Saturday 28th March 2026

कविताः नेपाल आमा -बि. आर उप्रेती


नेपाल आमा

सोचेको थिए आमा तिमीलाई संसार कि राम्री
अनि दिन्छिन आशिर्वाद सबैलाई आमा हाम्री

संसारकै उच्च त्यो सुन्दर हिमालको काखमा
प्रकृतीले दिएको जडिबुटी औषधिको साथमा
डाँडा पाखा कमी छैन नदि र नाला
देशको सौर्न्दर्य कमी छैन गहना र माला

भ्रष्टाचारमा डुबे जो छन् डाडु पन्यौ लिने
हजारौंमा एक भेटिए राष्ट्रलाई माया दिने
चरम विकास अनि समृद्धिको आशा थियो
तर झन् झन् गरिब अनि निराशा बनाई दियो

बाल बच्चा हुर्केलान् सुदिन आउला सुखका
रुँदै रुँदै भन्छिन् आमा कुदिन आए दु:खका
दिल दुख्छ कटक्क छैन कतै सद्भाव र मेल
देखिन्छ जताततै अशान्ति र तुजुकको खेल


बारा! नेपाल


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...