Friday 26th April 2024

हर्क र बालेनका पछि लागे नेताहरु


तोयानाथ उपेक्षित,
हर्क र बालेनहरु यसरी नै पैदा हुन थाले एक दिन पार्टीहरुको अस्तित्व नरहन सक्छ -झलनाथ खनाल
हर्क राज राई जस्तै हाम्रा कार्यकर्ताहरु बन्न पर्छ -माधव नेपाल
बालेन र हर्क लोकतन्त्रका सुन्दर उत्पादन हुन -प्रचण्ड
बालेन शाह ले चुनाव जित्दैनन र जित्न हुदैन उनी राजाका मान्छे हुन -पत्रकार किसोर नेपाल

स्थानीय चुनावी माहौलमा स्वतन्त्र उमेद्धारका विरुद्धमा अनेकथरी टिप्पणीहरु अनेक तहका व्याक्तिबाट आए र चुनाव पछाडी दलका नेताहरुबाट प्रशंसा पनि सुनिए । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिंगदेनले त धरानमा पुगेर नै हर्कराज राईलाई शुभकामना दिए । संघिय संसदमा एक प्रकारको तरंग पैदा भयो तर के तपाईलाई लाग्छ हाम्रा नेताहरुले बुझलान बालेन र हर्क किन जन्मिए भनेर ?

स्वतन्त्र उमेद्धारहरु सँग राजनैतिक दलको अबद्धता हुदैन त्यसैले अब उनीहरुलाई कसरी आफ्नो पक्षमा पार्ने र त्यहाँको साधन श्रोतमा हालीमुहाली गर्ने भनेर नेताहरुका चिप्ला कुरा शुरु र ओठे भक्ति गाउन शुरु गरेका छन । यदि कुनै पनि स्वतन्त्र उमेद्धारले दलका नेताको कुरा सुने र उनीहरुको झण्डामुनी ओत लाग्न पुगे भने त्यो जनतासँगको बेईमानी ठहर्दछ । यो व्यवस्थाको विकृत स्वरुपलाई ढाल्न देश भरी अर्को चुनाव सम्ममा सयौं पढे लेखेका र मातृभूमीको माया गर्ने हर्क र बालेन जस्ता युवाहरु जन्माउनु पर्दछ र यो हुनेवाला छ ।

एउटा चुनौती के छ भने हर्क र बालेनहरुलाइ असफल बनाउने प्रयास शुरु भईसकेको छ । मिडिया का आँखामा उनीहरुको प्रशंसा गर्ने र पछाडीबाट छुरा घोप्ने काम हुनेछ । यसर्थ बालेन ले भने झै हरेक बैठकहरुको लाईभ ब्रोकाष्ट गर्न पर्दछ कि उनीहरु के गर्न खोज्दैछन र कसले के गर्न बाट रोक्ने प्रयास गर्दैछन ? पार्टीहरुको राजनिती अचाक्ली भईसकेको छ । गाउँपालिका वा नगरको बजेटको ठुलो हिस्सा तिनका बैठक, भत्ता, तलब, सुविधा, भोजभतेर र घुमघाम मा सिद्धिएको जगजाहेर छ । जनतालाई विभिन्न प्रकारको कर लगाएर ढाड सेक्ने र जनप्रतिनिधीहरु त्यसमाथि मोजमस्ती गर्ने गरेको कसलाई थाहा छैन । त्यसबाट बचेको थोरै बजेटलाई पनि विभिन्न नाममा आफ्ना कार्यकर्ताहरुलाई पोस्ने काम भईरहेको छ । सरकारी पैसा आफ्नो निजी व्यपारमा लगाउने, ठेक्कापटटामा कमिसन खाने र आफै नगर तथा गाउँका आयोजनाहरुको कमसल काममा भ्रष्टचार गरेर गुणस्तरहिन मा पनि आँखा बन्द गरेर ल्याप्चे लगाउने गरेको त देखिन्दै आएको छनी । हो त्यहि भएर बालेन र हर्कहरु जम्मिए । अब यस्ता युवाहरु देशै भरी जन्मन पर्छ ।

नेताहरुको देश दौडाहाका लागि पनि तिनै नगर र गाउँपालिकाले खर्च व्यहोर्ने गरेका घट्ना पनि प्रसस्तै छन त्यति नगरे उक्त नेताले अर्को पटक टिकट पाउने वा राजनितीमा प्रमोशन हुने हैसियत गुमाउने भएकाले उक्त बाध्यता स्वतन्त्र उमेद्धारलाई हुदैन यसर्थ यो विश्वास गर्न सकिन्छ की उसले भ्रष्टचार गर्दैन । उसले कमिशन खादैन, उसले जनताको सेवामा राम्रो प्रर्दशन गर्न सक्दछ । खादा समेत लाउन नमान्ने र विजय उत्सव पनि काम गरे पछि मनाउला भन्नेहरुसँग आश नगरेर जनताले अरु को सँग गर्ने ?

यहाँ राजनैतिक दलहरुलाइ भय निर्दलियता को हो । उनीहरुलाई डर प्रतिगमनको हो । स्वतन्त्र उमेद्धारले खर्चमा मितव्ययीता, जनसेवाको निम्ति प्राथामिकता, विकाश र सबृद्धीका लागि अहोरात्र काम गरे । स्वास्थ, शिक्षा, सुशासन को प्रत्याभूति दिलाए भने त्यो निर्दलियता नै हो भने पनि सहि त्यसलाई प्रतिगमन भने पनि सही त्यही ठिक छ । त्यो पात्र लाई प्रतिगमनकारी भनिए पनि केही फरक पर्दैन जनताको नजरमा उ झन प्रगतिशिल भनेर जनताले आफै बुझने भईसकेका छन । उ बरु क्रान्तिकारी भन्ने मा कुनै आरोप ले छुने छैन । यस्ता विकाश प्रेम जनताको मनमुटुमा रहने स्वतन्त्र पात्रहरु जति बढदै जान्छन त्यति राजनैतिक दललाई चुनौति यस मानेमा हुन्छ की जनताले पत्याउन छाड्नेछन र राजनितीलाई जागिर वा व्यपार बनाउन कि त छाड्न पर्ने हुन्छ नत्र राजनिती । यसो भयो भने देशले प्रगती नै गर्ला । दल सिद्धिएर देश बन्छ भने बहुदल नभएर केही फरक पर्दैन । भ्रष्टचारबाट मुलुकले मुक्ति पाउछ भने त्यो देशमा पार्टी नभए पनि केही फरक पर्दैन । पहिलो कुरा देश र जनता का लागि जसले राजनितीलाई केन्द्रमा राख्छ उसैलाई नेता मान्ने हो । पार्टी त उर्मन्छन, सिद्धिन्छन देश सिद्धिन भएन ।

राजनितीको नेटर्वक बनाए पछि जे गरे पनि हुन्छ भन्ने दलहरुको बुझाईमा ती स्वतन्त्र उमेद्धारको जितले नराम्रो झापड हानेकै हो । अघिल्लो पाँच बर्षमा जनताले पार्टीले जे जे भन्छन आफ्नो आबद्धताको हिसावले कुरा काटेनन तर यसपटक जनताले उनीहरुको आदेश निर्देश र घोषणा पत्र पढन छाडिदिए । को काम गर्ने खालको उमेद्धार हो को होईन चुनीचुनी भोट हाले । अर्को पाँच बर्षमा उसमा बढोत्तरी अवस्य हुने छ । यो राजनैतिक दल र नेताहरुलाई खतराको घण्टी हो । बेलैमा सचेत भया ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...