Tuesday 10th March 2026

संघीय प्रतिनिधिसभा सदस्यतमा पाल्पा क्षेत्र नं. २ बाट उपेन्द्र राज गैरेले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा


नेपालमा राजनीतिक दलहरूले देशलाइ अग्रगति दिन नसकेको भन्दै हाल देशै भर स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले ठुला राजनीतिक दलका नाम चलेका उम्मेदवारहरूलाइ हराएर निर्वाचित भएपछि जनताको अभिमत राजनीतिक दलका नेतामा भन्दा स्वच्छ छवि भएको कर्मठ स्वतन्त्र उम्मेदवार प्रति भएको संकेत देखिएपछि अागामी मंसिरमा हुने संघीय प्रतिनिधिसभा तथा प्रदेश प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिनको लागि देशभरबाट स्वतन्त्र उम्मेदवारहरूले स्वस्फुर्त रूपमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यसै क्रममा पाल्पा क्षेत्र नं. २ बटा उपेन्द्र राज गैरेले पनि स्वतन्त्ररूपमा संघीय प्रतिनिधि सभा सदस्यको लागि प्रेश विज्ञप्ति जारी गरि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पाल्पा क्षेत्र नं २ बाट स्वतन्त्र उमेदवार दिने घोषणा गरेका उपेन गैरेको प्रेस विज्ञप्ति।

आदरणिय आमावुवा, दाजुभाई, दिदिबहिनीहरु,
नमस्कार,

मेरो नाम उपेन्द्र राज गैरे हो । चिन्ने साथीहरुले मलाई उपेन भनेर संवोधन गर्ने भएकोले म पनि त्यहि लेख्न मन पराउछु । मेरो घर बगनासकाली २, पोखराथोक, पाल्पामा पर्छ। मैले भारत बाट Computer Application मा स्नातकोत्तर गरेको छु । अहिले त्यहि शैक्षिक योग्यताको आधारमा केहि निजी तथा गैरआवशिय संस्थामा IT विज्ञको रुपमा कार्यरत छु । साथ साथै केहि साथीहरु संग मिलेर विषयगत व्यवशाय पनि गर्दै आईरहेको छु ।
म समाजमा देखा परेको कुरिति, विसंगतिको विरुद्धमा सधै स्वतन्त्र रुपमा आवाज उठाउने व्यक्ति हु । दुखि पिडित को अगाडि पुग्दा या कसैले सहयोगको अपेक्षा गर्दा मेरा हात अहिले सम्म पछाडि हटेका छैनन् । लोकमान सिंह कार्कि विरुद्धको आन्दोलन होस् या डा. गोविन्द केसी को समर्थनमा, Enough is Enough को Campaign होस् या अन्य युवा को आवाजको लागि गरिएका आन्दोलनमा प्रतक्ष अप्रतक्ष रुपमा सहयोगिको भुमिका निर्वाह गर्दै आईरहेको छु । महाभुकम्प देखि कोरोनाकाल सम्ममा मैले मेरो क्षमताले भ्याय सम्म सहयोगको लागि आफ्नो उपस्थिती जनाएको थिए र अब पनि गर्नेछु ।
हामीले देखेको परिवर्तनको सपना अव विपनामा परिणत गर्नुपर्ने छ । २००७ साल देखि अहिले सम्म राज्यले राजनितिको नाममा धेरै परिवर्तन देख्यो । कोहि शान्तिपुर्ण त कोहि हिसांत्मक । तर विडम्बना राजनिती गर्न खोलिएका कुनैपनि दलहरु राज्यको लागि गम्भिर देखिएनन् । दलहरु सबै व्यक्ति केन्द्रित हुदा त्यसको व्ययभार राज्यले उठाउदै आउनुपरेको छ । राज्यलाई शोषण गरेर बसेका व्यक्ति वा दलबाट अबपनि केहि आश गरेर बस्नु भनेको हामी परिवर्तन चाहादैनौ भन्ने सजिलै बुझ्न सकिन्छ। राज्यको व्यवश्था त बदलियो तर अवश्था बदल्न अहिलेसम्म सकेनन् । आर्थीक, सामाजिक र धार्मीक शिद्धान्तहरु कितावमा मात्र सिमीत भएको देख्दा को व्यक्तिको मन पोल्दैन र । त्यसैले हामी परिवर्तको खाका कोर्न आएका छौ।
हामीले जनतालाई धेरै ठुला आश देखाउदैनौ । किनकि हामीहरुले हाम्रो देशको सतह बुझेका छौ । जनताका समस्या एकदमै स—साना छन् , हामी आफैले यो समस्या दैनिक जिवनमा भोग्दै आईरहेको छौ, अस्पतालमा जाउ त्यहाको सेवा लिन भनसुन गर्नुपर्छ , सरकारी कार्यालयको अवश्था त्यो भन्दा दयनिय छ, यातायातमा जनताले भोग्ने समस्या छुटै छन्, महिला बालबालिका सुरक्षित महसुस गर्न सक्दैनन्, शिक्षामा राज्यको पाठ्यक्रम प्रणाली परम्परागत छ, टेक्नोलोजि प्रयोग त गर्छौ, तर त्यसका नकारात्मक पक्षमा हामी अनविज्ञ छौ। यस्ता यावत जन—समस्याहरुको समाधान हाम्रो पहिलो प्राथमीकतामा राख्नेछौ । राष्ट्रिय हित, सुरक्षा तथा विकाशका निम्ती मुलुकमा उपलब्ध स्रोत, साधन तथा जनसक्तिको परिचालन मार्फत देशलाई परिवर्तनको दिशामा पुर्नजाग्रित गर्न चाहान्छौ । हिजो सम्म अरुले गरेको गल्तिलाई हामीले परिवर्तको सिढिको रुपमा रुपान्तरण गरि विकाशको रेखा कोर्नेछौ ।
पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यमा मेरो उम्मेदवारी किन?
– परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न ।
– परिवर्तनको लागि राज्यको निति निर्माण तहमा युवा नेतृत्व ।
– राजनितिलाई लाजनिति हुन बाट रोक्न ।
– कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचारलाई विस्थापितगर्न ।
– विकाशको लागि दिगो योजना तथा पुर्वाधार विकासमा आमुल परिवर्तन गर्न ।
– शिक्षा,स्वास्थ्य तथा कृषि प्रणालीमा आमुल परिवर्तन गर्न ।
– आधारभुत तथा लक्षित कार्यक्रम हरु लाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न ।

विद्यमान अवस्थामा राजनितिमा देखिएको कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचार, छायामा परेको युवा नेतृत्वलाई उजागर गर्दै नया आवाज, नया द्रिष्टिकोण का साथअघि बढ्न पाल्पा क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको छु । हजुरहरुको साथ, सहयोगको अपेक्षा राख्दछु ।
धन्यवाद !

उपेन गहिरे
पाल्पा क्षेत्र नं. २
प्रतिनिधि सभा सदस्य उम्मेदवार


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...