Tuesday 8th July 2025

लघुकथाकार दुर्गा वनबासीको लघुकथा ‘संस्कार’ को पाठकिय टिप्पणी

बन्दना घिमिरे – लघुकथाकार दुर्गा वनबासीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”संस्कार”पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार दुर्गा वनबासीसँग साक्षात्कार गर्ने मेसो नमिले पनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । करिब दुई बर्ष अगाडिदेखि लघुकथा मार्फत उहाँलाई पढीरहेकी छु ।उहाँका लघुकथाहरु हाम्रो समाजमा रहेका बेथिति उजागर गर्न सफल रहेका मैले पाएकी छु ।

साहित्यिकार दुर्गा वनवासीको बास्तबिक नाम दुर्गा देवी शिवाकोटी हो । पिता स्वर्गीय नन्दलाल शिवाकोटी र माता स्वर्गीय हरिप्रिया शिवाकोटीकी सुपुत्रीको रुपमा २०२८/०६/०९ गते कोजाग्रत पूर्णिमाको पावन दिनमा साहित्यकार दुर्गा वनबासीको जन्म बुधबारे-६ बुद्धशान्ति, झापामा भएको हो र हाल सोही स्थानमा बसोबास गर्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएकी साहित्यकारले सम्पादन र अनुवाद (नेपाली, अंग्रेजी र हिन्दी) गर्ने कार्यलाई प्रमुख पेशाको रुपमा अपनाउनु भएको छ । उहाँको पहिलो कविता अनुभव,२०४६, (युगज्ञान साप्ताहिक) हो भने प्रकाशित कृतिहरु :
१. सार्थक नाम (जीवनी पुस्तिका)
२. हैशियत-२ (संयुक्त गजल संग्रह)
३. शब्द शिविर (संयुक्त गजल संग्रह),
४. धराकाश (काव्य) रहेका छन् ।

विविध साहित्यिक संघ संस्थाहरुबाट प्रोत्साहन, सम्मान प्राप्त गरिसक्नु भएकी साहित्यकारको रुचि लेखन, सम्पादन, अनुवाद रहेको छ । हाम्रो लघुकथा पाठशालाकी एडमिन रहनुभएकी साहित्यकार वनबासीका लघुकथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोको साथै अनलाईन पत्रिका तथा छापाहरुमा समेत पढन पाईन्छ ।

प्रस्तुत कथामा मुख्य पात्रको रुपमा मपात्र र प्रज्वल रहेका छन् भने अन्यपात्रहरुमा प्रिन्सीपल, शिक्षकहरु र बिद्यार्थीहरु रहेका छन् । कथामा मपात्रको दृष्टीबाट वालमनोबिज्ञान उजागर गर्न सफल हुनुभएको छ कथाकार । कथा यसरी शुरु गरिएको छ ।प्रिन्सिपलकहाँ पुर्याइएको तेस्रोपल्ट थियो | अस्तिको पल्ट पनि सानो कक्षाका भाइ बहिनीलाई कुटेको निहुँमा बरुणलाई पिटेकोले अफिसमा बोलाइएको थियो प्रज्वललाई | सबै शिक्षक शिक्षिकाका नजरमा ऊ अनुशासनहीन र झगडिया केटो भए पनि ऊभित्रको न्यायिक प्रज्वल मन पर्थ्यो मलाई | आजको झगडामा उसकै सहपाठी समीरलाई भकुरेको थियो उसले | झगडाको कारण सोधियो, ऊ बोल्दै बोलेन, चुपचाप भूईंतिर हेरेर उभिरह्यो | उसको मौनताको फाइदा उठाउँदै समीरले रुँदै आफुले अकारण पिटाइ खाएको कुरा सुनायो | आजको झगडाको मूल कारण कविता भएकीले उसलाई अलि पर एकान्तमा लगेर सोधें मैले | कविताले समीरले आफुलाई बाटो छेकेर जिस्क्याउने गरेकोले प्रज्वलले धेरैपल्ट उसलाई सम्झाएको र सुधार नभएकोले आज पिटेको कुरा बताउँदै प्रज्वलको गल्ती नभएको बताई | एउटी चेलीको सम्मानमा सजाय भोग्न तयार त्यो दाजुप्रति इज्जत बढ्यो मनमा | यसपल्ट उसलाई माफ गर्ने मेरो आग्रह शिक्षकहरुको बहुमतले परास्त गर्यो | उसका अभिभावक बोलाइए |

