गरि सेन्चुरी प्रकाशन।

पद(लघुकथा)
गङ्गा कर्माचार्य पौडेल
९८४१५४४०६१

लवराजलाई नचिन्ने मान्छे कमै थिएहोलान् । किनभने उनी थुप्रै सामाजिक संधसस्थामा कतै अध्यक्ष,कतै उपाध्यक्ष,कतै माहासचिव ,सचिव,कोषाध्यक्ष,सहकोषाध्यक्ष,सदस्य गरि भएभरका संस्थामा पदासिन थिए । त्यस अर्थमा उनी अलि चल्तापुर्जा र प्रभावशाली पनि देखिन्थे ।

एकदिन लवराजले श्रीमतीलाई भने“सुशीला ! आज विहानको खाना खान आउँदिन है । तिमी मलाई नपर्खनु । खाएर बस्नु” ।

सुशीलाले अलि अचम्म मान्दै सोधिन् “किन ? के ? काम प¥यो र त्यस्तो । खान पनि नभ्याउने ? सँधै संगै खाने गरेको एकलै खानै रुच्दैन मलाई ।

लवराजले जवाफमा भने “बुवा” समुह गठन गर्नु छ क्या..। हेरन तिमी महीलाहरूको आमा समुहछ । हामी पुरुषहरूको अहिले सम्म बुबा समुह छैन । त्यसकारण बुबा समुहको आवश्यकता महसुस गरि मैलेनैे साथीहरूलाई भनेर बुबा समुह गठन गर्न लागेको । त्यसको अध्यक्ष पनि म आपैmहुने विचार छ”।

पतिको कुरा सुनेर सुशीलाले कड्कीदै भनिन् “जुन सङ्गठनको पद पनि आपेैm ओगट्याछ । काम गर्न भ्याउनु छैन । कहिले यो संस्थाको मिटिङ्, कहिले उसंस्थाको मिटिङ् भन्दै १७ ठाउँमा कुद्याछ । न घरब्यवहार हेर्नु । न त पदअनुसारको जिम्मेवारी पुरा गर्नु छ । हैन… पदको लोभ पनि कति ग¥या भन्या ? तपाईको नाम त लवराव नभएर लोभराज पो हुनुपर्ने । बूढेशकालमा त्यसरी भएभरको पद ओगटेर युवापुस्तालाई अवसरै नदिंदा कुनदिन पाप लाग्छ तपाईलाई ”।

पाप ? केको पाप ? कस्तो पाप । देश भरीका नागरिकले चुनेर राष्ट्रको उच्चपदमा आसिन गराइएकाहरू,जनताकै रगतपसिनाले आर्जेको धनबाट तिरेको करबाट तलवखानेहरूले आफ्नो पदअनुसारको जिम्मेवारी पुरा गरेका छैनन रत पाप लागेको छैन । मैले तलब खाको छैन । बेैठकभत्ता मात्रै लिएको त होनि । अनि केको पाप लाग्छ ? पद र पैसा भन्नेकुरा त पाएसम्म छोड्नु हुन्न बुझ्यौ ?” भनेर उनी घरबाट बाहिर निस्के ।

त्यसदिन लवराज अविर,मालालो राताम्मे भएर साँझपख हाँस्दै घर फर्किंए । सुशीलालाई भने कत्तीपनि खुसी लागेन । दुइजना पतिपत्नी सँधै झैं खाना खाएर ओछ्यानमा गए । थाकेका लवराज ओछ्यानमा पल्टीने वित्तीकै भुसुक्क निदाए । सुशीलालाई भने पटक्कै निद्रा लागेन ।

तीनले विदेशमा भएका छोरा छोरीलाई संझिइन् र मनमनै भनिन्“उनीहरू यहाँ भइदिएको भए बाबालाई यसरी लखरलखर व्यर्थ हिंडिरहन दिदैनथे होलान् । कुनै अर्थपूर्ण दिन चर्या हुन्थ्योहोला उहाँको । खाली पद ओगट्दै हिडेर न समाजको,नदेशको हितमा काम हुन सक्या छ । न त आफ्नो सरिरलाईनै आराम पुग्या छ । कसरी सुधार्ने होला यो बूढाको बानी?”भोली छोराछोरीलाई फोन गरेर भएपनि बाबालाई संझाइदेउ भन्नप¥यो । अबसुत्छु भनेर सुशीला ओछ्यानमा यसो ढल्केकी मात्र थिइन् लवराज निद्रामै बेस्सरी चिच्च्याएर कराउँदै भने “ऐया ! आत्था ! भो भो छोड मलाई नपिट । तिमीहरू जेभन्छौ म त्यही गर्न तयार छु । मलाई नपिट”।

पतिको चित्कार सुनेर सुशीलाले उनलाई घचघचाउँदै सोधिन्“के भयो तपाईलाई ? किन त्यसरी चिच्च्याएको ?

लवराजले थरथर काँप्दै भने“ म जुन जुन संस्थाको पदाधिकारी छु नि तीनै संस्थाका मान्छेहरूले पदमा बस्ने काम नगर्ने तँलाई ! धुर्त,जालीफटाहा भन्दै मेरो कठालो समाते

सुशीलाले बडो उत्सुक हुँदै सोधिन् अनि के भयो?

लवराजले आफूले सपनामा देखेको कुरा रिठ्ठो नविराइ यसरी सुनाए “ कुचीकार संघका कुचिकारहरूले कुचोको डाँठै, डाँठले हिर्काए । पोल्ट्री फर्मका कर्मचारीहरूले मरेका चल्ला,कुहिएका अण्डाले मुखमै पर्ने गरि हिर्काए । बालसंस्थाका बच्चाहरूले भोको पेट देखाउँदै थाल ठटाए । जेष्ठ नागरिक संस्थाका बृद्धबृद्धाले मरिजा.. भनेर धारेहात लाएर सरापे । लेखक संघका स्रष्टाहरुले मेरो नाकमा कलम घुसारे अनि मुखभरि कालो मसि दलिदिए । किसान संघका कृषकहरुले मल उपलब्द गरादे ,उखुको भुक्तानि छिटो दिलाइदे भनेर ढोका अगाडी धर्ना दिए । नाइ सँघका नाइहरूले छुरी देखाएर पख्लास् तँलाई भन्दै दागाधरे । मासु विक्रेता संघका पसलेहरुले मेरो गर्धनमा खुकुरी तेस्र्याए ।

उहुहुहु मेरो ओठमुख सुक्यो नि । मलाई डाहा छटपटीभयो । सुशीला ! छिटो पानी ल्याईदेउ ”।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...