Wednesday 1st April 2026

अनुभूतिका प्रहरहरु पढेपछि -नारायण कोइराला


पाल्पाली कवि गोविन्द खानलको कविता संग्रहअनुभूतिका प्रहरहरु २०७५ सालमा प्रकासित कृति हो जसको प्रकाशन पोखराथोक साहित्य सङ्गमले गरेको छ। पहिलो प्रकाशनमा पाँच सय एक प्रति प्रकाशन गरिएको छ जसको मूल्य दुई सय पच्चिस रहेको छ । स्व: माता पिताका समर्पित यो पुस्तक भित्र रहेका कविताको मर्महरु भनेर टकप्रसाद पन्थले यसको भूमिका लेखेका छन । उनको भूमिकाले राम्रो संग पुस्तकको विश्लेषण गरेको पाइन्छ । भूमिका पछि कृष्ण प्रसाद कोइरालाको अनुभूतिहरु छन । उनको अनुभूतिले पुस्तकलाई अझ राम्रो बनाएको छ । त्यस्तै शुभकामना सन्देश भने दुईजना साहित्यकारहरुबाट दिएको छ जसमा एउटा शालिकराम पौडेल हुन भने अर्का पुष्करराज रेग्मी । त्यस्तै प्रकाशकीय हरीप्रसाद भट्टराईको रहेको छ । कविताको विषय सूची सुरु हुनु भन्दा पहिला लेखकको आफनो भनाइ रहेको छ।

जब विषय सूचीमा प्रवेश गरिन्छ, माथिल्लो भागमा क्रम सख्या,शीर्षक र पेज नं भेटिन्छन् । क्रम सख्या सच्चालिस छन् भने कविता पनि त्यतिनै । पेज सख्या जम्मा चौरासी रहेको छ। पुस्तकको पहिलो पेजमा आमा कविता छ जसमा आमाको महिमा समेटिएको छ । दोस्रो कविताको रूपमा दिवगंत बुवाको सम्झनामा कोरिएको कविता रहेको छ जुन एउटा नातिनीको बाल मस्तिष्कले बाबालाई प्रश्न गरिरहेको छ। बाबा भने अनुत्तरित छन । यसरी नै विभिन्न परिवेश बोकेका कविताहरू यस पुस्तक भित्र समेटिदै म र विकास कविता सम्म पुग्दा आफैलाई कवितामय भएको अनुभूति हुन्छ । यो कविता पछि बाटिकामा प्रकाशित केही समस्या भनेर राखिएको छ। अन्तमा लेखकको परिचय सहित पुस्तकको कभर डिजाइन गरिएको छ।

यो पुस्तक केही समय पहिला नै हातमा परे पनि राम्रो संग पढ्ने अवसर मिलेको थिएन । जे होस् आज पढ्ने समय मिल्यो । पढियो।पढेर भ्याउँदा समय खेर गएको अनुभव भएन । कविताहरू पढ्दा कतै दुःख थिए । कहीँ आमा प्रति माया । बाबुको सम्झना । हिँसा, हत्याका कुराहरू, युद्धका कोलाहलहरु । कतै सपनाका लहरहरु त कतै भत्किएका सपनाहरु । कतै देशका पिडाहरु त कतै मानवलाई तड्पाई रहेका समस्याहरू।आदि इत्यादि।

अन्तमा पाल्पाली साहित्यकार खनालको आगामी साहित्यिक यात्रा अविरल चलिरहोस् । अरु पनि पुस्तकहरू प्रकाशित भइ पढ्ने अवसर जुरिरहोस । शुभकामना।

नारायण कोइराला
तानसेन , पाल्पा


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...