Thursday 5th March 2026

षड्ऋतु: शिव महिमा


(१)
साउनको मास
सबै हुन्छ खास
सोमवार दिन
मन्दिरको छिउ
लाइनमा परे
अगाडि र सरे।
(२)
यो शिवको सार
हुन्छ आत्मा पार
शिवको संसार
धर्मको धन्सार
मन्दिरमा जानू
पुजा तार लानु।
(३)
सुद्धता गरेर
तयार परेर
शिवको मन्दिर
फुकाई जंजीर
पालोको कुरेर
प्रफुल्ल फुरेर।
(४)
जोड नै लगाई
पसिना बगाई
भिडमा पिच्किई
साईड निस्किई
तयार बस्दैछु
अगाडि पस्दैछु।
(५)
शिवको पुजेर
सम्पूर्ण बुझेर
धुधको धाराले
हिन्दुको पाराले
संस्कृति भरियो
पुजा नि गरियो।
(६)
पुजा नै भव्यता
प्राचीन सभ्यता
सबै जानू आज
बिहान र साझ
पुरेत बस्दछन्
मन्त्रले कस्दछन्।
(७)
पूरा गर्छु भर
भाग्छ सबै डर
यो शिव मन्दिर
भित्र शिव लिङ्ग
दूध धारा देउ
आशिर्वाद लेउ।
(८)
परिक्रमा शिव
बनेर नै जीव
हामी सबै माझ
हुन्छन् पूरा आज
बुझ्नुपर्छ ताज
शिव शक्ति राज।
(९)
भित्रि मन खिच
देख्छौ भोले बिच
साहुन महिना
बुझ्नु है बहिना
मेरो दाजु भाई
मिली-जुली आई।
(१०)
गर्नु शिव भक्ति
मिल्छ सधै शक्ति
यो ग्रन्थका कुरा
सबै हुन्छन् पूरा
हुन्न नि अधुरा
नबुझ्नु अपुरा।
(११)
मेरो नाम शिव
पाल्पाको हो जीव
रेग्मी मेरो थर
राम्रो छ नि घर
हो पोखराथोक
साहित्यको लोक।

साहित्यकार
शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा
नेपाल


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...