Saturday 12th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- उनान्चालिसौँ भाग (३९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०४/३
………………………………..
सोमनाथ लुइटेल
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- मस्केको, झस्केको, पस्केको, चस्केको, भस्केको, लस्केको आदि मिल्दो ।

स्थायी :- देखियो ।

अक्षर संख्या :- १८

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकमले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

तिमीलाई नभेट्दा मेराे मुटु चसक्क चस्केकाे छ
जब तिमी भेटिन्छ्याै मेराे मन मसक्क मस्केकाे छ
याे प्रेम भन्ने कुरा पनि गजवै घत लाग्दाे रै छ
तिम्रा लवाइ खवाइले मेराे मन नै झस्केकाे छ
जब एकान्त भेटिन्छ हामी दुवै मन मस्केकाे छ ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग-२

अगाडि टेकेको डिल,भस्केको देखेपछि झस्किएँ
छेऊमा बसी नेताजी, मस्केको देखेपछि झस्किएँ
राष्ट्रभक्त क्रान्तिकारी, म बाहेक को छ र भन्ने कै
कदम दुश्मन तिरै, लस्केको देखेपछि झस्किएँ
उता दुश्मनले सुरा, पस्केको देखेपछि झस्किएँ ।
*
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ३

ठुला कुरा गर्नेहरू झस्केको देखियो ।
झस्किएर आफ्नै मुटु चस्केको देखियो ।
षड्यन्त्रको जाल रची हानेर सबैमा,
चौरासी व्यञ्जन खाना पस्केको देखियो ।
त्यही निहुमा मानिस मस्केको देखियो ।

-आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

परिवारलाई नसोधी आफूलाई नै भाउ पस्केको देखियो
परिवारले हामीलाई सोधेको खै त भन्दा झस्केको देखियो
लगातार मुख नै चेपारे हो कि वा बानी पनि छेपारे हो कि
परिवारको मालिक भए नि आफ्नै कुराले चस्केको देखियो
आफूले भने जस्तो नभए पछि निहुँ खोजी मस्केको देखियो ।

प्रेम थापा, बागलुङ ।

पञ्चाङ्ग ५

आज दिल बिनाको मान्छेले जवानी पस्किदै छ
लाली दलेको ओठ मतिर हेरी हेरी मस्किदै छ
खुशी किन्न मान्छेहरूको भिड देख्छु बजारमा
वस्तुकै मुल्य बढी छ भाउ मायाको खस्किदै छ
यो बूढोको बेच्ने क्यै छैन मुटु चस्स चस्किदै छ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग ६

भोटको लागी अनुहार मुसुक्क मस्केको देखियो
हार र जित कस्को भनी नसिप चस्केको देखियो
उचित ब्यक्ति चुन्नु पर्नेमा लगानी निरन्तर छ
मतदाताहरु किन्दै बाक्लो गोजी झस्केको देखियो
हार खाए पछि घर गई ढिडो पस्केको देखियो।

✍️ अच्युत घिमिरे-भुटान 🇧🇹

पञ्चाङ्ग ७

१८ अक्षरमा पाञ्चायन


~~~~~~~~~~~~~~~~~~~
गत साल भुकम्पले धरहरा गिरेको देखियो
मान्छेलाई डरले मन मुटु नै चिरेको देखियो
यहाँ हामी दैवी प्रकोप पनि कति धेरै सहनु
कति मान्छे घर छोडेर गोठमा छिरेको देखियो
यहाँ यसरी धेरै दशाहरूले पिरेको देखियो ॥

दुनियाँमा दुःख र पीडाले निकै पिरेको देखियो
युवाहरू ऋणले नै परदेश छिरेको देखियो
हाम्रो देश यस्तै बाध्यता छ हामीलाई के गर्नु
दुःख गर्दै खाडी मुलुकमा घुमे फिरेको देखियो
स्वदेशमा खाएको ऋण सबै तिरेको देखियो ॥

किन किन अचेल साथीहरू ता खस्केको देखियो
सर्किएर अर्कैतिर फर्किएर घस्केको देखियो
सम्भवतः सकेसम्म एउटै समूह भए राम्रो
तर किन बिस्तारै अर्कोतिर पो लस्केको देखियो
त्यसैले हो कसैका मन मुटु नै चस्केको देखियो


समूहमा सुन्दर पञ्चाङ्गहरू पस्केको देखियो
घमण्डले कति मान्छेहरू त्यसै झस्केको देखियो
आफ्नो खुसी अरूलाई पिर नपारे स्वतन्त्रै छ त
तर अनायासै कोही कोही चाहिँ ठस्केको देखियो
आफू खुसी हुनेहरू भने सधैँ मस्केको देखियो

यस साल झरी बर्षाले जमिन भस्केको देखियो
हाम्रोतिर पहाडमा जतासुकै धस्केको देखियो
मान्छेहरू कसको के लाग्छ र दैवी प्रकोपसँग
हामी सबै दुःखी गरिबका मन चस्केको देखियो
बिचरा ती बृद्ध बृद्धाहरू निकै खस्केको देखियो ॥
~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ हाल अमेरिका

पञ्चाङ्ग ८

आज किन किन मेरो मुटु चस्केको छ
एक्कासी उसलाई देखेर झस्केको छ
सधैं हाँसि खुशी हिंड्ने मान्छे हेर यहाँ
उसको पनि मुहार आज खस्केको छ
बिहानै देखि ऊ कसैसँग ठस्केको छ ।
~~~~~~~~~~~~~~~~~~~
सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

सुतिसुति काम नगरी त्यतिकै मस्केको देखियो
खाना खान बोलाउँ पनि उत्तिकै ठस्केको देखियो
सामाजिक आर्थिक परिस्थिति बोझ पनि उत्तिकै
चखेवा चित्त बुझाउन नसकी झस्केको देखियो
बाहिरी लेपन हावादारी गफ पस्केको देखियो ।।

जमुना आचार्य
सिन्धुपाल्चोक ।

पञ्चाङ्ग १०

लुकाछिपि खेल्यौ बिरालो झैँ चाल लस्केको देखियो
आफ्नै खुट्टामा हान्यौ बन्चरो भाउ खस्केको देखियो
हेर ऐना केलाऊ विगत केही फेला पर्ने छ पक्का
व्यहोरा जानेनौ बुझाइ फरक ठस्केको देखियो
दुखाउने अरुलाई आफै बढी चस्केको देखियो ।

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

प्रतिकृयाहरू
...