Saturday 24th January 2026

असमका बाढी पीडितहरूलाई मणिपुरको सहयोग


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्य सरकारले असमको विभिन्न जग्गामा बाढबाट पीडित भएका मानिसहरूलाई सहायतार्थ एक करोड राशि बराबरको खाद्य सामाग्री पठाएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार हिजो राज्यका मुख्यमन्त्री एन बिरेनले खाद्य सामाग्रीले भरिएको बसलाई झण्डा उठाएर प्रस्थान गराएका हुन् ।
राहत पठाउने क्रममा बोल्दै उनले भने आपतको घडीमा राहत पठाउनु नै साँचो अर्थमा मानवताको सेवा हो ।

उनले अगाडि थपे कि असम र मणिपुरको संबंध अति नै प्राचिन रहेको र यस्तो विकराल स्थितिमा मदत गर्न पाउनु पनि ठूलो कुरा हो । यसै अवसरमा मुख्यमन्त्रीले बीसजना एनडीआरएफ पर्सनलहरू पनि पठाए ।

स्मरण रहोस् असममा बाढीले गर्दा सयाैं मानिसहरूको ज्यान गएको छ भने हजाराैं मानिस घरबारबिहिन भएका छन् र लाखाैं हेक्टर जग्गाको बालीनाली नष्ट भएको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...