Friday 6th March 2026

गुरुहरुको सम्मानमा दश टुक्का कविताहरू


१.
गुरु हजुर भएर आज मैले लेख्न पाँए,
बन्दना छ हजुरको शरणमा पर्न आँए।
२.
गुरु नै हुन चम्किने आकासका जुन तारा,
ज्ञानको प्रकाशले नै आज उज्यालो छ सारा।
३.
गुरु बिना ज्ञानको ज्योति कसरी हो पाउने,
मेहनत गर्ने अनि गुरुको गान गाउने।
४.
बुवा आमा घरका गुरु पहिलो पाठशाला,
हजुरको पाउ छुन्छु म लगाई फुलमाला।
५.
सम्मान गर्छु गुरुलाई आशिर्वादका दाता,
टुट्नेछैन कहिले पनि हामी बिचको नाता।
६.
ज्ञानका खानी बसेकाछन् मेरो हृदय भित्र,
सधै आउछ यि आँखामा गुरुहरुको चित्र।
७.
म त सधै मेहनत अनि परिश्रम गर्छु,
ज्ञान फैलाउने गुरुको शरणमा म पर्छु।
८.
भगवान हुन गुरु हाम्रा बाटो देखाउने,
सफलताको शिखर माथी नाम लेखाउने।
९.
हजुर बाट नै गुरु मैले धेरै कुरा सिकेँ,
त्यहि सिपले त सजिलै म बजारमा बिकेँ।
१०.
हजुरलाई आदर गरि गुरु भन्न पाँउ,
मेहनत गरि बनाउछु म नि आफ्नो ठाँउ।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ (हाल: गोदावारी)
(२९ असार २०७९ – गुरु पुर्णिमा।)


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...