Saturday 20th April 2024

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २३


स्रस्टा परिचय
नाम : छविलाल खड्का
जन्म मिति : २०२५/१२/२३
जन्मस्थान : रुँघा – ७, रुकुम
बुवा : स्व. भिउदल खड्का
आमा : स्व. भिमकली खड्का
हाल बसाेबास : काेहलपुर नगरपालिका -६, बाँके ।
शिक्षा : स्नातक तह
पेशा : निजामती सेवा ।
पहिलाे प्रकाशित रचना : ‘बहिनीलाई चिठ्ठी’ कविता राप्ती सन्देश २०४५
पहिलाे लघुकथा : ‘काेराेना क्याप्सुल’ २०७७ साउन १० गते मिसन टुडे काेहलपुरमा प्रकाशित ।
प्रकाशित कृति :
१) सहिदकाे सन्देश : लघुकाव्य २०४९
२) बिराैटाे : साइनाे सङ्ग्रह २०७७
३) आशीर्वाद : लघुकथासङ्ग्रह २०७८
४) कविता, गजल, मुक्तक, हाइकु, साइनाे, लघुकथा, समीक्षा आदि रचनाहरु विभिन्न छापा पत्रिका तथा अन्लाइन पत्रिकामा प्रकाशित ।
संबद्धता :
१) हाम्राे पूर्णिमा साहित्य प्रतिष्ठान, काेहलपुर, बाँकेकाे आजीवन सदस्य तथा आख्यान विभाग सदस्य ।
२) राप्ती साहित्य परिषद् शाखा रुकुम पश्चिमकाे आजीवन सदस्य ।


रचना
लघुकथा : अधिकार प्रत्यायाेजन

मतदान कार्य सम्पन्न भयाे ।

मतदाताले आ-आफ्ना नाता, गाेता, वर्ग र पार्टीका उम्मेदवारलाई मतदान गरे । कतिले रहरले गरे । कतिले कहरले गरे । तर गरे । रहर वा कहर के थियाे ? याे गर्भकै कुरा भयाे ।

रामेश्वरले पनि मतदान गरे । पाँच वर्ष पहिले मतदान गर्दाकाे जस्ताे उत्सुकता थिएन, अहिले । मतदान पश्चात् उनी लाेथ्रयाक लाेथ्रयाक गर्दै घर फर्के । मरेकाे बिरालाे काखी च्यापेर ठिमीकाे उकालाे लागे जसरी । घर पुगे । पिंढीमा थ्याच्चै बसे ।

नैराश्यताकाे चरम अवस्थामा देखेर बुढीले बुढालाई साेधिन् – “ए बुढा ! भाेट हाल्न पाउनु भएन कि क्या हाे ?”

“हालें ।”

“किन निराश त ?”

उनी अझ गम्भीर मुद्रामा बाेले – “हेर बुढी ! आगामी पाँच वर्षका लागि फेरि आफ्नै ढाडमा टेकाएर टाउकाेमा हान्ने अधिकार प्रत्यायाेजन गरेर आइयाे । के काे खुसी हुनु ?”


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...