Saturday 12th July 2025

सीता देवीको पर्यावरणीय कविताः आमाका आंसु


आमाका आंसु अनुहारभित्रनै सुके,
द्पद्प गरि आगो बलेको छ,
समयले जन्माएको सुखा पृष्ठ
पटपट गरि चिरिएको छ,
छर्पट्ट छन रहरहरु,
तातों हवामा शब्दहरु मौन छन,
दन्किएको छ हिजो आज
झुठो सम्बन्ध,
आशाहरु औलाएका छन
त्रासमा जनजीवन प्रभावित छन।
के पाउनु छ र?
घेराभित्र अनुभवहरु चटपटाएका छन,
रुख भन्ने खोई?
घर,महल र उद्योग सवत्र विद्यमान छन।
प्रदुषणले गर्दा पृथ्वी रुग्न बनी सको,
नानीहरु घरभित्र सीमित छन,
बाहिर दुषित दृष्टि।
अपरिचित परिवेशमा बसे जस्तो,
सांस पनि लामो हुन थालो,
अस्तव्यस्त संसार,
आंतकको डेरामा सपनाहरु,
मलिन मुहार,
आमाका आंसु
म हांसो कसो गरि?
दुषित वातावरणमा तर्सिएका चाहनाहरु,
अप्ठयारा प्रश्न अनि सृष्टि संकटमा,
युद्ध र क्षमताको दुराचारमा
भताभुंग्य मेरो पृथ्वी।
हरियोको अस्पष्ट आवरण
पर्यावरण केवल मात्र शब्द।
आमा का आंसु संकटमा म कसरी बाच्नु?
प्रकृति ध्वंस गरि विज्ञानको घुम्टो ओड़ी कसरी हांसु ??

सीता देवी,बिहपुरिया,
लखिमपुर, आसाम।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...