बाबुले रिसाउँदै भने तैँले मेरो नाक काटिस् कुलंघार ! तँलाई मैले यही संस्कार दिएको थिएँ ? तँलाई छोरो भन्न पनि लाज लाग्न थाल्यो मलाई ।चुपचाप ग्रहण गर्यो उसले मुसुमुसु हाँसेर | त्यो देख्दा बाबु चाहिँ र गुरुहरुको रिसको पारो चढ्यो | सबैले दर्शन छाँटे, आदर्श ओकले | असैह्य भएपछि टेबलमा मुड्की बजार्दै उसले भन्यो अब पुग्यो हजुरहरुको उपदेश र संस्कार । आफु परिवारको कर्ताधर्ता भएपछि रिटायर्ड हजुरबाको अगाडि रक्सी पिएर मामुलाई जथाभावी गाली गर्ने, पिट्ने, छोराछोरी तर्साउने, हजुरबालाई गन्दै नगन्ने र आफ्नै शासन चलाउने, यही होइन र बाबा हजुरको संस्कार ?
अमिलो मुख पार्दै ऊ शिक्षकहरुतिर फर्कियो- “मेरा श्रद्धेय गुरुजन ! हजुरहरुले आफ्नो स्कुले जीवन बिर्सनु भएकै हो त ? विद्यार्थीका प्रेमपत्र समातेर सजाय दिँदा गौरव महसुस गर्दै गजक्क पर्ने हजुरहरुले आफ्ना सहकर्मीहरुसँग गर्नुभएका अश्लील र अमर्यादित च्याट कसले समात्ने ? स्कुलको शौचालयमा उडिरहेको चुरोटको धुवाँ र गुट्खाको वास्तविकता कसले बताउने ?”
उत्तेजित हुँदै थप्यो- “कुन मुखले संस्कारको कुरा गर्नु हुन्छ हजुरहरु ? अन्यायमा परेकाहरुको सहयोग गर्नु कुसंस्कार हो भने यही सही | मलाई दोषी ठहर गर्नुअघि निष्पक्ष रूपमा बुझ्न कोशिश गर्नु भएको छ कहिले ? यदि संस्कार जति निमुखा र विद्यार्थीको पेवा हो भने मान्नु छैन मलाई संस्कार, हुनु छैन कथित संस्कारी | आजै, अहिल्यै निष्काशित गर्नोस् मलाई स्कुलबाट |” निरुत्तर प्रश्नहरुसँगै निहुरिएका शिरहरु छोडेर ऊ फटाफट निस्कियो र स्कुल गेटबाट ओझेल पर्यो | यसरी कथा समापन गरिएको छ ।

सिध्दहस्त लघुकथाकार लिखित कथा बालमनोविज्ञान उजागर गर्न सफल रहेको छ । बालबालिकाहरुले अग्रजहरुको मुल्याकंन कसरी गरिरहेका हुन्छन भन्ने यथार्थलाई प्रज्वल भन्ने पात्र मार्फत स्पष्ट पारिएको छ ।एउटी चेलीको सम्मानको लागि सजाय भोग्न तयार किशोरको कथा मार्फत हाम्रा बिद्यालयहरुमा शिक्षक तथा अभिभावकहरुले गर्ने दण्डप्रति व्यंग्य गरिएको कथा रोचक र घोचक छ । कथा सरल र सुबोध छ । शिर्षक सार्थक छ ।

यति सुन्दर कथामा पनि केही कमजोरी रहेका छन् । ”आजै अहिल्यै निष्कासित गर्नुहोस मलाई स्कुलबाट।” भन्ने वाक्यमा नै कथा समापन भईसकेको छ जस्तो लाग्छ मलाई । कथाको भाव यतिमै समापन भएको कारण यस पछिको वाक्यले कथालाई अधोगति तर्फ लैजान्छ भन्ने मेरो ठम्याई रहेको छ ।लघुकथालाई केही काँटछाँट गर्दा अझै अब्बल बन्न सक्छ ।

अन्त्यमा साहित्यका विविध विधामा कलम चलाउनुहुने साहित्यकार दुर्गा वनबासीको साहित्यिक यात्रा अझ सुदृढ हुदै जाओस । दर्जनौ लघुकथा लेखिसक्नु भएकी लघुकथाकारको लघुकथा संग्रह यथाशिघ्र पढ्न पाईयोस भन्ने कामनाका साथ उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०,सर्लाही

