Wednesday 26th November 2025

अनेसास कुवेत च्याप्टरले २०९ औं भानु जयन्ती तथा साहित्य वाचन कार्यक्रम आगामी जुलाइ १५ मा गर्ने


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ । अनेसास कुवेत च्याप्टरको हिजो २४ जुन २०२२ का दिन फाहाहिल स्थित ए वान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

एक दशक भन्दा लामो समयदेखि कुवेतमा रहेका नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्यको प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको हुनाले यस वर्ष पनि विविध साहित्य वाचन कार्यक्रम भव्यताका साथ भानु जयन्ती मनाउन लागेको हो ।

२०९ औं भानु जयन्ती तथा साहित्य वाचन कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन बारे जानकारी गराउदै आयोजक मुल समितिका संयोजक गोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिएका हुन् ।
तपसिल
मिति :- १५ जुलाई २०२२, शुक्रबार !
समय :- दिनको ठिक ०१:०० बजे !
स्थान :- नेपाली ए वान रेष्टुरेन्ट फाहाहिल !
आयोजक :- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...