Sunday 18th January 2026

युवा उमेदवार भनेर चर्चा पाएको ता. न. पा. वडा नं ७ मा गठबन्धनको प्यानल विजयी


नारायण कोइराला – नेपालमा पालिका चुनावको मत गणना जारी छ। तानसेन नगरपालिकामा पनि मत गणना जारी रहेको छ।यो समाचार बनाउँदा सम्म तानसेन नगर पालिकाको ७ वडाको परिणाम आएको छ।यसपाली गठबंधनले आफ्नो अग्रता कायम राख्दै सातै वडामा प्यानल सहित जीत हात परेको छ।

यसपाली चर्चरहेको वडा नम्बर७मा पनि युवा नेता प्रदीप खनालले फराकिलो मतान्तरले जीत निकालेका छन्।खसेको मतमा उनले १३३२ल्याउन सफल भए भने उनका प्रतिदोन्धी राम प्रसाद पोख्रेलले८६२ मत ल्याउन सफल भए।यो मतान्तरले हेर्दा ७नम्बरमा युवाहरु प्रति आकर्षण देखियो।

त्यस्तै अहिले समको मत गणनामा मेयर उप मेयर पनि गठबन्धनको तर्फबाट अगाडि रहेका छन।१४वडा रहेको तानसेन नगरपालिकामा मेयर उप मेयरको बारेमा गठबंधनबाट के हुन्छ भनेर भनी हाल्ने अवस्था छैन।अहिले माहोल देखता गतबन्धनमा काग्रेसबाट मेयर पदका उमेदवार सन्तोष लाल श्रेष्ठ र उपमेयरमा गठबन्धनको तर्फबाट माओबादिकी प्रतीक्षा गाहा सिंगजाली को जीत हुने संभावना बलियो छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...