Sunday 1st November 2026

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक


श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ।
२०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्।

राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन्।
१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।

गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्।

संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...