Monday 30th March 2026

इन्द्र बोन्तावा देवाको रचना “म यन्त्रमानव”


सङ्घर्षमय मेरा ती यात्राहरुमा
जिन्दगीका अनगिन्ती कठिनाईहरु
कहालिलाग्दो मरूभूमिको माझमा
खाना नाना र छानाको बन्दोबस्तको लागि
भौतारि हिड्ने म यन्त्रमानव ।

उज्वल भविष्यको श्वैर कल्पनामा
दस नङ्ग्रा खियाइरहेछु लगातार
कर्तव्यपरायण्ता र अभिभावकत्व निभाइरहेछु
एकोहोरो निर्जीव यन्त्र झै परिचालित छु ।

सकिन भाग्न अकर्मण्यता बाट
सकिन भाग्न सङ्घर्षणील जिवनबाट
सकिन भाग्न बाध्यता बाट
अनि सकिन रोक्न अग्रगामी पाइलाहरु ।

अझै चालिरहेछु उज्यालो हिमालतिर
मेरा यी खिईसकेका खुट्टाहरु
जीवन सार्थक बनाउन कालो अन्धकारमा
वर्षौदेखि घस्रीरहेछु अगाडि निरन्तर
मेरो अन्तिम सास रहेसम्म ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...