पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: १९
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०३/१६
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक
—————-
सविता के.सी.
समायोजन
————-
👉️ सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उन्नाइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पनि पञ्चाङ्ग पठाउनुहुने सर्जक/स्रष्टाहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग १
माहुरीको घर छ ।
त्यै घरको भर छ ।
एकताको पाठ नै,
बिर्सिनेको डर छ ।
भन्नैपर्ने कर छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग २
अझ माहुरीबाट सिक्न बाँकी छ एकतामा बल हुन्छ
उसको परीश्रम सुरुदेखि अन्त्यसम्म अटल हुन्छ
मान्छेले भाग्यलाई दोष दिन्छ, र एकोहोरिएर बस्छ ;
जो अडिग भइ चलिरहन्छ, ऊ सधैं नै दख्खल हुन्छ
हेर्नुस् दु:ख गरेर नै जिन्दगी रसिलो प्रतिफल हुन्छ ।
पञ्चाङ्ग ३
माहुरिका हुलहरू उत्पादन मुखी छन्
टाेके भने सुलहरू उत्पादन नै पाे छन्
यिनीहरू परिश्रमी किरामा चिनिएका
खानाहरु फूलहरू उत्पादन मुखी छन्
रानीविना भूलहरू अनुत्पादन् मुखी छन् ।
मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग ४
एकता भए निर्माण पक्ष दह्रिलाे बन्दछ
माहुरीसँग सिक्नुछ दक्ष दह्रिलाे बन्दछ
बाँदर हात बन्दैन घर जान्नु छ हामीले
सारथि राम्रो भएमा वक्ष दह्रिलाे बन्दछ
सवक यही भविष्य लक्ष दह्रिलाे बन्दछ
सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग ५
माहुरीको ठूलो हुल रहेछ
सबैसँग तिखो सुल रहेछ
उनीहरू श्रमिक भएकोले
गुलियो अमृत मूल रहेछ
मान्छे चाहिँ अल्छे स्थुल रहेछ ॥
सरस्वती श्रेष्ठ इटहरी
🌺 पञ्चाङ्ग ६🌺
भयो के? पसिनाहरु जाम भए
हेर्दाहेर्दै दैत्यहरु राम भए
माहुरी नै हो सत्कर्मको पुजारी
खुसी उसकै परमधाम भए
जब न्यायकर्ता गुमनाम भए
✍️नारायण खनाल
पञ्चाङ्ग ७
एउटा सानो माहुरीको घर छ
त्यसै घरको सबैलाई भर छ ।
उनिहरुको एकता शक्ति हेरौँ
यो एकता टुट्ला भन्ने पो डर छ
यस्तै सबक सिक्ने नै रहर छ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग ८
किन गर्छौ व्यार्थै चुरिफुरी ए मान्छे हो
अग्लो हुन चढयौ घरधुरी ए मान्छे हो
बुद्धले अमृत ज्ञान देको किन लिन्थौ
फुट्याआँखाले चिन्छौ माहुरी ए मान्छे हो
मुखमा राम पछाडी छुरी ए मान्छे हो ।
पशपती राई
पञ्चाङ्ग ९
माहुरीहरूकाे किन किन रानु हराएकाे छ
सत्ता हाँक्ने नहुनाले खाने दानु हराएकाे छ
अाफ्नाे माउ खाेज्दै उड्दै जाँदा जाँदै अनायस
माहुरी घारकाे मह भर्ने मानु हराएकाे छ
र तिनीहरूकाे घरबाट छानु हराएकाे छ
ताेयानाथ सुवेदी
पन्चाङ्ग १०
लाखौ बस्ने घर छ
एकताको भर छ
खुट्टा कति महान
खोपिल्टामा तर छ
मौरीको रहर छ ।
गोपेन्द्र रिजाल, पाँचथर ।
पञ्चाङ्ग ११
~~~~~~~~~~~
माहुरीका बथान भित्र हेर
उनीहरूका इष्टमित्र हेर
फल मेहनत परिश्रमको
कसरी जुटेका छन् चित्र हेर
कर्तव्यनिष्ठ छन् पवित्र हेर ॥
~~~~~~~~~~~~~~~
#म गुणनिधि घिमिरे
अमेरिका
पञ्चाङ्ग १२
१
मलाई पनि माहुरी झैँ बन्न मन लाग्छ
आऊ साथी सँगै जाऊँ भन्न मन लाग्छ
एकताकाे बल ठूलाे भन्ने बुझेकै हाे
सङ्ख्या तिम्राे कति धेरै गन्न मन लाग्छ
दुष्ट लुक्ने प्वालहरु खन्न मन लाग्छ ।
२
खाने पिउने रामे अनि दुख पाउने चामे अरे
मिठाे खान खाेज्नेले नै सर्दैन नि वामे अरे ।
काम गर्ने कालू हुन्छ मकै खाने भालु यहाँ
मह पार्याे माहुरीले खाने भयाे दामे अरे
दुष्ट मानव नै कस्ता घार सबै छामे अरे ।
३
हेर्दै लाेभ लाग्दाे यस्तै माहुरी झैँ डुलाैँ भयाे
रङ्गीचङ्गी बगियामा फूल बनी फुलाैँभयाे
कर्मशील बन्नलाई उपमा छ अद्वितीय
मित्रताकाे भाव राखी सबैसँग घुलाैँ भयाे
चाेट जति खाए पनि फलजस्तै झुलाैँ भयाे
४
माहुरी झैँ एकताकाे घार बन्न मन छ
आैषधीय गुण भकाे झार बन्न मन छ
कतै पनि देखिँदैन उपकारी गुणीहरू
सेवा गरी वेदकाे नै सार बन्न मन छ
सही मार्ग देखाउने धार बन्न मन छ ।
चन्द्रावती अधिकारी
पञ्चाङ्ग १६
माथि हेर पूर्णिमाको जून टहटह देखिन्छ
पहाडमा चरीको दूध माहुरी मह देखिन्छ
एकतामा बल हुन्छ, हुन्छ मीठो फल पनि रे
एकपछि अर्को चाकाका ति जाली तह देखिन्छ
प्वालैपिच्छे स्वादिलो लाग्ने महको दह देखिन्छ ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग १७
तिमी हौ कलाकार बनाइ काेष राखिरहेछौ चाका यहाँ
एकता अति बलियो हुँदामा थुन्छौ नि शत्रुको नाका यहाँ
घार रक्षा निमित्त दिन्छौ प्राण आहुति कत्रो तिम्रो हिक्मत
कार्यमा लगन छौ दूर रस लिन दिनदिनै गाका यहाँ
अविवेकी जनले घर भत्काएर मह फाेडी खाका यहाँ ।
– भवानी घिमिरे, सर्लाही
पञ्चाङ्ग १८
बगैंचामा भुभु गर्दै नाचे माहुरी
एकताको गीत भन्दै हाँसे माहुरी
मानिस माहुरी जस्तो कहिले होला
परिश्रम सिकाउँदै बाँचे माहुरी
मिठो मह बनाउँदै साँचे माहुरी
देबकी के .सी.