Sunday 29th March 2026

अनेसास कुवेत च्याप्टरले २०९ औं भानु जयन्ती तथा साहित्य वाचन कार्यक्रम आगामी जुलाइ १५ मा गर्ने


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ । अनेसास कुवेत च्याप्टरको हिजो २४ जुन २०२२ का दिन फाहाहिल स्थित ए वान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

एक दशक भन्दा लामो समयदेखि कुवेतमा रहेका नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्यको प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको हुनाले यस वर्ष पनि विविध साहित्य वाचन कार्यक्रम भव्यताका साथ भानु जयन्ती मनाउन लागेको हो ।

२०९ औं भानु जयन्ती तथा साहित्य वाचन कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन बारे जानकारी गराउदै आयोजक मुल समितिका संयोजक गोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिएका हुन् ।
तपसिल
मिति :- १५ जुलाई २०२२, शुक्रबार !
समय :- दिनको ठिक ०१:०० बजे !
स्थान :- नेपाली ए वान रेष्टुरेन्ट फाहाहिल !
आयोजक :- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...