Thursday 6th February 2025

२३ जना सर्जकका तीज विशेष खोरियाहरू


खाेरिया तीज विशेष

ध्यू हालेकाे खाजा मिठाे
अालु,बाेडि र तामाले
सम्झना छ पकाएकाे
दर अामाले ।

टाढा छु म विदेशमा
कमाउ भन्दै अाएकाे
स्वदेशमा भन्दा ज्यादै
दुख पाएकाे ।

राहदानी खाेसी दियाे
जेल भित्रकाे बासछ
सबै छाेडी फर्कने याे
याैटा अाश छ ।

त्याे तीजकाे रमाइलाे
झल्कन्छ सारा अाँखामा
उही पुरानाे गाउँकाे
प्याराे काखमा ।

काम गर्न दुख मानी
पैसा टिप्न याे अाएकाे
विदेशीकाे सेवा गर्दा
बैश गएकाे ।

छाेडेर भाग्याे छायाले
सपना बुन्याे मायाले
टिलपिल् अाँसु खसाई
गरें विदाई ।

जनार्दन अधिकारी धड्कन

खोरिया!!
कलानिधि दाहाल

पाउजु बज्छन् छम्छम
जल झरेको झम्झम
नारी खुशीको महक
तीज रम्झम

शृङ्गार नयाँ पहिरी
अन्ध ध्यान यो गहिरी
सुरामा ओठ बहिरी
तीज लहरी

मुखस्वाङ छ संस्कृति
तन नसामा विकृति
नारी मादक यो चाल
तीज आकृति

स्वरमा छ राम!राम!!
छन् सबै खराब काम
संस्कारविना लगाम
विनाश लाम

अरे,परी!गर काम
खै चेतनको छ धाम
खिल्ली उडेका छन् नाम
तीज सलाम

खोरियाः
बैँसालु प्यारी सङ्गिनी
तीजमा भइन् रङ्गिनी
सुनका चुरा नारीमा
रातो सारीमा।१

राखेर आस्था धर्ममा
जुटौँ न प्यारी कर्ममा
खपेर चोट चर्ममा
मर्म मर्ममा।२

देशमा कालो रात छ
वैरीको ठुलो हात छ
अस्मितामाथि घात छ
वज्रपात छ।३

न्यायमा पर्दा लगाए
अन्यायलाई सघाए
धनको खोलो बगाए
नेता अघाए।४
-रामशरण न्यौपाने,भक्तपुर

– खोरिया —–
चंचल भएको मन
माटोमा गाडेको धन
कसैको काम लाग्दैन
एक्लो यौवन

देवी पन्थी

खोरिया
चेलीको गला हारीमा
झल्केका नारी सारीमा
सुन्दर देखेँ हाँसेर
सबै नाचेर

चार खोरिया
भगवती दवाडी
१•
तीजमा जाॅदा माइत
अचम्मै पर्यो साइत
झरीले बाटो नछेक्दा
खुशी भाइ त।
२•
आमाको हात समाइ
नाॅचियो सङ्गै रमाई
बाबाको ढल्के ऑगनी
झल्को आज नि।
३•
काॅक्राको चिरा पारेर
खाइयो मेख मारेर
चाम्रेमा घिउ मिसाको
झोल टुसाको।
४•
आमा र बाबा खुशी छन्
भाउज्यू मात्र दुखी छन्
दाज्यू र भाइ नाॅचेका
खुशी साॅचेका।

खोरिया ………
घनश्याम पौडेल
देशको माटो सौन्दर्य
बनाऔ अझै माधुर्य
सौहार्द्र यस्मा थपेर
माया भरेर ।

