Thursday 10th July 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०८ औं धान दिवस विशेष काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०८ औं धान दिवस विशेष काव्य श्रृङ्खला यहि मिति २०७९ साल आसार १५ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ गीतकार राम बाबु सुबेदीको प्रमुख आतिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा,बम वहादुर थापा,कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,गायीका भारती बस्यालको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको गीत विशेष काव्य गोष्ठीमा अतिथि साहित्यकारहरु क्रमश रमेश चन्द्र अधिकारी,केशु पोखरेल,देवीका मग्राति,निरा रानाभाट,चुडा निर्भिक,दुर्गा रिमाल अधिकारी,उर्मिला पन्त,गंगा अभिलाषी,चन्द्रावती अधिकारी,वीर बहादुर लोहनी,हरि प्रसाद चौलागाईं,शारदा आचार्य,सिता पाण्डे,उत्तम भेटवाल,बिनु बाबा घिमिरे,शुरेश चन्द्र घिमिरे,सिता पाण्डे लगायत २६ जना सर्जकहरुले आ-आफ्ना धान दिवस रोपईं विशेष गीत खोरिया,वाचन गर्नु भयो ।

प्रमुख अतिथि राम बाबु सुवदीले आज हलो हलीको रुने थलो हो ।आज साहित्यमा धान दिवस मनायौ ।चन्द्रागिरिको यो कार्यक्रम ज्यादै आकर्षक लाग्यो ।रचना भरि आमाको वासना छ,धानको वासना छ ।आत्मियता पनि प्रगाढछ सँधै यस्तै रहोस भन्नु हुँदै आफ्नो रचना प्रस्तुत गर्नु भयो ।डा,बम बहादुर थापाले चन्द्रागिरि साहित्यले विभिन्न विधाको विकासमा योगदान पुर्याएको छ भन्नु हुँदै यो मेरो छाति चिरेर हेर नेपाल जस्तो छ गीत सुनाउनु भयो ।

विशिष्ठ अतिथि कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंहले चन्द्रागिरिको उत्तरोत्तर प्रगतीको कामना गर्दै आ-आफ्ना रचना सुनाउनु भयो ।कार्यक्रममा रमेश चन्द्रधिकारीले गीतकार डा, बम बहादुर जितालीको जहाँ छन् बुद्धका आँखा सुन्दर स्वरमा प्रस्तुत गर्नु भयो ।अन्तमा जनार्दन अधिकारी धड्कनले चन्द्रागिरिले विधागत,विषयगत,गरिएको काव्य गेष्ठीले स्रष्टाहरुलाई सबै क्षेत्रमा कलम चलाउन सक्ने हुनुहोस् भन्ने हो । यसमा १०८ श्रृङ्खला सम्म निरन्तर यहाँहरुको अमूल्य समयको योगदान भएकोले उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएको हो भन्नु हुँदै धान दिवस विशेष खोरिया र गीत प्रस्तुत गर्दै प्रमुख अतिथि ज्यू,र सहभागी सम्पूणर् स्रष्टाहरू,संरक्षक ज्यू,लगायत सम्पूणर् उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भइ खोरियाको सैदान्तिक अवधारणा व्यक्त गरी कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

प्रतिकृयाहरू
...