Wednesday 7th October 2026

जमुना आचार्यका उत्कृष्ट ६ पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

१
पन्ध्रौं गणतन्त्र दिवसको शुभकामना सबैमा
अधिकार सुनिश्चित गर्न मिलोस् भावना सबैमा
गणतन्त्रात्मक देश यहाँ जनताको होस् कदर
उठाउने सामाजिक समस्याको धावना सबैमा
लडि बलात्कारीको फाँसी दिने होस् सामना सबैमा ।
२
जनताले छाने अब मेल गराउनु तिमीले
विकासका काम गरि भेल गराउनु तिमीले
सम्पूर्ण कामको जिम्मेवारी हातमा सुम्पेका छौँ
राम्रो काम गर्ने शैली खेल गराउनु तिमीले
भ्रष्ट , बलात्कारी जति जेल गराउनु तिमीले ।
३
बदलिँदै बर्षातको समय आएछ नि
सबेरै किसान खेतबारीमा धाएछ नि
समयको रखवाली गर्नु दायित्वपन
कामकै चटारोले आधा पेट खाएछ नि
सबै पीडा भुल्दै असारे गीत गाएछ नि ।

४
विचार कसले सुन्देला राम्रो संघिय काज नै नहुँदा
पहल कसले गर्देला र मनमा कुनै राज नहुँदा
नेतृत्व छनक जुनसुकै प्राणीमा पनि देखिनुपर्ने
पंक्षी समूह कहाँ बलियो देखिएला बाज नै नहुँदा
सरफ पनि लायक हुन्न घुलनमा गाज नै नहुँदा ।

५
काम गरेरै खाने समयमा किन हेरिन्छ जात यहाँ
विश्व साँघुरिएको छ किन बेचैन मान्छेको खात यहाँ
बोल्नेको पिठो बिक्छ सहजै सोझो हेरेको हेर्यै जमाना
सोर्स र फोर्स लाग्नेको मात्र सुनिश्चित सबै बात यहाँ
बिपन्नताको घरमा किन पाक्न सक्दैन त भात यहाँ ।

६
किन गर्ने ठाउँ पुगेपछि चढ्छ सबैलाई मात यहाँ
दिनमात्र अाफ्नो विपरीत परिश्रमीलाई रात यहाँ
समय अनुकुल परिणाम राख्न मुस्किल सबैलाई
मुस्किल छ रूखलाई खाना बनाउन बिना पात यहाँ
छायाँ पियारो सर्वशक्तिमान हुन्छ मानव हात यहाँ ।

जमुना आचार्य
सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...