“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
समपञ्चाङ्ग ०१
सम्बन्धलाई राम्रोसँग बार्नु पर्छ पहिले ।
आउने समस्यालाई नै टार्नु पर्छ पहिले ।
समयले निम्त्याएको फेर्न सकिँदैन कैले ,
बदमासलाई मिलेर खार्नु पर्छ पहिले ।
आवश्यकता खाँचो भए फार्नु पर्छ पहिले ।
जाइलाग्नेलाई अगाडि सार्नु पर्छ पहिले ।
भनेको मान्नेलाई कसै झार्नु पर्छ पहिले ।
बोली मीठो पारी बोलेर कहिले खेरा जान्न ,
निर्धोलाई मिलेर सबै तार्नु पर्छ पहिले ।
कसैको भलो हुन्छ भने हार्नु पर्छ पहिले ।
समपञ्चाङ्ग ०२
तिम्रा हुन भक्त तार्नलाई आऊ श्रीकृष्ण ।
दु:ख र गरिबी सार्नलाई आऊ श्रीकृष्ण ।
तिम्रो नाम जपनले पनि कल्याण हुन्छ ,
राक्षसी मानव मार्नलाई आऊ श्रीकृष्ण ।
सबैको दिलमा चार्नलाई आऊ श्रीकृष्ण ।
नेपालीको दु:ख हार्नलाई आऊ श्रीकृष्ण ।
नेताको दिमाख बार्नलाई आऊश्रीकृष्ण ।
भ्रष्टाचार, बलात्कारको बिगबिगी भयो ,
दु:खी भए दु:ख टार्नलाई आऊ श्रीकृष्ण ।
मृत्युलोकबाट तार्नलाई आऊ श्रीकृष्ण ।
समपञ्चाङ्ग ०३
तिमीले निर्धो सम्झेर हेला नगरे हुन्छ है ।
बुझ्दैन भनेर तिमी झेला नगरे हुन्छ है ।
दुर्बलको सहारा देवता हुन्छ ज्ञान राख ,
सजायाँ दिन भनेर मेला नगरे हुन्छ है ।
अपराधी हैन भने भेला नगरे हुन्छ है ।
सनक हुने सँग त रेला नगरे हुन्छ है ।
अभद्र व्यबहारको खेला नगरे हुन्छ है ।
जसले रुचाउँदैन उसैको कुरा किन गर्नु ।
अशक्त भएकालाई सेला नगरे हुन्छ है ।
चतुर होला त्यसैले पेला नगरे हुन्छ है ।
समापञ्चाङ्ग ०४
लडाइको मैदानमा रुक्दैन वीर नेपाली ।
खुकुरी साथ भएमा झुक्दैन वीर नेपाली ।
सानो दु:ख पौरखले आर्जेको मुलुक हैन,
सानोतिनो कुरामा त चुक्दैन वीर नेपाली ।
लडाइको समयमा लुक्दैन वीर नेपाली ।
झिनो प्रशंसाले कैले फुक्दैन वीर नेपाली ।
अनावश्यक कुरामा भुक्दैन वीर नेपाली ।
दुश्मनको लासमा रमाउदा सान बढ्दछ ,
छाती खोलेर हिड्दछ ढुक्दैन वीर नेपाली।
सम्मान गर्छ शत्रुको थुक्दैन वीर नेपाली ।
पञ्चाङ्ग ३२५
