Thursday 5th March 2026

लघुकथाः जिन्दगी -आर्त अकुलीन


पहरामा फुलेको एउटा सुन्दर फूललाई हेर्दै उसले भन्यो-“यो जिन्दगी पहरामा फुलेको एउटा सुन्दर फूल जस्तै त रहेछ ।”

वसन्त ऋतुमा फुलेको सुन्दर फूल ऋतु परिवर्तनसँगै क्रमशः त्यसको सौन्दर्य विलिन हुँदै गयो र उक्त ओइलाएको फूल झरेर झरना हुँदै खोलामा बग्न थाल्यो ।

अन्ततः खोलामा बगिरहेको त्यही फूललाई हेर्दै उसले मनमनै गुनगुनायो-“जिन्दगी खोला जस्तै बगिरहेछ … ।”

नदीमा बगिरहेको फूललाई हेरेँ । र मैले फूललाई आफैसँग तुलना गरेँ । आखिर फूल र मेरो जिन्दगी उस्तै-उस्तै रहेछ ।

-आर्त अकुलीन, कैलाली


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...