Thursday 22nd January 2026

साफ वुमन्स च्याम्पियनशिपमा नेपाल फाइनलमा प्रवेश


साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

पटक पटक फाइनलमा पुगेर पनि विजेत बन्न नसकेको नेपालले यसपटक ट्रफि चुम्ने नचुम्ने पर्सि सोमबार हुने बंगलादेशसँगको फाइनल खेलपछि तय हुनेछ ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...