भक्ति त्यहीँ गर्नु हृदयले धाएको ठाउँमा ।
धर्म कर्म त्यहीँ गर्नु आफू छाएको ठाउँमा ।
नामको लागि हैन काम गरी जिउनु पर्छ ,
भक्त त्यहाँ पुग्छ सधैँ श्रद्धा पाएको ठाउँमा ।
संस्कृति बच्छ सधैँ लोकले खाएको ठाउँमा ।
पञ्चाङ्ग ३२६
काम गर्न मन छैन तिज आएको बेला।
घरमै बस्नु पर्दछ गित गाएको बेला।
बर्षदिनको तिजमा पनि खोजी भएन ,
दु:ख पर्दा जाने छैन दु:ख छाएको बेला।
मन रम्छ अति उपहार पाएको बेला ।
पञ्चाङ्ग ३२७
मलाई चोट परेको बेला कस्ले हेर्छ यहाँ ।
आराम गर्छु भनि दिलले किन बेर्छ यहाँ ।
दु:ख रहेछ साथी छायाँले जस्तै साथ दिने ,
हिसाब नमिल्दासम्म जमिनमा केर्छ यहाँ ।
निर्धो सोझो शिधाको कुरा कस्ले पो टेर्छ यहाँ ।
पञ्चाङ्ग ३२८
जिन्दगीले सधैं भरि बार लगाउदै गयो ।
दुश्मन भन्नेले काँढे तार लगाउदै गयो ।
अपमान हुनु भनेको पिडा थप्नु रहेछ ,
तेरो जित मेरो चाहिँ हार लगाउदै गयो।
अधिकार जमाउदै सार लगाउदै गयो ।
पञ्चाङ्ग ३२९
बिर्सनै नसक्ने राम्रो पल आओस् भन्छु ।
दु:ख पीडा सदैव सजिलै जाओस् भन्छु ।
निधारमा पहिले भावीले लेखिएको ,
जस्ले गर्छ दु:ख उसैले नै खाओस् भन्छु ।
हात पसारी माग्नेहरूले पाओस् भन्छु।
पञ्चाङ्ग ३३०
मनुष्य भएपछि कर्म गर्दै जानुपर्छ ।
दायाँबायाँ मिलान पछि सर्दै जानुपर्छ ।
यहाँ निर्धोलाई मार्ने बानी परेकोछ है ,
अरुको गलत फैसला भर्दै जानुपर्छ ।
अभियोग लागेसि पैसा छर्दै जानुपर्छ ।
पञ्चाङ्ग ३३१
झोला पनि सुकेर थैलो भयो अब ।
नधोएको साच्चिकै मैलो भयो अब ।
बेथितिको संस्कार हुर्किएपछि नै ,
हिडन नसक्ने नि पैलो भयो अब ।
कालो केश अबत कैलो भयो अब ।
पञ्चाङ्ग ३३२
चारैतिर हरियो बिचमा बाटो छ ।
आराम गर्ने कुर्सी विश्राम पाटो छ ।
बाटोमा सुन्दर देखिन्छ सफाइले ,
सफा पनि कति न त कतै टाटो छ ।
सुन्दर हेर्नेलाई त्यो रातो माटो छ ।
पञ्चाङ्ग ३३३
धिक्कार छ जिन्दगी समयले नचायो मलाई ।
खान खोजें जहर, औषधीले बचायो मलाई ।
राम्रोको पछि लाग्ने त्यस्मा पर्दिन होला केगरूँ?
