Thursday 5th March 2026

पञ्चाङ्ग चित्रपट, भाग – २५


पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: २५
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा
मिति: २०७९/०४/१९

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

चित्र संकलन
—————-
रोहित विक्रम भण्डारीको फेसबुक वालबाट

समायोजन
————-
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बाइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पञचाङ्ग लेखि पठाउनुहुने सर्जक/स्रष्टा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग १

विकास भनेको यस्तै हो पानी माथिको पुल बन्छ
वासना पो नभएको कृत्रिमतामा फूल बन्छ
चिलाएकै ठाउँमा कन्याए आनन्द आउने हो
ठालु बन्न पाइला चाल्छन्, त्यही पथ भुल बन्छ
काम गर्छन् मिहिनेत गर्छन् सो कार्य शूल बन्छ ।

सविता के.सी., काठमाडौँ ।
Sabita
Sabita Khatri
पञ्चाङ्ग २

पारी भित्ताबाट बाटो आउदै पो छ कि
वारि गाउँतिर खुसी, छाउदै पो छ कि
नयाँ बाटो होला, नबुझरै संका किन?
जनताले साँच्चै सुख, पाउदै पो छ कि
कपटी नेताले गुन, लाउदै पो छ कि।
*-*
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ३

काला कर्तुत छोडेर आएँ ।
बिग्रेको बाटो मोडेर आएँ ।
वर्षा मासको बाढी अनौठो,
घाती बन्धन तोडेर आएँ ।
मनको सेतु जोडेर आएँ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

बाटो बिनाको त्यो पुल तरेर कहाँ जाने हो
बास बिनाको बसाई सरेर कहाँ जाने हो
साँच्चै हो कि हतार हतारमा बनेको पुल
भाँडो बिनाको त्यो पानी भरेर कहाँ जाने हो
आधा अधुरो विकास गरेर कहाँ जाने हो।

Singer, bishal
Kohalpur, banke

पञ्चाङ्ग ५

कसले भन्छ यहाँ विकास भएको छैन
समस्याको समाधान खास भएको छैन
नपत्याए हेर्नुस् त खोलाको पक्की पुल यो
खाली अपाएक भै आभास भएको छैन
ढुक्क हुनुहोस् पैसाको नास भएको छैन ।

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ६

विना गन्तव्यको पुल बनेको छ
सधैं जनतालाई झुट भनेको छ
कहिले सम्म चल्छ तिम्रा काला
कर्तुत दरले लुकाउँदै हनेको छ
पुल बनाएर विकास गनेको छ

हेमराज महरा
रोल्पा, नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग ७

बाटो नभए पनि पुल त बनेको छनि
वारिपारी भित्ता खोलाले त खनेको छनि
नभएको विकास खोज्न अब कहाँ जाऊँ
देशै मध्येको एउटा पुल गनेको छनि
यही तरेर बैकुण्ठ जाने भनेको छनि ।

होम प्रसाद

पञ्चाङ्ग ८

के के देखेर स्वार्थले भरिएको मन कस्तो गर्छौ
आफ्नै मन मर्जीले चलाएका चलन कस्तो गर्छौ
दौलत र शक्तिका बलले , मगज त्यो अटलले
बाटोको व्यवस्था छैन तापनि खटन कस्तो गर्छौ
आफ्नो अनुकूलमा जवर्जस्ती दोहन कस्तो गर्छौ ?

✍️प्रेम थापा “मन”

पञ्चाङ्ग ९

खाेला हाेइन पुल बनेकाे छ
ताल हाेइन पानी जमेकाे छ
पैसा कुम्ल्याउने खेला मात्रै याे
विकासकाे नमुना रहेकाे छ
यस्तै नेताकाे चुलाे बलेकाे छ

नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

पञ्चाङ्ग १०

यस्तो ठाउँमा पुल बनाएर खै के पायौ?
आफैँलाई नराम्रो भनाएर खै के पायौ?
योजना बिहिन उदेक लाग्दो कार्य गरि
पट मूर्ख हूँ भन्ने जनाएर खै के पायौ?
बसाउनु पर्नेमा गनाएर खै के पायौ?

अरुण कु.भुजेल
गोरूबथान, कालेबुङ्ग, भारत ।

पञ्चाङ्ग ११

धानका बाला झुल्ने खेतभरि घर बन्दै छन् अब
मानव बस्ती बसि पुल तर्ने दिन गन्दै छन् अब
देशको भाग्य लेख्ने नेता जन्मे क्यारे नेपालमा
अमृत वर्षा सुखको हुन्छ पर्ख भन्दै छन् अब
सुनौलो विहानीमा हिडेको नै कल्पदै छन् अब

सरिता काफ्ले कोहलपुर बाँके ।

पञ्चाङ्ग : १२

विकासका नाममा अनेकन भुल बनायो
नगरेको काम गरेँ भन्दै चङ्गुल बनायो
सरकारी बजेट तरकारी जस्तै खाएर
गन्तव्यविहीन ठाउँमा पक्की पुल बनायो
जनतालाई बिझ्ने करको त्रिशूल बनायो ।

श्रीकृष्ण शर्मा
पोखरा महानगर ।

पञ्चाङ्ग १३

पैसा खाने मेलो नगरेकै राम्रो
नेताले कन्तुर नभरेकै राम्रो
बाटो न घाटो जंगलको बिचमा
विकासको काम त सरेकै राम्रो
अविरल वर्षाद् नझरेकै राम्रो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १४

पुल देखिएकै हाे
बाटाे मेटिएकै हाे
बाटाे बनेकै छैन
देखैँ लेखिएकै हाे
पैसाे पेलिएकै हाे ।

मधुसूदन प्र

पञ्चाङ्ग १५

रहस्यबिनाको प्रगति चल्छ अझै पनि
आलटालले भ्रष्टाचार छल्छ अझै पनि
बजेट जिप्ट्याउन एउटा बाहाना मात्र
गलत विकासले मुटु जल्छ अझै पनि
हरेक व्यक्तिको हृदय गल्छ अझै पनि।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १६

जताततै यस्तै छ दिगो विकास छैन खाने गास छैन
कोही दायाँ कोही बायाँ भए गतिलो कसैको पास छैन
अविश्वासको हुरी चलेको छ संकटको सवाल बेग्लै
खेतका धनी संग आज किन हो कुन्नि यहाँ मास छैन
जसले जति कुरा गरे नि हुनुपर्ने जति खास छैन ।

निर्मला सुवेदी ।

पञ्चाङ्ग १७

पानी माथि देखावटी पुल बनेको छ
जनताको नजरमा भुल बनेको छ
जसले जे गर्दा नि मख्ख हामी जनता
भ्रष्ट नेता पर्दा सबै सुल बनेको छ
नेताज्यूको खल्ति भने फूल बनेको छ

चेतना पोखरेल, मोरङ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...