Thursday 10th July 2025

मुख्यमंत्रीले गरे लमफेलपाटको भ्रमण


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन आज इम्फाल पश्चिम जिल्ला अंतर्गत लमफेलपाट स्थित पोनी (घोडा) फार्मको भ्रमण गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार मुख्यमन्त्री बिरेनले मणिपुरको पारंपरिक खेल पोलोको लागि पोनी (घोडा )को हेरचाह गरिनुपर्ने र उनीहरूको उत्थानको लागि विभिन्न पाइलाहरू चालिने कुरा पनि बताए ।

उनले अगाडि भने कि पोलो खेल मणिपुरको सबैभन्दा पुरानो खेल यसको उत्थानको लागि पोनी र खिलाडी दुवै नै स्वास्थ्य हुनु अति नै आवश्यक हुनुपर्ने कुरा पनि राखे ।
यसै भ्रमणमा उनले आफै पनि पोनीको सवारी गरे ।यस अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

स्मरण रहोस् राज्यका मुख्यमन्त्री मणिपुरको सर्वाङ्गीण विकासको लागि निरंतर काम गरि रहेका छन जो आफैमा एउटा सराहनिय काम हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

प्रतिकृयाहरू
...