हेर ! अनायासै सधैँको लागि मचायो मलाई ।
कहिले छुराले कैले कुराले पचायो मलाई ।
पञ्चाङ्ग ३३४
यस्पालीको तिजमा हे बरै नाच्छु म त लम्की ।
स्वामी जीको खोल्टी हे बरै छाम्छु म त लम्की ।
माइतीबाट लिन हे बरै छैनन् कोही आको ,
घरमै बसी मन हे बरै बाँध्छु म त लम्की।
पठाए घरकाले हे बरै जान्छु म त लम्की।
पञ्चाङ्ग ३३५
जनै पनि एकदिन लगाएर हेरौँ ।
बाहिरी कुरितीलाई बगाएर हेरौँ ।
हाम्रो भलो कहिले गर्ने छैन कसैले ,
शङ्ख ध्वनि परम्परा जगाएर हेरौँ ।
विकृतिलाई मिलेर दगाएर हेरौँ ।
पञ्चाङ्ग ३३६
श्रीकृष्ण तिमीलाई आफ्नो सबै ठान्छु अब।
सपनीमा भनिदेऊ सदैव मान्छु अब।
काले श्रीकृष्ण भनेपनि मेरो सखा तिमी ,
जप पनि तिम्रै शरण पर्न जान्छु अब।
हे ! श्रीकृष्ण जप गर्दै आफैले बान्छु अब ।
पञ्चाङ्ग ३३७
आफ्नैले दिएको चोट पाएँ ।
जाडो भयो भने कोट पाएँ ।
माया गर्नु मेरो भुल भयो ,
श्रम गरें आज नोट पाएँ ।
राम्रो गर्दा मैले खोट पाएँ ।
पञ्चाङ्ग ३३८
जित हारको खेलमा हार्न जाने मैले ।
हराउनेलाई बाजि मार्न जाने मैले ।
कति खुशी भए कति पीडा परेका छन् ,
दोषीलाई हेरेर नै खार्न जाने मैले ।
बेथितिलाई क्रमशः बार्न जाने मैले ।
पञ्चाङ्ग ३३९
जिते पनि हारे पनि लिला तिम्रो हो ।
पुजे पनि बुझे पनि शिला तिम्रो हो ।
दर्द छेक दुख छेक तिम्रै भक्त हुन्,
जति सक्दो जाउन चिचिला तिम्रो हो।
चिले पनि घोँचे पनि किला तिम्रै हो ।
पञ्चङ्ग ३४०
सबैले माया गर्छ्न सानी भनेर ।
काम गर्न नि नदिने नानी भनेर ।
कति माया पाएँ सबैतिरबाट नै ,
अबत स्कुल तयारी जानी भनेर ।
पढिलेखी ठुली हुनु ज्ञानी भनेर ।
पञ्चाङ्ग ३४१
हराएँ तिमीमा नखोज मलाई ।
भेट्न नै सक्दैनौ नरोज मलाई ।
बियोगमा परेँ खुल्दैछ जीवन ,
छट्पटी हुँदामा नझोज मलाई ।
आत्मा जान्छ परै नओज मलाई।
पञ्चाङ्ग ३४२
आखिर तिमी आयौ चरी चरी मसँग ।
जोरी खोज्न नै आयौ सरी सरी मसँग ।
कति पीडा लुकाएर फुकाउन आयौ ,
आँसु देखायौ आँखा भरी भरी मसँग ।
बोल्न कसरी सक्यौ मनपरी मसँग ।
पञ्चाङ्ग ३४३
तिमी मेरो मनको झरी हौ भन्ने ठान्छु ।
आकाशमा रम्ने ती चरी हौ भन्ने ठान्छु ।
समयको खेल थाहा हुन्न कसैलाई ,
बैकुण्ठबाट झर्ने परी हौ भन्ने ठान्छु ।
सबैको दु:ख हर्ने हरि हौ भन्ने ठान्छु ।
पञ्चाङ्ग ३४४
गुन्द्री काम्लो साथमा दरी आयो मलाई ।
बसबस भनेर हरि आयो मलाई ।
आफ्नो माने संसार नै आफ्नै हुन्छ यहाँ ,
माथिबाट उठेर झरी आयो मलाई ।
