Saturday 12th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- चालिसौँ भाग (४०)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०४/१०
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- फर्किन्छ, तर्किन्छ, झर्किन्छ, कर्किन्छ, छर्किन्छ, जर्किन्छ, थर्किन्छ, दर्किन्छ, चर्किन्छ आदि मिल्दो ।

स्थायी :- मिल्ने ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

साउने झरी धेरै दर्किन्छ हैन त ?
झरीले जमिन् कतै चर्किन्छ हैन त ?
याे साउन पनि अचम्मकै भयो नि
वर्षा ऋतु दुई मास् फर्किन्छ हैन त ?
सिम्सिमे पानी थाेरै छर्किन्छ हैन त ?

जहाँ गए पनि घरै फर्किन्छ हैन र ?
ऋणिले आशामिभेटे तर्किन्छ हैन र ?
याे लेन देन काम पनि हुन्न नगरी
आफ्नाे धन मागे अझै झर्किन्छ हैन र ?
सकभर तिर्न ऊ त तर्किन्छ हैन र ?

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग २

विना बादल असिना पानी दर्किएर गयो
हुरीले उडाइ स्वप्ना पनि मर्किएर गयो
अब त्यो के आउला ओठमा मुस्कान लिएर
फकाउने मनै पनि अब त झर्किएर गयो
मेरो मायालु मुटु नै आज तर्किएर गयो ।

पशपती राई खोटाङ

पञ्चाङ्ग ३

पूर्वमा लाली रङ्ग फर्किन्छ अाजभोली
न्याय निम्ति स्वर ती चर्किन्छ अाजभोली
थोत्रा मान्यताहरु पुराना भइसके
बिर्सी प्रितिका कुरा धर्किन्छ अाजभोली
क्रान्तिचेतको ज्वाला जर्किन्छ अाजभोली ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ४

उपद्रो गर्छ समाजमा अनि कर्किन्छ आफैँ
गन्तव्य छाडेर बाटो मोडेर फर्किन्छ आफैँ
बन्न त ठालु बनिन्छ थान्कामा बस्नु पर्यो नि
अप्ठ्यारोबाट उम्किन खोजेर झर्किन्छ आफैँ
बाघ बन्न खोज्छ स्याल लाजले तर्किन्छ आफैँ ।


चोखिन खोज्छ सुनपानी छर्किन्छ आफैँलाई
कर्म नचिन्दा वर्षेझरी दर्किन्छ आफैँलाई
व्यवहार हुनुपर्छ व्यवहारिक हुन त
फलाउन जानेमा हाँगो लर्किन्छ आफैँलाई
नजानेर सिँचाइ भर्न चर्किन्छ आफैँलाई ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग ५

बिना बादल पानी दर्किन्छ हेर यहाँ
आफै आफ जमीन थर्किन्छ हेर यहाँ
माटोको भर ढुङ्गा ढुङ्गाको भर माटो
त्यसैले त मौसम फर्किन्छ हेर यहाँ
घना वृष्टि पनि त तर्किन्छ हेर यहाँ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

हामीलाई देख्दा किन हो आँखा कर्किन्छ रे उनको
गर्छु भन्दा भन्दै समय अझ घर्किन्छ रे उनको
भन्छन् दम्भ पनि सानै देखि,अब राख कथा लेखी
साथीको सामीपता छोड्दा मन धर्किन्छ रे उनको
मन, दोमन हुँदा शिशा जस्तै चर्किन्छ रे उनको ।

प्रेम थापा

पञ्चाङ्ग ७

काम बिगार्दै सधैं तर्किन्छ आफैँ
बखेडा गर्छ र उ झर्किन्छ आफैँ
मैं बाठो छु भन्छ सुन्दैन अरुको
गलत हो भन्दा नि चर्किन्छ आफैँ
ठूलो स्वरमा झन कर्किन्छ आफैँ

चेतना पोखरेल, मोरङ

पञ्चाङ्ग ८

फर्किन्छ कि तर्किन्छ कि झर्किन्छ कि मेरो साथी
कर्के आँखा मायालुले कर्किन्छ कि मेरो साथी
कर्किए नी झर्किए नी फर्किए नी स्वतन्त्र छ
बाटैबाटो आफ्नै घर फर्किन्छ कि मेरो साथी
सम्पत्तीले मात्तिएर तर्किन्छ कि मेरो साथी ॥

गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ हाल अमेरिका

पञ्चाङ्ग ९

त्रुटी गरेर तर्किन्छ भन्छन्
फेरि आफैले झर्किन्छ भन्छन्
याद गरेर हिँड्नुछ साथी
साउने झरी दर्किन्छ भन्छन्
आखिर खोला फर्किन्छ भन्छन् ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १०

हेर्दै बोलाउन खोज्दा पनि झर्किन्छ त आजभोली
नजिक आउँछु टाढा टाढा तर्किन्छ त आजभोली
तिमीलाई गुनासो पो थियो कि मबाट भित्रभित्रै
आलो घाउमा नुनचुक छर्किन्छ त आजभोली
यता हैन अन्तै कम्मर मर्किन्छ त आजभोली ।।

✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

पञ्चाङ्ग ११

यादै यादले मुटु चरक्क चर्किन्छ अझै पनि
कि त सम्बन्ध कतै फरक्क फर्किन्छ अझै पनि
माया प्रितीको यो सुसमय आफैँ आउँछ भन्छन्
यो धड्कनको ढ्याङ्ग्रो थरक्क थर्किन्छ अझै पनि
फेरि मायाको डोरो लरक्क लर्किन्छ अझै पनि ।

✍️ अच्युत घिमिरे-भुटान बाट

पञ्चाङ्ग १२

देशको हालत सम्झिदा मुटु चर्किन्छ, आजकल
अनायासमै आँखाबाट आँशु दर्किन्छ, आजकल
बेथिति नै बेथिति चाङ जताततै लागेको देख्दा
श्रीलंका जस्तै हुने भयो मुटु थर्किन्छ, आजकल
राजनीतिक गल्ती भयो मन फर्किन्छ, आजकल

केशव न्यौपाने सानु, नुवाकोट

पञ्चाङ्ग १३

ती दिन सम्झिएर याे छाति मेराे चर्किन्छ अाज
बनी झरि साउने अाँखाबाट अाँसु दर्किन्छ अाज
लुटिएर अाफै म, भरेकाे उसैलाई त्याे पल
सम्झना अाउँछ, लाग्छ, मै भनेर फर्किन्छ अाज
माफि माग्दै ऊ, फलेको वृक्ष जस्तै लर्किन्छ अाज ।

रामराजा के. सी., फर्पिङ, काठमाडौँ ।

पञ्चाङ्ग १४

हेर्दै व्याकुल बन्छु अाज किन हाे, चर्किन्छ छाती यहाँ
अास्थाका लहरा निमाेठि हिँडिछाै, जर्किन्छ छाती यहाँ
देखिन्नन् किन चक्षुबाट लुकि गाे, अाधार देखिन्न क्यै
साराकाे वनिता बन्याै सहरमा थर्किन्छ छाती यहाँ
छाेप्दै नाक हिँड्याै कुकर्म भरियाे धर्किन्छ छाती यहाँ ।

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग १५

लाग्छ कहिले जिन्दगीमा ऊ दिन फर्किन्छ
जति सम्झ्याे उति उति याे छाती चर्किन्छ
राेकेर नि नराेकिने बग्ने खाेला जिन्दगानी
हेर्दा हेर्दै कति छिटाे अमूल्य समय घर्किन्छ
दुख्ने घाउमा काेही सधैँ नुनचुक छर्किन्छ ।

चन्द्रावती अधिकारी, कोहलपुर ।

पञ्चाङ्ग १६

बाेलीकाे चट्याङले हेर छाती मेराे चर्किन्छ उस्तै
भुकम्पले फाटेकाे जमिन झै मन धर्किन्छ उस्तै
साउने भेल, भाग्यको खेल, खुसी बगायाे बाढीले
आसुले मुछेकाे भाग पनि घाँटीमा सर्किन्छ उस्तै
बाल्यकाल समय फर्किन्न सम्झना फर्किन्छ उस्तै ।

✍️काेपिला शर्मा-जैमिनी ५ बाग्लुङ हाल धनगढी

पञ्चाङ्ग १७

समयको साथ गयो त्यो पल फर्किन्छ, की फेरि
आमाको उही ओँठको मुस्कान छर्किन्छ, की फेरि
आशै आशमा आज वितिरहेछ, जीवन मेरो
जीवनको सौम्य सुनौलो घाम चर्किन्छ, की फेरि
त्यही आशाले बुनेको त्यो घर दर्किन्छ, की फेरि

Singer Bishal
Kohalpur banke

पन्चाङ्ग १८

साहुको वचनले आमाको छाती चर्किन्छ कि घरमा
परदेशी छोराको यादमा आँसु दर्किन्छ कि घरमा
परदेशीएँ छोरा चुहिने छानो फेर्ने आस लिएर
आसको बाटो हेरी बस्छिन छोरा फर्किन्छ कि घरमा
अलिकति शङ्का, फेरि पनि खुसी तर्किन्छ कि घरमा?

मिलन सप्लाङ्गी
जैमिनी-९ पैयुथन्थाप, बाग्लुङ ।

पञ्चाङ्ग १९

हिजोआज विना कारणै झर्किन्छ मान्छे
गरीब भनी पर पर तर्किन्छ मान्छे
सम्पत्तिले सधैँ भरि साथ देला जस्तै
भेट भए बाटोमा उल्टो फर्किन्छ मान्छे
बोलीबाट नै सुनपानी छर्किन्छ मान्छे।।

अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

पञ्चाङ्ग २०

घरिघरि अछुत भन्दा छाति चर्किन्छ।
साथी छुऐकाे भाडामा सुनपानी छर्किन्छ।
अरे यार हिजाे जागिरको वार्तालापमा पनि
तल्लो जात भएकै कारण मेरै नाम तर्किन्छ।
त्यसैले त अनायसै आँसु बलिनधारा दर्किन्छ।
सावित्रा नेपाली सवु
जैमिनि ७ जैदि

पञ्चाङ्ग २१

एक्लो हुदा मेरो मुटु चर्किन्छ अचेल
घरी घरी उतै मन फर्किन्छ अचेल
खै के भन्नू अब बिरानो भएसी
बिगत सम्झी यो ज्यान थर्किन्छ अचेल
घुक्क घुक्क यी वचन सर्किन्छ अचेल

सुजन प्रेमी
हाल:- जैमिनी नगरपालिका १ कुश्मिसेरा बागलुङ ।

पहिलो पटक हो गल्तीलाई औल्याइदिनु होला

पञ्चाङ्ग २२

जता माया उतै फर्किन्छ, यो मन
बोल्छिन् खुसी छर्किन्छ,यो मन
मायामा विश्वास दुवैमा छ तर पनी
सा-साना कुरामा झर्किन्छ, यो मन
छुट्छ भनी दरले थर्किन्छ, यो मन

हेमराज महरा
रोल्पा,

पञ्चाङ्ग-२३

नपुग्दासम्म लरलर, लर्किन्छ मान्छे
जता पाईन्छ उतैतिर,सर्किन्छ मान्छे
जब पुगीसरी, हातलाग्छ जीवनमा
बिस्तारै साथीहरु सँग,तर्किन्छ मान्छे
बोली हाल्यो भनेपनि,झर्किन्छ मान्छे ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके


सम्बन्धित शीर्षकहरु

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

प्रतिकृयाहरू
...