मायानै ठुलो कसीहो
ममता यस्मा भर्नेहो
जीवन्त सदा राख्नुहो
यही पोख्नुहो ।

हिमाल हाम्रो सम्पति
घुम्दछन् यहाँ दम्पति
ऐस्वर्य यही देखेर
मुग्ध भएर ।

प्रकृति दृश्य अमुल्य
सौन्दर्य यस्को साकुल्य
गुरास यस्को बहार
घुम्ने रहर ।

केही खोरिया
गंगा लिगल
माटाको माया अनन्त
सम्पूर्णलाई जीवन्त
मुस्कान दिव्य दिएर
पाउँ वसन्त

आँखामा रम्ने देश हो
मुटुमा भिज्ने भेष हो
भावना चोखो नहुँदा
साह्रै ठेस भो

जापान टर्की कतार
दौडन सवै हतार
को पुग्ने अब रारामा
दु: ख सारामा

जन्मियौं स्वर्ग भूमिमा
पाइन्न अर्को जुनिमा
बताउ कोही महिमा
आफ्नै गरिमा

चिनेमा आफ्नै घरको
नचिन्दा भयो परको
मुस्कान लिइ उदाउँ
यहाँ सुहाउँ

खगेन्द्र बस्याल

हामी हौं सभ्य नेपाली
विश्वकाे गौरवशाली
तीजकाे रम्य भावना
शुभकामना

भेटेर छुट्ने बेलैमा
मायालु चढ्यो रेलैमा
आँखामा आँसु धारा भो
माया गाढा भाे

माया उपाध्याय

खाेरिया
१.
सकिए चाड मनाइ
खुशीले धेरै रमाइ
सधैं यसरी रमेर
साथी जमेर
२.
कति रमाउला अाज
दिदीबहिनीकाे माझ
अब फेरि रमाउला
सँगै अाउला
३.
चाडकाे महत्व हुने
दु:खमा याे मन रुने
सबै सँग भेट हुदा
मनले छुदा
४.
अाउला सधैं यसरी
भनेर जाउ कसरी
कस्ताे पर्ला त्याे दिन
रमाउ छिन
५.
अाज जादैछु म पनि
अाए रमाए म पनि
भेट भएर खुशी छु
अब बुझे छु

भानु पाेखरेल
झापा

खाेरियाहरु

हरितालिका पर्वमा
गर्व गर्नुछ धर्ममा
राेकेर सबै विकृति
मान्छाैं संस्कृति !

दिदी बहिनी भेटेर
न्यास्राे मनकाे मेटेर
आमाको हात समाइ
नाच्याैं रमाइ!

ह्रदय खाेली ज्ञानले
प्रेम अर्चना ध्यानले
भर शिवकाे परियाे
पुजा गरियाे!

राेक्नु पर्दछ विकृति
जाेगाउनुछ संस्कृति
माैलिकतामा रमाऔ
पर्व मनाऔ !
११
सुधा बाँस्कोटा ढकाल
काठमाण्डाैँ
खोरिया

तीजको अर्थ जानेर
चाडपर्व लौ मानेर
सम्मान गरौं पर्वको
हाम्रो गर्वको !

रातो छ सारी झलल
चुरा र टिका पाउजु
छम्छम् नाचेछन् मायालु
सँगै भाउजु !

मीठो छ हात आमाको
स्वादिलो बोडी तामाको
काकरी खल्पी अचार
खाने रहर !

राताम्यै तीज बलेको
खुसीले आशु भरर
घन्केछ जोर मादल
रम्यो शहर !
शारदा गौतम आचार्य
ललितपुर

खोरिया
रहर बोक्छ मनले
सक्दिनँ भन्छ धनले
जिन्दगी भन्नु यहि हो
बुझ्दा सहि हो।

रोगले घर छानेर
बस्दै छु आँसु झारेर
भाग्यले गर्नु गरेछ
सुख हरेछ।

कसैको मन छ कस्तो
नौनी या घिउ छ जस्तो
अरुको दुख देख्दछ
पीडा सेक्दछ।

सबैले भाग्य खाने हो
आ- आफ्नै बाटो जाने हो
घमण्ड किन गर्दछौ
पिछा पर्दछौ।
सिर्जना खनाल

खोरिया”

साथी र संगी मिलेर ,
नाचौन दिल खोलेर ,
संकार राम्रो तीजको ,
हिन्दु सबैको !


