Tuesday 20th January 2026

गुरुहरुको सम्मानमा दश टुक्का कविताहरू


१.
गुरु हजुर भएर आज मैले लेख्न पाँए,
बन्दना छ हजुरको शरणमा पर्न आँए।
२.
गुरु नै हुन चम्किने आकासका जुन तारा,
ज्ञानको प्रकाशले नै आज उज्यालो छ सारा।
३.
गुरु बिना ज्ञानको ज्योति कसरी हो पाउने,
मेहनत गर्ने अनि गुरुको गान गाउने।
४.
बुवा आमा घरका गुरु पहिलो पाठशाला,
हजुरको पाउ छुन्छु म लगाई फुलमाला।
५.
सम्मान गर्छु गुरुलाई आशिर्वादका दाता,
टुट्नेछैन कहिले पनि हामी बिचको नाता।
६.
ज्ञानका खानी बसेकाछन् मेरो हृदय भित्र,
सधै आउछ यि आँखामा गुरुहरुको चित्र।
७.
म त सधै मेहनत अनि परिश्रम गर्छु,
ज्ञान फैलाउने गुरुको शरणमा म पर्छु।
८.
भगवान हुन गुरु हाम्रा बाटो देखाउने,
सफलताको शिखर माथी नाम लेखाउने।
९.
हजुर बाट नै गुरु मैले धेरै कुरा सिकेँ,
त्यहि सिपले त सजिलै म बजारमा बिकेँ।
१०.
हजुरलाई आदर गरि गुरु भन्न पाँउ,
मेहनत गरि बनाउछु म नि आफ्नो ठाँउ।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ (हाल: गोदावारी)
(२९ असार २०७९ – गुरु पुर्णिमा।)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...