Saturday 28th March 2026

गुणनिधि घिमिरेको १८ अक्षरमा पाञ्चायन


१८ अक्षरमा
विधा – पञ्चाङ्ग

१८ अक्षरमा पाञ्चायन

~~~~~~ॐॐॐॐॐ

~~~~~~~~~~~~~~~~~~~
गत साल भुकम्पले धरहरा गिरेको देखियो
मान्छेलाई डरले मन मुटु नै चिरेको देखियो
यहाँ हामी दैवी प्रकोप पनि कति धेरै सहनु
कति मान्छे घर छोडेर गोठमा छिरेको देखियो
यहाँ यसरी धेरै दशाहरूले पिरेको देखियो ॥

दुनियाँमा दुःख र पीडाले निकै पिरेको देखियो
युवाहरू ऋणले नै परदेश छिरेको देखियो
हाम्रो देश यस्तै बाध्यता छ हामीलाई के गर्नु
दुःख गर्दै खाडी मुलुकमा घुमे फिरेको देखियो
स्वदेशमा खाएको ऋण सबै तिरेको देखियो ॥

किन किन अचेल साथीहरू ता खस्केको देखियो
सर्किएर अर्कैतिर फर्किएर घस्केको देखियो
सम्भवतः सकेसम्म एउटै समूह भए राम्रो
तर किन बिस्तारै अर्कोतिर पो लस्केको देखियो
त्यसैले हो कसैका मन मुटु नै चस्केको देखियो


समूहमा सुन्दर पञ्चाङ्गहरू पस्केको देखियो
घमण्डले कति मान्छेहरू त्यसै झस्केको देखियो
आफ्नो खुसी अरूलाई पिर नपारे स्वतन्त्रै छ त
तर अनायासै कोही कोही चाहिँ ठस्केको देखियो
आफू खुसी हुनेहरू भने सधैँ मस्केको देखियो

यस साल झरी बर्षाले जमिन भस्केको देखियो
हाम्रोतिर पहाडमा जतासुकै धस्केको देखियो
मान्छेहरू कसको के लाग्छ र दैवी प्रकोपसँग
हामी सबै दुःखी गरिबका मन चस्केको देखियो
बिचरा ती बृद्ध बृद्धाहरू निकै खस्केको देखियो ॥
~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ हाल अमेरिका
07/19/2022


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...