चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
मिति : २०७९/०५/१६ बिहीबार
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
चित्र सङ्कलक
———————–
सामाजिक सञ्जालबाट
समायोजक
—————–
👉️ सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उन्तीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
त्यो आपतमा म रुँदा मसँगै रुने को होला
फेरि रिसाएर अर्कैको मन छुने को होला
मधुमास लाग्दा निकै अनि पास लाग्दा ठिकै
अभाव अनि तनाबमा आँसु धुने को होला
आमाको कोमलता जस्तै दिल हुने को होला ?
प्रेम थापा “मन ”
पञ्चाङ्ग २
आमाको काखामा रुने सन्तान हौ
पिर चिन्ता कष्ट धुने सन्तान हौ
देख्न सक्दिन आमा मन रोएको
खुसी बाढी मन छुने सन्तान हौ
ममता मुटुमा हुने सन्तान हौ ।
गणेश पौडेल
कलिका ६ सुर्यपुर
चितवन ।
पञ्चाङ्ग ३
बिना काममा कसैसँग नडराउनु आमा
यसरी एकाएक आँसु नझराउनु आमा
एक दिन म पनि अवस्य ठूलो हुनेछु नी
विश्वासले सबैलाई मन पराउनु आमा
कहल्यै पनि सानो मन नगराउनू आमा ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ४
यो सृष्टिको जननी ममताको खानी हुन् मेरी आमा
मलाई माया गर्न सिकाउने ज्ञानी हुन् मेरी आमा
आफू सधैँ अँध्यारोमा बाँचेर नि मेरो लागि भने
उज्यालो नै खोजिदिने आँखाको नानी हुन् मेरी आमा
सन्तानको लागि ज्यान नै दिने दानी हुन् मेरी आमा !
पशपती राई खोटाङ ।
पञ्चाङ्ग ५
आमाको जस्तो माया अरूको पाइँदैन होला
आमाले दिए बाहेक केही खाइँदैन होला
चेब्रे पारेर जति चिप्लो घसेपनि अरुले
निस्वार्थ माया आमाको जस्तो चाहिँदैन होला
आमाले नदिएको त केही लाइँदैन होला ।
तारा घिमिरे सङ्खुवासभा
पञ्चाङ्ग ६
जसले पीडा दिन्छ उसको पनि मन हुन्छ आमा
एकछिनमा गाली गर्छ भित्रि मुटुमा छुन्छ आमा
आँखाबाट आँसु कहिल्यै नझार्नु खुशी भइ बस्नु
एक अर्कामा नि दुःख साट्नु आफूसँग जून्छ आमा
टाढै हुने पनि तिम्रो मायाले सदासदा रुन्छ आमा ।
अम्विका अधिकारी
झापा विर्तामोड ।
पञ्चाङ्ग ७
आमा र बच्चाकाे माया अथाह छ
आमालाई बच्चा छाया अथाह छ
याैटै बुटृाका लुगा राम्राे चित्र भाे
छाेरी टाँसिएकी बायाँ अथाह छ
छाेरा टाँसी छाति दाया अथाह छ ।
मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग ८
गर्मीमा शीतल भान आमाको माया
संसारमै स्वच्छ मान आमाको माया
कहिल्यै सकिन्न बयान गर्दा पनि
कञ्चन गुणको गान आमाको माया
सबैभन्दा ठुलो सान आमाको माया ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ९
अाफनो सन्तान बाहेक अरु सबै झिनु हुन्छ माया,
हराउछन् सारा बस्तु अावाज मात्र चिनु हुन्छ माया
निर्जीव बस्तु सरह बाँच्न कठिन हुन्छ संसारमा
समय सुलभ होस् वा जटिल अामा दिनु हुन्छ माया
अन्तरभावले खुसीका क्षणहरु लिनु हुन्छ माया ।
होम प्रसाद न्यौपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १०
ममताको झुलोमा झुलिरहेको त्यो दिन
हरेक दुःख पीडा भुलिरहेका त्यो दिन
आनन्दको सागरमा तैरिरहँदा मैले
स्वर्गको आगनमा डुलिरहेको त्यो दिन
फूलको बगैचामा फूलिरहेको त्यो दिन ।
Singer bishal
Kohalpur, banke
पञ्चाङ्ग ११
अब कहिल्यै पनि रुन पर्दैन आमा
अब आशुले मुख धुन पर्दैन आमा
जे जस्तो सक्छु म यहाँ त्यस्तै खुवाउछु
दिएर कसैको मन् छुन पर्दैन आमा
अरु अगाडि सानो हुन पर्दैन आमा ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १२
आमाका मनले कुनै विरहले बाचा गरेको दिन
सम्झन्छु दुःखले सताइ मनमा खाटा परेको दिन
आमाकै मनमा बसी सबजना माया र प्रीति गरौँ
बाबाका पनि केसका सकल रौँ फुल्दै झरेको दिन
आमाकै ममता हटी सकल ती टाढा सरेको दिन ॥
गुणनिधि घिमिरे दमक झापा नेपाल
पञ्चाङ्ग १३
जन्मिँदा पीडा आमा हुनुको मजा छ
जन्मिएका सन्तान रुनुको मजा छ
विपतमा भरोसा दिने बालकले हो
आफ्नै सन्तानहरू हुनुको मजा छ
आँगन डिल छुनुमुनुको मजा छ ।
१
घाम झरी बतासमा लुक्ने आमाको काख हुन्छ
अरुको करोड शून्य, आमाको माया लाख हुन्छ
निस्वार्थको माया झर्छ झरझरी निरन्तर नै
कोमल स्पर्श मुलायम आमाको दाख हुन्छ
तिर्नुपर्ने दश धाराको तिरो आमाको साख हुन्छ ।
२
सविता के.सी., काठमाडौँ
पञ्चाङ्ग १४
दशधारा दूध नि पिलायौ आमा
नहुँदा पनि खाना दिलायौ आमा
हरपल ख्याल राखेर जीवन
आफैँले आफ्नो चोली सिलायौ आमा
बाँझो बारी नसकी जिलायौ आमा ।।
जमुना आचार्य
सिन्धुपाल्चोक
पञ्चाङ्ग १५
यो घोर संसारमा आमाको माया ठुलो छ
जीवनको हर क्षण उन्कै छाया ठुलो छ
आमालाई नै भगवान मानिन्छ धर्तीमा
ज्यान भन्दा उन्लाई शिशुको काया ठुलो छ
सन्तानलाई उन्को त्यो दायाँबायाँ ठुलो छ ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १६
अमृत धार बहाउने कुलो हौ आमा
काँचो कचिलो पकाउने चुलो हौ आमा
तिमी के चाहिँ होईनौ र सबथोक हौ
चिसो ठण्डीमा लुकाउने दुलो हौ आमा
धर्तीकै गुरु -सिकाउने ठुलो हौ आमा ।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग १७
आमा तिम्राे काेखिलामा खेल्याैँ सँगसँगै
सुख दुख अाँसु हाँसाे झेल्याैँ सँगसँगै ।
जति धेरै भए पनि भेट हुन गाह्राे
घामपानी हुरी बतास छेल्याैँ सँगसँगै ।
बाढी भेल सङ्घर्षले ठेल्याैँ सँगसँगै ।
चन्द्रवती अधिकारी, कोहलपुर ।
पञ्चाङ्ग १८
छन्द : मन्दाक्रान्ता
पत्नी नारी विचरित तिमी सृष्टि हौ सार गर्ने
आमा नारी सरस धरणी प्रेम सञ्चार गर्ने
भोग्या मान्ने कपुत जन हो प्रेमकी सिन्धु नारी
लालावाला सकल सबकी खाद्य भण्डार गर्ने
साँच्चै होला जतन घरकी सुक्ख प्रस्तार गर्ने ।।
✍️ नारायणप्रसाद निरौला, काठमाडौँ
पञ्चाङ्ग १९
पिठ्युँमा भारी काखमा भारी, मनमा अनेकौँ भारी आमाको
हजारौँ फूलहरू ढकमक्क, भएर फूल्ने बारी आमाको
कसैले वर्णन गरेर सक्दैन, अामाको अपार लीलाको
अथाह फैलिएकोछ मनभित्र, ममताको घारी अामाको
खिसी नगर सके बदलिदेऊ, फाटेको त्यो सारी आमाको ।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके