Tuesday 13th October 2026

किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका मृगाैला रोगीलाइ आर्थिक सहयोग


कुवेतमा कृयाशिल किरात राई यायोक्खा कुवेतको पहलमा कुवेतका नेपालीहरुले नेपालका मृर्गौला रोगीलाई आर्थिक सहयोग गरेका छन्।

सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतबाट संकलित रकम रु ६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै निवास बुढानिलकन्ठ पुगेर अभियन्ता शशी थुलुङ राई(साइप्रस)को रोहबरमा किराया कुवेतका संरक्षक अमित चाम्लिङले हस्तान्तरण गरेक हुन्।

बिरामीको थप उपचारको लागि सानो भएपनि आर्थिक सहयोग गर्न पाएकोमा किराया कुवेतका अध्यक्ष तथा आर्थिक सहयोग संयोजक मन्जित चाम्लिङ राई र उपाध्यक्ष उमेश राईले पुर्ण स्वास्थलाभको कामना गरेका छन्।

अभियन्ता थुलुङले आर्थिक सहयोगी दाताहरु सबैलाई आभार प्रकट सहित बिरामीको नव जीवनको लागि सुभकामना व्यक्त गरेकी छन।

मन्जु राई दुबै मृगौला फेलभएर जिवनको कठिन मोड्मा उभिएको बेला आफ्नै दाजुले एउटा मृगौला दिनेभएपछि सो उपचारको लागि थप सम्भावना भएको हो। म एउटा मृगौला बैनीलाई दिन्छु अनि उ एउटा मृगौलाले बाच्नेछिन भने म पनि एउटाले बाच्नेछु।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...