Monday 14th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- पैतालिसौँ भाग (४५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०५/०१४
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================
तीज विशेष लेख्नु भए अझ राम्रो ।

अनुप्रास:- मेला, भेला, चेला, झेला, ठेला, देला, फेला, बेला, सेला, हेला आदि मिल्दो ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १
जान्छु अब म पनि पशुपति मेला लागेको छ
तीजको बेला दिदीबहिनीको भेला लागेको छ
दर व्रत पूजाआजा आस्था छ मनभित्र मेरा
कति गर्नु कामै मात्र हातमा ठेला लागेको छ
जीवन भन्नु सङ्घर्ष आफ्नाको झेला लागेको छ ।

सविता के.सी., काठमाडौँ ।

/पञ्चाङ्ग २

विकृति पूर्ण मेला देखेर
अचम्म मानेँ भेला देखेर
अनौठो लाग्छ समयदेखि
नाच्नै नजन्ने चेला देखेर
घाम न छाया बेला देखेर ।

– आर्त अकुलीन, कैलाली ।

पञ्चाङ्ग ३

हातको माथि, हात गरेर एकान्तमा
बसौँला मिठा, बात गरेर एकान्तमा
परिक्षाको अन्तिम,घडी हो तिमी आउ
देखाउ माया, खात गरेर एकान्तमा
बुझाउ प्यास, घात गरेर एकान्तमा ।

जबजब चेलीको माइत जाने, बेला भएको छ
हरेक वर्ष तीजमा सासूबाट,झेला भएको छ
सासुले किन ठानिनन्, बुहारीलाई छोरी सरह?
जतिसुकै काम गर्दापनि खाली,हेला भएको छ
विचरीलाई कालले कैले प्राणँ,लेला भएको छ ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ४

मर्न लाग्यो मौलिकता हेर जगेर्ना गर्न अबेला भयो
प्यारो भयो अर्काको संस्कार आफ्नो भने हेला भयो
देश भनेकै आफ्नो भाषाभेष रितिथिति र संस्कार हो
आफ्नो गुरुलाई छोडेर किन आज अर्काको चेला भयो
घरमा आमालाई छाडी अरुको पाटी खान भेला भयो !
–पशपती राई खोटाङ

पञ्चाङ्ग ५

तीजको मार्मिक गीत बुझ्न अबेला भयो
नेताको विकृति नि देखेर झमेला भयो
निमुखाको नदेख्ने आँखा र नबुझ्ने भाका
यहाँ केबल भत्ता पचाउने भेला भयो
त्यो कुरौटे युवा पनि भ्रष्टको चेला भयो ।

प्रेम थापा, बागलुङ ।

पञ्चाङ्ग ६

तीजको रमाइलो मेलामा
दिदी बैनीहरुको भेलामा
नगर्नु पुरुषले नखरा
नपरी कन केही झेलामा
आउनेछन् नी घर बेलामा।

सरस्वती श्रेष्ठ, इटहरी ।

पञ्चाङ्ग ७

आज हरितालिका व्रत मेला हाे
शिव मन्दिरहरुमा नै भेला हाे
सनातन धर्मिहरु महिलाकाे
हर्ष र खुशीकाे चाडकाे बेला हाे
दर्शन गर्न पूजारीकाे झेला हाे ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ८

पुरानो साडी फाटेको चोली मनमा मेला बरिलै
अाएनन् कोही माइती लिन गरिबी हेला बरिलै
घरमै बसें संझेर स्वामी परदेशी उनलाई
खुसीका दिन साहुको ऋण तिरेको बेला बरिलै
अाउला खुसी तिजमा रम्ने भएर भेला बरिलै ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ९

हेर्नै कठिन दृश्यहरू कस्तो मेला हो ?
दर भनौँ कि दारु पार्टी कस्तो भेला हो ?
शोषित पीडित छन् रे नारीहरू सुन्नोस्,
रक्सीले बर्बराउछन् यो कस्तो बेला हो ?
महिला उन्मुक्त हुने यो कस्तो खेला हो ?

वसन्त अनुभव, दाङ

पञ्चाङ्ग १०
~~~~~~~~~~~~ १
गाउँघर पर्मपात मेला रमाइलो
चाडपर्व नेपालीको भेला रमाइलो
जिन्दगीमा सुखदुःख बराबरी भए
दशैं अनि तिहारमा खेला रमाइलो
पाठशाला गुरुलाई चेला रमाइलो ॥

~~~~~~~~~~~~ २
हिउँदमा पिँडालुको सेला रमाइलो
तिज दशैं तिहारको बेला रमाइलो
रमाइलो रमाइलोमा बाँचौं खुसीले
घर ढोका मजवुत ठेला रमाइलो
बृद्ध हुँदा कसले पो देला रमाइलो ॥
~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे दमक झापा

पन्चाङ्ग ११

जाँउ सबै दिदिबहिनी तीजको मेलामा
उमङ्ग र जोश जाग्छ हेर चेलीचेलामा
परेलीमा आँशु राखी मुस्कुराउने नारी
संघर्षको कथा नि लेख्छ्न् हातको ठेलामा
माइती जाँदा खुशी मान्ने तीजको बेलामा ।

सीता बिष्ट कार्की ( सीबिका)
काठमाडौँ ।

पञ्चाङ्ग १२

यो तीजको रमाइलो बेलामा
जानुपरेको छ आफू मेलामा
दु:ख लाग्छ रमाइलो नहुँदा
भुल्नु पर्ने नियतिको खेलमा
पार्छन् निर्दोषलाई नै झेलमा ।

दुर्गा भट्टराई
मोरङ


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...