Tuesday 23rd April 2024

स्थानीय निर्वाचन पछि जनताको सोचाइ


बि.आर. उप्रेती – २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचन पश्चात् जनताहरु चुपचाप बसिरहेको बुझिन्छ। विभिन्न पार्टीका नेता कार्यकर्ताहरु आ-आफ्नै बर्चस्व स्थान क्षेत्रबाट विजय हासिल गरेका छन् यो स्वभाविक पनि होला। तर विजय प्राप्त गरेका ती कतिपय व्यक्तिहरुलाई कार्यान्वयन थालनीमा नै चुनौती पनि होला । काम गर्न असजिलो अवस्था महसुस भएको हुनुपर्छ । आफुले निर्वाचनमा अनेक प्रक्रिया अपनाएर विजय हासिल त भयो तत् पश्चात् सपथ ग्रहणपछि कार्यान्वयनमा आफ्नो प्रतिद्वन्दी व्यक्ति, त्यसैगरी पक्ष विपक्ष पार्टीका भद्र भलाद्मीसंग सद्भाव कायम गरेर मात्र स्थानीय निकायको ऐन कानून बमोजिम काम गर्न सहज होला।

निर्वाचनमा आफुसँग पराजित व्यक्तिसंग तथा आफ्नो पार्टीसंग मेल मिलाप र सद्भावका साथमा सल्लाह लिइ नराम्रो कामलाई छोडेर राम्रा काम कुरालाई मनन् गरी आफ्नो पदिय दायित्व पुरा गरेमा जनताको मन भित्र आशा जगाउन सकिएला । अहिले निर्वाचनमा सफल भएर प्रतिद्वन्दी, प्रतिपक्षी त कुरै छोड्दिउँ, आफुलाई निर्वाचनमा विजय गराउन रातदिन नभनी लागिपरेका आफ्नै कार्यकर्ताको समेत बे वास्ता गरी आफ्नै मनोमानी तरिकासंग मात्र काम गर्ने हो भने त – भनिन्छ नी एक माघले जाडो जाँदैन र यही पदावधि भित्र ५ वर्ष बिताउन पनि फलामको चिउरा चपाउनु जस्तो नहोला भन्न सकिन्न । तसर्थ निर्वाचनमा विजय भएर संयम भइ जनसेवक हुन पाएकोमा गौरव ठानी काम गर्नुको बदला म त अब जनताको बढा हाकिम भइहाले मैले जे बोले, जे गरे त्यही ठिक छ भन्ने अहम् भावनाले काम गर्ने हो भने त कुरा उही हो। अहिलेका जनताहरु न हुन् । अक्षरस हेर्छन्, मुल्यांकन गर्छन् ।

जनताहरुलाई खान लाउन दिनु पर्दैन, आफ्नै पसिना चुहाइ मेहनत गरेर जीवनोपार्जन गर्छन् । तर आफ्नो गाउँ समाज देशमा भ्रष्टाचार, हत्याहिंसा, अन्याय जस्ता अपरधिक कु कार्य निर्मूल बनाइ प्राथमिकताको आधारमा देश विकाश निर्माण गर्दै हरेक जनहितका कामहरु गरेको हेर्न चाहन्छन् जनताहरु। त्यसकारण निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई चूनौती र अवसर दुबै छन्। अब हेर्नु छ कुन मार्ग अपनाउने हुन् “सुमार्ग या कुमार्ग” भन्छन् स्थानीय जनताहरु।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...