Thursday 6th February 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग-३८


स्रष्टा परिचय
नाम :- कृष्ण बहादुर के.सी. (सापकोटा)
पिता :- कर्ण बहादुर के.सी.
माता:- शिब कुमारी के.सी.
श्रीमती:- गुनु के. सी.
छोरा बुहारीहरु:- रहिष के.सी. / स्मृति के.सी.
ऋषभ के.सी./ सबिना के.सी.
जन्म मिति:- २०२३ भाद्र कृष्ण जन्माष्टमी।
जन्म स्थान:- विदुर नगरपालिका वडा नं ७ तुप्चे, छापथोक, नुवाकोट ।
स्थाई ठेगाना. :- टोखा नगरपालिका वडा नं ०९ , शान्ति समाज टोल, गोङ्गबु काठमाडौ।

शिक्षा:- वाणिज्य शास्त्रमा स्नातक डिग्री।
पेशा:- प्रबन्धक सुनौलो तक्मा वचत तथा ऋण सहकारी संस्था लिमिटेड।
भ्रमण:- नेपाल, भारत।
प्रकाशित कृतिहरू:- १. गोसाईकुण्ड काे यात्रानुभव (नियात्रा )
२. तुप्चे को सेरोफेरो (बाल नियात्रा)
३ .हाम्राे गन्तव्य — सुसेली संग्रह
४. शीत का थोपा — शीत कल्प काव्य संग्रह।
प्रकाशोन्मुख कृति:- जाल्पा देखि पाल्पा सम्म (नियात्रा )

संलग्नता :- सामुदायीक प्रहरी सेवा गोंगबु (आजीवन सदस्य)
तुप्चे काठाडौं एकता समाज निवर्तमान सचिव
साहित्यकार खेलकुद समाज (आजीवन सदस्य
आजीवन सदस्य:- नेपाल रेड क्रस सोसाईटी
उपाध्यक्ष आधुनिक साहित्य परिषद्।
अध्यक्ष्य शीत काव्य समाज नेपाल बाग्मती प्रदेश।
कोषाध्यक्ष राष्ट्रिय सुसेली मञ्च नेपाल।
कोषाध्यक्ष षडऋतु काब्य समाज नेपाल।
परिकल्पनाकार:- पञ्चक लघु काव्य विधा।

रचना

शीर्षक पूर्ण केहि शीतहरु:-

सूर्य:

अति
तातो
लिन्छ
सातो

जून:-

अति
शान्ति
दिन्छ
कान्ति

पानी:-

तिर्खा
मेट्ने
सँधै
भेट्ने

वायु :-

बिना
वायु
छैन
आयु

हावा:-

स्वच्छ
हावा
राम्राे
दवा

नदी:-

हिम
ताल
बग्छ
तल

आगो:-

शक्ति
दिन्छ
स्वाहा
पार्छ

शीत:-

ठण्डा
ठण्डा
चिसो
चिसो

बाफ:-

तातो
हावा
पानी
मात्रा

रेल:-

छुक
छुक
छुक
छुक

गाडी:-

मान्छे
बोक्ने
तेज
भाग्ने

प्लेन:-

उड्ने
चरी
हावा
सरी

ताल:-

जम्यो
पानी
जल
खानी

मन्दिर:-

चित्त
बुझ्ने
ढुङ्गो
पुज्ने

कवि:-

पद्य
लेख्ने
सृष्टि
देख्ने

नेता:-

झुटो
बोल्ने
पोल
खोल्ने

कृष्ण बहादुर के.सी.


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...