बाचाउन नै अघि सरी आयो मलाई ।
पच्ञ्चाङ्ग ३४५
जन्म दिनको लाखौं-करोडौँ शुभकामना रहोस् ।
हौसला र प्रगतिको मङ्गल सामना रहोस् ।
स्वस्थ्य रही स्वस्थ्य हुनू आशीष होस् भगवानको ,
हामीले दिएको दिर्घायु आशीष भावना रहोस् ।
जिन्दगीभर तिम्रो इच्छा पूरा होस् चाहना रहोस् ।
पञ्चाङ्ग ३४६
आमाबाबुको काम नलाग्ने दुष्ट हुन्छ ।
कहिले निको नहुन घाउ कुष्ट हुन्छ ।
पहिलेको पुन्य गरेर त धर्म कर्म गरौँ ,
सधँ एकैजनालाई परे रुष्ट हुन्छ ।
दुखारिला दु:ख र एक मुष्ट हुन्छ ।
पञ्चाङ्ग ३४७
राम्रो भएमा तानेर आऊ भन्नू तिमी ।
दुष्ट सम्झेमा हानेर आऊ भन्नू तिमी ।
कस्तो कस्तो परिवेस त्यस्तै बन्नु पर्छ ,
को छ नजिक जानेर आऊ भन्नू तिमी ।
सत्यता रहे मानेन आऊ भन्नू तिमी ।
पञ्चाङ्ग ३४८
आकाशे पानीले भरी गयो भनेपछि ।
हरियो घाँसमा चरी गयो भनेपछि ।
प्रकृतिले साथ दिएको छ आज सम्म ,
राम्रो नै हुनेछ सरी गयो भनेपछि ।
दु:ख कत्ति हुन्न हरि गयो भनेपछि ।
पञ्चाङ्ग ३४९
कसैले वनको मरी भन्न थाले यहाँ ।
मलाई अप्सरा परी भन्न थाले यहाँ ।
दानव हो कि मानव छुट्याउन गाह्रो,
जादैछु मनको धरी भन्न थाले यहाँ ।
काम बनेपछि हरि भन्न थाले यहाँ ।
पञ्चाङ्ग ३५०
कानुनले सिकाएको बक्दै जानुपर्छ ।
कसै गरी पालै पालो सक्दै जानुपर्छ ।
गरेपछि हुन्छ सबैको साथ भएमा ,
थकाइ लागेपछि नै धक्दै जानुपर्छ ।
कामको निमित्त आजै तक्दै जानुपर्छ।
पञ्चाङ्ग ३५१
तीको दर माइतीको घरमा बसेर खाम बरिलै ।
पञ्चमी व्रत गर्नलाई कम्मर कसेर जाम बरिलै ।
वर्षैर दिनको तीज दिदीबहिनीको भेट कति राम्रो ,
आशीर्वाद हामी व्रतालु सबैले बेलैमा पाम बरिलै ।
पवित्र मन गरी चोखो लुगाफाटो हामी लाम बरिलै ।
पञ्चाङ्ग ३५२
जानुपर्छ टाढा समाएर जाम्ला है ।
सानोतिनो पैसा कमाएर जाम्ला है ।
नजान्दासम्म अर्काे चिनेपछि आफ्नै ,
लाग्यो चर्को घाम घमाएर जाम्ला है ।
साँच्चै साथ पाएँ रमाएर जाम्ला है ।
पञ्चाङ्ग ३५३
तीजमा चाडपर्व छोटो नबनोस है चेलीबेटीको ।
परम्परा तीज मोहोटो नबनोस है चेलीबेटीको ।
उत्साह उमङ्ग हो साना बच्चाहरूको लागि यो तीज ,
सत्य मायाको तीज खोटो नबनोस है चेलीबेटीको
यसपाली तीजमा फोटो नबोनोस है चेलीबेटीको ।
पञ्चाङ्ग ३५४
यसपालीको तीजमा नाच्न मन लाग्यो ।
सबैसँग मिलेर नै हाँस्न मन लाग्यो ।
महिनौँ देखि चलेको दर कस्ले रोक्ने ,
परम्परा सम्झी सधैँ बास्न मन लाग्यो ।
विकृतिलाई सदैव मास्न मन लाग्यो ।
