(१)
जीवन
दाता
देवी हो
माता।
(२)
नौ मैना
कोख
नमानी
शोक।
(३)
राख्ने हो
भित्र
सम्हाली
चित्र।
(४)
जीवन
साच्न
बचाई
राख्न।
(५)
चिन्तामा
पर्छिन्
कोशिस
गर्छिन्।
(६)
जन्मिने
बेला
रगत
खोला।
(७)
इश्वर
भनि
समय
गनि।
(८)
अचेत
साथ
बच्चैको
याद।
(९)
बस्छिन् है
माता
सृष्टिको
दाता।
(१०)
जन्मिए
बच्चा
स-सना
कच्चा।
(११)
चुसाई
दूध
बनाई
चुप।
(१२)
काखमा
लिन्छिन्
आशिष
दिन्छिन्।
(१३)
बच्चाको
साथ
मिलाई
हात।
(१४)
खेल्दछिन्
सधै
मिलेर
खुबै।
(१५)
छोरा र
छोरी
समान
मानी।
(१६)
अगाडि
सरि
स्याहार
गरि।
(१७)
वर्ष भो
दुई
बोकेर
बुई।
(१८)
काममा
जान्छिन्
साथमा
लान्छिन्।
(१९)
सिकाई
जाल
हिडाई
ताल।
(२०)
पढाइ
सुरू
बनेर
गुरु।
(२१)
समाई
हात
पेन्सिल
साथ।
(२२)
सिकाई
लेख्न
राम्ररी
पढ्न।
(२३)
नगरी
डाँट
राखिन
ठाँट।
(२४)
स्रोहको
भयो
गलेज
गयो।
(२५)
राम्ररी
पढ्यो
अगाडि
बढ्यो।
(२६)
आज भो
बीस
नं.एक
पीस।
(२७)
डाक्टर
पढ्यो
पेशामा
गढ्यो।
(२८)
संसार
छायो
सम्मान
पायो।
(२९)
फुर्सद
छैन
घर नि
गैन।
(३०)
प्रेममा
पर्यो
बिवाहा
गर्यो।
(३१)
दुलई
पायो
उसैमा
छायो।
(३२)
बिर्सियो
रिन
माताको
दिन।
(३३)
गाउँले
गयो
शहरी
भयो।
(३४)
जीवन
दाता
बिरामी
माता।
(३५)
फोनमा
बोल्छिन्
ब्यथा जो
खोल्छिन्।
(३६)
बिरामी
भई
दुखमा
आई।
(३७)
देख्दैन
कोही
इश्वर
खोई।
(३८)
नातिनी
नाति
रैछन् नि
जाती।
(३९)
खवर
पाए
दौडेर
आए।
(४०)
मानेर
खास
आमाको
पास।
(४१)
मायाको
तार
अमुल्य
सार।
(४२)
बाबाको
पनि
बोलाए
छनि।
(४३)
बाबा नि
आयो
माताको
लयो।
(४४)
साथ मै
राख्यो
मायाले
छोप्यो।
(४५)
गरेर
सेवा
खादैछ
मेवा।
(४६)
माता नै
राम्रो
देवी हो
हाम्रो।
(४७)
यहीँ हो
कर्म
माताको
धर्म।
(४८)
सबैले
जान्नु
माताको
मान्नु।
(४९)
माता हो
मूल
नगर्नु
भुल।
(५०)
दुधको
भारा
तिरिन्न
सारा।
(५१)
प्रणाम
माता
जीवन
दाता।
केन्द्रीय अध्यक्ष
जु.सा.स.नेपाल
शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा