Tuesday 20th January 2026

कविता: जन युद्धको खवर -अनिपाल के.सी.(सुप्रिम)


वास्तविक जनयुद्ध लडेका लडाकुहरु
युरोप अरब खाडी मुलुक गएका छन रे
उखरमाउलो गर्मि अस्सी डिग्रि तापक्रममा
काम गर्दा पनि अझै दु:ख पाएका छन रे

सहिद बेपत्ता अपांग अनाथ विधुवाहरुका
आँखा ओभानो छैनन रसाएका छन रे
यता कता सँगै युद्ध लड्ने साथीहरु चाँहि
चिटिक्क पर्दै तारे होटल धाएका छन रे

जनताको आँखामा छारो हाल्दै अझै……
विकास र समृद्धिको गित गाएका छन रे
गरिवको झोपडी दु:ख सुख जे भएता पनि
नेताहरुले चौरासी बेञ्जन खाएका छन रे

जनयुद्धको आधार किल्ला कर्णाली तिर..
भत्काएका संरचना अझै ढलेका छन रे।
हाम्रा ती प्रचण्डे बाबुरामे प्रभाकरे अनन्तेले
हिजोआज मिठो भोजन खाएका छन रे

आरोप प्रत्यारो गर्दै तलब भत्ता खादै
आफू अनुकूल मिडियामा छाएका छन रे
ठेक्कादार माफिया काला बजारिया संगको
संगतले महल ठड्याएका छन रे ।।

देशीविदेशीको गुलामी हुँदै पुजीवादी बने रे..
अरबौ खरबौका बिटा अठ्याएका छन रे।
काम भन्दा खाली भासण मात्रै गर्छन अरे..
युवाहरुले मासु भात ठट्याएका छन रे…।

द्वन्द पीडित
रचना -अनिपाल के.सी.(सुप्रिम)
खत्याड गाउँपालिका-११लुई,रातापानी,मुगु
[email protected]


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...