(१)
तीजको
बेला
माईती
भेला।
(२)
नाचौला
हामी
गाएर
दामी।
(३)
तीजको
आज
नाच छ
साँझ।
(४)
दिएर
निम्तो
के निभ्ला
धिम्को।
(५)
बोलायौं
आजै
ए मेरा
दाजै।
(६)
माइती
चेली
एक्ली हुँ
छोरी।
(७)
आउनु
लिन
पर्दैन
दिन।
(८)
मिलेन
गर्व
आएर
पर्व।
(९)
पराई
घर
माइती
पर।
(१०)
माइती
जहाँ
मन छ
त्यहाँ।
शोभा अर्याल
बुटवल-१४,रुपन्देही
केन्द्रीय सदस्य
जु.सा.स.नेपाल
(१)
तीजको
भेला
जुनेली
मेला।
(२)
तीजको
गीत
लेख्दैछु
मीत।
(३)
मौलिक
पर्व
लाग्दछ
गर्व।
(४)
गाएर
गीत
चलेको
रित।
(५)
संस्कृति
हाम्रो
यो पर्व
राम्रो।
(६)
नेपाली
चेली
जहाँ नि
मिली।
(७)
मनाआैं
तीज
गाएर
गीत।
(८)
ढल्केर
नाच्ने
कम्मर
भाच्ने।
(९)
खाएर
दर
नाच्ने हो
घर।
(१०)
मिलेर
सबै
नाचौ है
खुबै।
शोभा आचार्य गौतम
काठमाडौं,नेपाल
सकृय सदस्य
जु.सा.स.नेपाल
(१)
तीजको
बेला
मित्र कै
मेला।
(२)
मनमा
ठाने
माइत
जाने।
(३)
वेदना
पोख
आमाको
काख।
(४)
गाउँदै
गीत
साथीको
बिच।
(५)
नारीको
तीज
चेली कै
बिच।
(६)
आउदै
नाच्दै
कम्मर
भाच्दै।
(७)
जुनेली
गीत
सबैको
हित।
(८)
साथी र
भाई
नाचमा
गई।
(९)
नाच्ने हो
मीली
गठन
भई।
(१०)
नारीको
गर्व
तीजको
पर्व।
विमला गैरे न्यौपाने
तानसेन,पाल्पा
सदस्य:लुम्बिनी प्रदेश
जु.सा.स.नेपाल
(१)
जुनेली
शीत
तीजको
गीत।
(२)
सुरिलो
भाका
सुनियो
गाका।
(३)
तीजमा
आँए
दर नि
खाँए।
(४)
रूदैछु
आज
तीजको
माझ।
(५)
रहर
लाग्यो
डर नि
भाग्यो।
(६)
जुनेली
जीत
भदौमा
तीज।
(७)
अनेक
चिज
शिवको
बिच।
(८)
खाएर
दर
खोजेर
वर।
(९)
व्रतको
दिन
प्रसाद
लिन।
(१०)
बिहान
साँझ
मन्दिर
माँझ।
अम्बिका अधिकारी
झापा,विर्तामोड
सकृय सदस्य
जु.सा.स.नेपाल
(१)
पुर्खेली
रित
तीजको
गीत।
(२)
गाएमा
राम्रो
रितै हो
हाम्रो।
(३)
तीजको
भाका
डाँडा र
पाखा।
(४)
गुञ्जियो
अति
रमायौ
कति।
(५)
दरको
रात
आमाको
साथ।
(६)
खाना छ
मीठो
नराखे
जुठो।
(७)
व्रतको
दिन
नाचौ है
तीन।
(८)
गाउँका
साथी
आएछन्
माथी।
(९)
कसरी
आको
मानेर
गाको।
(१०)
आइनन्
दिदी
सम्झाईन्
ज्यादि।
रिना सापकोटा खनाल
जि.सि.-१४,डुमरवाना
(१)
पर्वको
बेला
भएर
भेला।
(२)
हाँसेर
गाउँ
खुशीले
खाँउ।
(३)
तीजको
लागि
बिहानै
जागी।
(४)
व्रत नि
बस्ने
जुनेली
कस्ने।
(५)
आमाको
काख
हजार
लाख।
(६)
खुशीले
दङ्ग
म आमा
सङ्ग।
(७)
चाडैको
बेला
भइन्छ
भेला।
(८)
यो रातो
सारी
फरर
पारी।
(९)
लरक्क
लर्कि
फरक्क
फर्कि।
(१०)
तीजको
नाउँ
जन्मेको
गाउँ।
अमृता रेग्मी अर्याल
बुटवल,खैरेनी,रुपन्देही
सदस्य:लुम्बिनी प्रदेश
जु.सा.स.नेपाल