पञ्चाङ्ग ३५५
आफुसँग भएको त बाँट्न सक्नुपर्छ ।
तिमी आफै भएर नै आँट्न सक्नुपर्छ ।
तिक्तताको स्थान कहीँ कति रहदैन ,
अति भयो भनेपछि फाट्न सक्नुपर्छ ।
मनको मैले आफैले साट्न सक्नुपर्छ ।
पञ्चाङ्ग ३५७
केही कुरा भने हुन्छ आउने भएदेखि ।
हात पुरै थापे हुन्छ पाउने भएदेखि ।
दिनुपर्छ माग्दा सहयोग हुन्छ भनेर ,
बस्त्र पनि दिनु पर्छ लाउने भएदेखि ।
छोड्नु हुदैन मायाले धाउने भएदेखि ।
पञ्चाङ्ग ३५८
कहिले गयो रेलमा जिन्दगी हाम्रो ।
बगर बन्यो भेलमा जिन्दगी हाम्रो ।
आत्तिदाँ त केही लाग्दैन यति बेला ,
नबुझ्दा खेरि बेलमा जिन्दगी हाम्रो ।
बिछोडपछि मेलमा जिन्दगी हाम्रो ।
पञ्चाङ्ग ३५९
आमा तिम्रो आँसु पुस्ने सन्तान मै हो ।
सानो छँदा दुध चुस्ने सन्तान मै हो ।
मेरो कर्तव्य हो आमा हेरबिचार गर्ने ,
दुष्टलाई रोकी धुस्ने सन्तान मै हो ।
पिटे नि काखमा घुस्ने सन्तान मै हो ।
पञ्चाङ्ग ३६०
आमाको काख जस्तो माया कहाँ पाइन्छ ।
ममताको सितल छाँया कहाँ पाइन्छ ।
आमा तिम्रो भारा तिर्न सकिन्न कहिले ,
तिमीले दिएको यो काया कहाँ पाइन्छ ।
निश्चल माया दायाँबायाँ कहाँ पाइन्छ ।
पञ्चाङ्ग ३६१
मन भित्र दु:ख पर्न दिने छैन आमा ।
आखाबाट आँसु झर्न दिने छैन आमा ।
सम्तानको काम छैन साथ दिन्न भने ,
बाँच्दासम्म काम गर्न दिने छैन आमा ।
मानो नि कसैलाई भर्न दिने छैन आमा ।
पञ्चाङ्ग ३६२
मायाको चक्कर चलाए हुन्छ सानू ।
मान्दै न भनेसी गलाए हुन्छ सानू ।
झुठको खेती गर्ने धेरै भएका छन् ,
कतै माया भए पलाए हुन्छ सानू ।
धोका हुन्छ भने जलाए हुन्छ सानू ।
पञ्चाङ्ग ३६३
जिते पनि हारे पनि लिला तिम्रो हो।
पुजे पनि बुझे पनि शिला तिम्रो हो ।
दर्द छेक जनको तिम्रै भक्त हुन् ,
मथुरा ,वृन्दावन , मिथिला तिम्रो हो।
प्रेमदेखि युद्धसम्म किला तिम्रै हो।
पञ्चाङ्ग ३६४
गाउँले भएर शहरिया कर्म कहिले नगरे हुन्छ ।
तिनीहरूलाई सिकाउने धर्म कहिले नगरे हुन्छ ।
सम्झन्छन् गाउँलेलाई असभ्य त्यो भनेर सदैव किन ?
गाउँलेले शहरियासँग पर्म कहिले नगरे हुन्छ ।
काम नै धर्म सम्झनेसँग सर्म कहिले नगरे हुन्छ ।
पञ्चाङ्ग ३६५
दु:ख केहो ? भन्ने कुरा हार बुझेकोलाई सोध्नु ।
दर्द कस्तो हुन्छ भन्ने मार बुझेकोलाई सोध्नु ।
जिन्दगीमा यो त आउने जाने प्रक्रिया हो साथी ,
भारिको महत्त्व हेर ! भार बुझेकोलाई सोध्नु ।
सत्यको खोज हो भने सार बुझेकोलाई सोध्नु।
❤️सोमनाथ लुइटेल “रवि पाल्पाली”