Saturday 12th July 2025

पञ्चाङ्ग चित्रपट, भाग – २१


पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: २१
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०३/२९

प्रशिक्षक :
————
रामराजा के.सी.
नारायण प्रसाद निरौला

मिति : प्रत्येक हप्ताको पाँचौं दिन अर्थात् बिहीबार

चित्र संकलक
—————-
रामराजा के.सी.

समायोजन
————-
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू
हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एक्काइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पनि पञ्चाङ्ग लेखि पठाउनुहुने सम्पुर्ण सर्जक/स्रष्टाहरूमा धेरै धेरै धन्यवाद ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग १

भावनाले चल्ने मान्छे धुर्तकाे जालमा फस्दाे रहेछ
भुतलाई मान्छे देख्दा त,धाेका पाइने कस्ताे रहेछ
मुटु, कलेजाे अनि मष्तिस्क सबै सुम्पिँदा नि नहुने
यी दानवलाई त, अर्कोकाे पीडा हुने सस्तो रहेछ
जति गरे नि भेडा भेडाकै बथानमा पस्दाे रहेछ ।

रामराजा के.सी.

पञ्चाङ्ग – २

मान्छे पनि त भूत नै हो नकाब हटाएर हेर
अनुहार छोपेको नक्कली जालो फटाएर हेर
सक्कली रुप हेर्न हजुर कतै जानु नै पर्दैन,
एकपटक त्यो दिलसँग दिल सटाएर हेर
एकाध दिन समय उसैसँग कटाएर हेर ।

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ३

भुत प्राणी मान्छे पशु चिन्नलाई गाह्रो हुन्छ
आफैँलाई चिन्नु पर्छ नत्र धेरै सारो हुन्छ
आफ्नै बानी व्येहोरामा अर्कालाई देख्छ मान्छे
ज्ञान बुद्धि विवेकमा दुनियाँको धारो हुन्छ
विद्वता र नम्रता नै ज्योतिपुञ्ज तारो हु्न्छ ॥

गुणनिधि घिमिरे खान्द्रोङ पाँचथर
उर्लाबारी मोरङहाल अमेरिका

पञ्चाङ्ग-४

नकावमा छ नेता,भर कहाँ छ र?
पछाडि सुण्डमुण्ड,डर कहाँ छ र?
दुधको साक्षी बस्न,बिराला डाकिन्छ,
न्याय निसाफ हेर्ने,नर कहाँ छ र ?
जनताको भाग्यमा, तर कहाँ छ र?
*
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ५

के भूतको पनि घर हुन्छ ?
मलाई लाग्दैन भर हुन्छ ।
यो जमाना भूतको प्रेतको,
बाआमाले भन्थे डर हुन्छ ।
बचेर बस्नु नै कर हुन्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ६

व्यबहार हेर्दामा मुण्ड रुपी हुँदैछ
मुहान लोचनका कुण्ड रुपी हुँदैछ
चेहरा लुकेपनि आत्माले दियो दृष्टि
पथ र कर्म प्रति झुण्ड रुपी हुँदैछ
देखिँदैन अगाडि हुण्ड रुपी हुँदैछ ।।

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग ७

वास्तविक मनको भुतले थर्काएर तनाव हुन्छ
अचेतन मनले समय घर्काएर तनाव हुन्छ
बुढापाकाले भन्ने यिनै कथा,अनि मानसिक ब्यथा
सकारात्मक सोच अन्तै नै फर्काएर तनाव हुन्छ
ठीक बेठीक नै नबुझेर तर्काएर तनाव हुन्छ ।
प्रेम थापा, वागलुङ ।

पञ्चाङ्ग ८

यति बेला पनि भुत प्रेत सङ्ग को डराउँछ र?
सपना साकार नभै भङ्ग हुँदा को कराउँछ र?
एकाइसौं सताब्दीको चालचलनमा सिकिस्त छौं
झलल बत्ती बलिरएको ठाउँमा को हराउँछ र?
जानि बुझि अर्कालाई अफ्ठ्यारोमा को पराउँछ र?

✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹

पञ्चाङ्ग ९

स्वाभिमान थर्काउन नकाव लगाउनेहरू छन्
जितका लागि भूतप्रेतलाई जगाउनेहरू छन्
चिन्नुपर्छ अब विज्ञानको प्रयोग गरेर पनि
मानिस भित्रका भगवान रूप भगाउनेहरू छन्
जालन्धरको पापमा नि वृन्दा डगाउनेहरू छन् ।

सविता के.सी., काठमाडौँ ।

अहंकारले जित कसैको हुन्न
अहंकारले हित कसैको हुन्न
अहंकारले लङ्का खरानी भयो
अहंकारमा प्रीत कसैको हुन्न
अहंकारीमा मित कसैको हुन्न ।

देबकी के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले…

प्रतिकृयाहरू
...