रातो राम्रो तीजलाई ,
सुहानेछ नारीलाई,
शोभित आफ्नै पारामा ,
तीजको दरमा !


आलु र तामा मिसाई ,
ढकने खिर पकाइ ,
पर्खेर बस्थिन् आमाले ,
सधै मलाई !


गर्दिन कत्ति दुख्मन ,
टाढै रहेनी यो तन,
सबैका आफ्ना बाध्यता ,
छ विवशता !


नबस्ने गर्नु सम्झेर,
आउछे छोरी भनेर ,
म यतै तिर ब्यस्त छु,
कर्म मस्त छु!


तीजको रंग फेरियो,
हट्याे माईती जानकाे
जत्ता पनि रमाइलाे
दर खानकाे

पूजन मिश्र

खोरिया
छत्रपति दाहाल

आयो है तीजको दिन
चेलीको हर्षको छिन
नाचौंला गाऔंला गौरी
घन्काई चौरी

अपर्णा देवीको तप
मनमा शिवको जप
महादेव स्वामी पाइन्
भलो चिताइन्

करको दरको रीत
बिग्रेको नाच र गीत
के भयो हरितालिका
भन राधिका

सुरा र मासुको भोज
संस्कृतिमाथि भो बोझ
जगाऊ चेतना चेली
विकृति पेली

खोरिया


आकाश जून ताराले ।
भुलेका युग साराले ।
समय भयो उजेली,
नाच्यो जुरेली !


खेतमा रम्ने किसान ।
माटोे नै पुज्ने महान ।
भएर सोझो नुनको,
बाला सुनको ।


चलेर हुरी बतास ।
बनायो मनै हतास ।
रातमा पानी परेको,
बानी परेको !


जीवन यात्रा उकाली ।
कहिले हुने ओराली ।
भेटियो खोली दोभान,
बग्यो जोवन !

– आर्त अकुलीन, कैलाली

खोरिया

दुःखी गरिब पुकार्छ
धनाढ्यहरु दुत्कार्छ
मानब बाणी खोला
भरिन्छ झोला।

रंगिन छन दुनिया
कर्म गर्दैन बानियाँ
आराम गर्न हुदैन
दुःख छुदैन!

हामी सबै कलाकार
अभिनय भरमार
सामना मा यात्राहरू
यी पात्रहरू!

समय बलवान छ
हत्याउने चलन छ
तालमेल मिलाउन
झक्झकाउन!
जमुना कायस्थ, पोखरा

खोरियाहरु

हरितालिका तीजमा
शुभकामना सबैमा
फालेर सबै विकृति
धानौ संस्कृति !

साथीहरू नी भेटिए
मनको तिर्खा मेटिए
तीजको गीत गाएर
नाच्यौ आएर

ह्रदय खुल्यो ज्ञानले
प्रेम बढेको ध्यानले
शिवको पूजा गरियो
शरण परियो

मान्दैछौ तीज रमाई
पञ्चमी आयो घमाई
ऋषिको पूजा गरिन्छ
पार तरिन्छ

जमेर बस्यौ बेसरी
छाडेर जाऊॅ कसरी
फर्कन्छु भन्छु घरमा
मन डरमा

गीता बज्गाईॅ अधिकारी

खोरिया अभ्यास

1)सबैको पर्व हो तिज
महंगो छ सबै चिज
उल्लास छायो जनमा
आफ्नो पनमा

2)माइत गए चेली ती
रमाए हाँसी खेली ती
तिजमा जम्मा भएर
दर खाएर

मिरा ज्ञवाली (आस्था)

केहि खोरिया

खोरिया :१.
तीजको चाडपर्वमा
रम्ने माईती घरमा
दिदी बहिनी भेटमा
हर्ष मनमा
खोरिया २
आशिष माता पिताका
हामीले सुख पाएका
बाबा आमाको आशिष
माया पाएका
खोरिया :३.
आज गणेश चौथीमा
गणेशको मन्दिरमा
दर्शन गर्न जाने हो
पूजा गर्ने हो
खोरिया :४.

गणेश गण नायक
अपारसुख दायक
मनैले संझिए पनि
फल दायक
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाण्डौँ
२०७९/०५/१५/बुधबार

खोरिया

संस्कार नमासियोस्
===========
१)
चेलीबेटी भए जम्मा
आफन्तसँगमा बसे
मिठा ती दर खाएर
कम्मर कसे ।
२)
हाम्रो सांस्कृतिक चाड
खाने नाच्ने रमाउने
शिव शङ्करको पूजा
वर पाउने।
३)
अहिले तीजको चाड
धेरै विकृति देखियो
हाम्रो संस्कृति छाडा भो
हेर्न गाह्रो भो ।
४)
दर्दका भावना पोख्थे
पहिलेका सबै गीत
कुसंस्कार बढेकाले
छाडा छन् कि त ?
५)
देखावटी हुँदै हैन
आस्थाले चाड मानियोस्
संस्कार नासिनै हुन्न
कुरा जानियोस् ।

✍️ घनश्याम रेग्मी
चन्द्रा न्यौपाने,
जन्म : तनहूँ
हाल : टोखा न.पा. – ८,
जालपाचोक, काठमाडौं।

खोरिया

१. यो व​र्ष​ नि घुमिफिरी
आइपुग्यो नि तीज​ है
खोरिया प्र​तिष्ठान​को
निम्ता ब​रिलै।

२. हिजो थियो तीज​ प​र्व​
पूज​न​ ग​र्दै गाएँ है
इष्ट​मित्र​ सँगीसाथ​
माया पाएँ है।

३. तीज​गीत​का ताल​मा
म​ प​नि राम्रै नाचें है,
बारुली मेरो कम्म​र​
केही भाँचें है।

४. आमा भेटी र​माउन​
अपार​ धोको थियो है
भिडियो कल​ ग​रें है
ज​म्यौं ब​रिलै।

खाेरिया

१. खाेरिया साथ बसेकी
कसिलाे भाव कसेकी
स्वदेशकी याे छाेरीले
काली माेरीले

२. नेपाल मेराे बाँस हाे
काउले ठाउँ खास हाे
साहित्य रस पिएकी
खुसी सिएकी

३.जिन्दगी मेराे रसिलाे
फूलेकाे फूल हँसिलाे
भमरा डुले बारीमा
हेर टारीमा

४.आज त काेरेँ गाेरेटाे
भाेलि त हाेला चक्रेटाे
हे प्रिय आऊ सघाऊ
प्रीति लगाऊ

५. मै रैछु साथी काेहिली
लगाई दिन्छु माेहनी
सुन्दछन् स्वर सुरीलाे
ज्यान खिरीलाे

शारदा भण्डारी काफ्ले
विराटनगर
– २०७९/०५/१५

खोरिया

जे गर्दा पनि तीजमा
नचाहिने भो स्वीकृति
हेरेको हेर्यै अगाडि
बढ्यो विकृति

जगेर्ना गर्नु पर्दछ
असल जे हो संस्कार
मिलेर सफा गरौँ न
चढ्दो विकार

आस्थामा प्वाल परेमा
खराबी भित्र छिर्दछ
सीमित मात्र नभई
जगत् पिर्दछ

सबैले गर चेली हो
गएका तीज मनन
अन्तर अति धेरै भो
आफैँ भनन

यज्ञलाल सुवेदी
बुटवल , रूपन्देही
खाेरिया
१.
तिजकाे वेला हे साथी
भदाैरे भयाे माैसम
माइत जान पाइन
दरै खाइन ।
२.
खहरे खाेला उर्लियाे
माइत जान सकिन
साथीकाे निम्तो खाईयाे
गीत गाईयाे ।

✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...