लघुकथा : संस्कार

प्रिन्सिपलकहाँ पुर्याइएको तेस्रोपल्ट थियो | अस्तिको पल्ट पनि सानो कक्षाका भाइ बहिनीलाई कुटेको निहुँमा बरुणलाई पिटेकोले अफिसमा बोलाइएको थियो प्रज्वललाई | सबै शिक्षक शिक्षिकाका नजरमा ऊ अनुशासनहीन र झगडिया केटो भए पनि ऊभित्रको न्यायिक प्रज्वल मन पर्थ्यो मलाई |

आजको झगडामा उसकै सहपाठी समीरलाई भकुरेको थियो उसले | झगडाको कारण सोधियो, ऊ बोल्दै बोलेन, चुपचाप भूईंतिर हेरेर उभिरह्यो | उसको मौनताको फाइदा उठाउँदै समीरले रुँदै आफुले अकारण पिटाइ खाएको कुरा सुनायो |

आजको झगडाको मूल कारण कविता भएकीले उसलाई अलि पर एकान्तमा लगेर सोधें मैले | कविताले समीरले आफुलाई बाटो छेकेर जिस्क्याउने गरेकोले प्रज्वलले धेरैपल्ट उसलाई सम्झाएको र सुधार नभएकोले आज पिटेको कुरा बताउँदै प्रज्वलको गल्ती नभएको बताई | एउटी चेलीको सम्मानमा सजाय भोग्न तयार त्यो दाजुप्रति इज्जत बढ्यो मनमा |

यसपल्ट उसलाई माफ गर्ने मेरो आग्रह शिक्षकहरुको बहुमतले परास्त गर्यो | उसका अभिभावक बोलाइए |

बाबुले रिसाउँदै भने- “तैँले मेरो नाक काटिस् कुलंघार ! तँलाई मैले यही संस्कार दिएको थिएँ ? तँलाई छोरो भन्न पनि लाज लाग्न थाल्यो मलाई !”

चुपचाप ग्रहण गर्यो उसले मुसुमुसु हाँसेर | त्यो देख्दा बाबु चाहिँ र गुरुहरुको रिसको पारो चढ्यो | सबैले दर्शन छाँटे, आदर्श ओकले | असैह्य भएपछि टेबलमा मुड्की बजार्यो उसले | “बस्, अब पुग्यो हजुरहरुको उपदेश र संस्कार !”

“आफु परिवारको कर्ताधर्ता भएपछि रिटायर्ड हजुरबाको अगाडि रक्सी पिएर मामुलाई जथाभावी गाली गर्ने, पिट्ने, छोराछोरी तर्साउने, हजुरबालाई गन्दै नगन्ने र आफ्नै शासन चलाउने, यही होइन र बाबा हजुरको संस्कार ?”

अमिलो मुख पार्दै ऊ शिक्षकहरुतिर फर्कियो- “मेरा श्रद्धेय गुरुजन ! हजुरहरुले आफ्नो स्कुले जीवन बिर्सनु भएकै हो त ? विद्यार्थीका प्रेमपत्र समातेर सजाय दिँदा गौरव महसुस गर्दै गजक्क पर्ने हजुरहरुले आफ्ना सहकर्मीहरुसँग गर्नुभएका अश्लील र अमर्यादित च्याट कसले समात्ने ? स्कुलको शौचालयमा उडिरहेको चुरोटको धुवाँ र गुट्खाको वास्तविकता कसले बताउने ?”

केही उत्तेजित हुँदै थप्यो- “कुन मुखले संस्कारको कुरा गर्नु हुन्छ हजुरहरु ? अन्यायमा परेकाहरुको सहयोग गर्नु कुसंस्कार हो भने यही सही | मलाई दोषी ठहर गर्नुअघि निष्पक्ष रूपमा बुझ्न कोशिश गर्नु भएको छ कहिले ? यदि संस्कार जति निमुखा र विद्यार्थीको पेवा हो भने मान्नु छैन मलाई संस्कार, हुनु छैन कथित संस्कारी | आजै, अहिल्यै निष्काशित गर्नोस् मलाई स्कुलबाट |”

निरुत्तर प्रश्नहरुसँगै निहुरिएका शिरहरु छोडेर ऊ फटाफट निस्कियो र स्कुल गेटबाट ओझेल पर्यो | पनि ऊभित्रको न्यायिक प्रज्वल मन पर्थ्यो मलाई |

निरुत्तर प्रश्नहरुसँगै निहुरिएका शिरहरु छोडेर ऊ फटाफट निस्कियो र स्कुल गेटबाट ओझेल पर्यो |

सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी…

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

प्रतिकृयाहरू
...