Friday 6th March 2026

कविता: सच्चा इश्वर बा-आमा -शिव कुमार रेग्मी


(१)
अन्नदाना घिउ जलाउछौं,ॐ स्वाहाँ भन्दै
ढुङ्गा माथी दूध चढाउछौं, एक सय आठ गन्दै
बृद्ध बा-आमालाई,बृद्धाश्रम
लगी थन्काउछौं
छाती पिटेर सधै भरी,धर्म गीत घन्काउछौं।
(२)
धर्मको लागि देखावटी, मन्दिरमा चन्दा चढाउछौं
भित्र-भित्र लुकी-लुकी, गलत काम गराउछौं
स्वास्नी कै साडीमा गुजुल्टी, सधै तिमी रमाउछौं
इश्वर रूपका बा-आमा, पिट्न कोर्रा समाउछौं।
(३)
जन्मदिने बा-आमाको, सधै तिमी गर्छौ गाली
धर्म हुन्न रत्तिभर गराई पुजा,
लाख बत्ती बाली
आफ्नै घर स्वर्ग छ,भित्री मनले तिमी बुझ
इश्वर पुज्नु भन्दा तिमीले, बा-आमालाई पुज।
(४)
धर्म हुन्न तिमीलाई, मन्दिरमा लड्डु चडाएर
कस्ले खान्छ मरेपछि, भातको डल्लो लडाएर
लाखौं रुपैयाँ खर्च गरि, पुराण पाठ लाउछौं
साक्षात इश्वर घर छोडी, देवता खोज्न धाउँछौं।
(५)
बुद्धि भ्रष्ट देखियो तिम्रो, सबै गलत गराएर
धर्मी तिमी सम्झिन्छौं,मन्दिर मा नाम लेखाएर
बा-आमाको सम्मान गर, हुन्छ सबै धर्मको काम
सच्चा इश्वर बा-आमा हुन, सेवा गर सुवह-साम।

साहित्यकार
शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा
नेपाल


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...