Friday 23rd January 2026

मणिपुर सरकार, नोने जिल्ला प्रशासन एवं एनएफआर बीच समझौता


डा. हरिमोहन पोखरेल, कोहिमा /गतः महिना मणिपुरको नोने जिल्ला अन्तर्गत माकुम गाउँमा भएको विनाशकारी प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूको खोजी तलाशी अझै सम्म जारी रहेको बीचमा मणिपुर सरकार, माकुम भिलेज अथॉरिटी ,जिल्ला प्रशासनको सामुन्ने नोर्थ ईस्ट फ्रंटियर रेलवे संग सम्झौता भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एनएफआरले विनाशकारी प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूका परिवार र नातेदारलाई प्रति व्यक्तिको हिसाबले नौकरी दिने छ भने साना बालबालिकाहरू भए देखि पढाइको जम्मै खर्च समेत उठाउने छ ।

सम्झौता पत्रमा हस्ताक्षर गरे पश्चात मुख्यमन्त्रीले मीडियालाई संबोधन गर्दै भने कि यस भयंकर त्रासदीमा अझै सम्म सहयोग दिने सबैनै धन्यवादका पात्र हुन ।
उनले अगाडि थपे कि अगाडि फेरि पनि रेलवेले आफ्नो काम जारी राख्ने छ भने संबंधित भिलेज अथॉरिटीले पनि सक्दो सहयोग गर्ने छ ।
उनले अगाडि भने कि रेलवेले संबंधित सबैलाई आफ्नो तर्फबाट सहयोग गर्दै अन्त्येष्टिको खर्च समेत बेहोर्नेछ ।

स्मरण रहोस् गतः महिना नै मणिपुरको नोने जिल्लामा गएको पहिरोमा धेरैको ज्यान गएको थियो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...