Saturday 7th March 2026

लघुकथाकार तारा श्रेष्ठको लघुकथा “जिम्दारको नाति” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – हाम्रो लघुकथा पाठशालामा लघुकथाकार तारा श्रेष्ठले प्रेषित गर्नुभएको लघुकथा जिम्दारको नाति पढेपछि मेरो पाठकमनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार तारा श्रेष्ठलाई भौतिक रुपले नचिनेतापनि लघुकथाको माध्यमबाट परिचित छु । तारा श्रेष्ठको जन्म २०२५/०६/११ गते इटहरी नगरपालिका वार्ड नं-१८ मा पिता हरिप्रसाद र माता स्वर्गिय कृष्ण कुमारी श्रेष्ठको सुपुत्रीको रुपमा भएको हो । हाल बिराटनगर -६,मोरङमा स्थायी बसोबास गर्नुहुने लघुकथाकारले नेपाली बिषयमा शिक्षाशास्त्र संकायमा स्नातक गर्नु भएको छ । २०४४ देखि हालसम्म शिक्षण पेशाको साथै लघुकथा लेखनमा रमाउनु भएको छ ।
जुन २७, २०२० देखि हाम्रो लघुकथा पाठशालमा जोडिएर लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारले थाहै नपाई लेखेको कथा कक्षा ८ मा पढदा पहिलो लघुकथा ”पुन:मिलन”हो । जुन कथा न्यू सृष्टि दैनिकमा छापिएको थियो ।

प्रस्तुत कथा ”जिम्दारको नाति”मा हजुरबा,हजुरआमा र नाति तीन मुख्य पात्र रहेका छन् । हजुरबा र हजुरआमाको संम्वादमा नै कथानक रहेको छ । कथा यसरी शुरु गरिएको छ । हिजो स्कुलमा साथीलाई पिटेर रक्ताम्मे बनाएछ । हेड सरले मलाई बोलाएर जिम्मा लगाइदिए । पढाइ पनि दिनदिनै कमजोर हुँदैछ रे। चकचक गरेर केही न केही उपद्रो नगरेको त दिनै हुन्न रे, आँगनको बिस्कुन चलाउदै बिमला फत्फताउँदै थिइन् ।त्यसका बा आमालाई अमेरिकातिरै लैजा भनेको कागजात नै मिलेको छैन भन्छ।के गर्नु छ महिनादेखि आफ्नो लाम्टा चुसाएर यत्रो बनाए। उनीहरु डि भि परेर गइहाले । दश वर्षमा एकपल्ट फर्केर आ हैन । मलाई सधैंकोदु:ख ।तरक्क आँसु झारी बिमलाले । नरेश डोरीको खाटमा बसेर हुक्का तान्दै हजुरआमा र नातिको चर्तिकला हेरिरहेका थिए । नरेश भन्दै थिए -कुटाइ खाएर नआओस्, कुटेर आएछ जिम्दारको नाति हो धेरै नकरा मेरोनातिलाई ।यसरी नै मत्याउँदै जाउ न भोलि तिम्रो टाउकामा टेक्छ अनि थाहा पाउँछौ बिमला च्याठ्ठिदैथिइ। एकछिन बिस्कुन रुङ्न लाको कुखुराको चल्लो त प्याट्टै पार्यो , यस मोरोलाई के भा छ ?बिमला नातितिर झम्टिइन्। नाति बुरुक्क उफ्रेर भाग्यो। नरेश विमलालाई सम्झाउँदै थिए किन पिर गर्छेस् बुढी देखिनस् रमितेको छोरो लक्ष्य यो भन्दा चार गुणा बढी बदमास थियो । देशको मन्त्री भा छ । यसरी कथा समापन गरिएको छ ।

कथा सरल, मार्मिक र यथार्थपरक छ । नेपाली समाजमा अमेरिकी डि भी चिठ्ठाले पारेको प्रभाव देखाउदै कौतुहलपुर्ण पारामा धेरै बदमासी गर्नसक्नेहरुनै राजनीतिमा सफल भएको तितो सत्यलाई मिठो व्यग्यंको रुपमा पस्कन सफल हुनुभएको छ कथाकार ।
कथा हजुरआमाको नाति बदमास भएको गनगनबाट शुरु भएर बदमास हुनु नै मन्त्री बन्ने लक्षण हो भनेर सन्तोष मानेको भावमा अन्त्य भएको छ अर्थात विपरीत भावमा समापन भएकोले लघुकथाको मापनमा थपक्क बसेको छ ।

लघुकथा लगायत साहित्यका बिभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार तारा श्रेष्ठको साहित्यिक यात्राले सगरमाथाको शिखर चुमोस् भन्दै सुस्वास्थ्य,दीर्घायु तथा अटल सौभाग्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर

लघुकथा – जिम्दारकाे नाति
तारा श्रेष्ठ
बिराटनगर – ६

‘ हिजाे पनि स्कुलमा साथीलाई पिटेर रक्ताम्मे बनाएछ । हेड सरले मलाई बाेलाएर जिम्मा लगाइदिए । पढाइ पनि दिनदिनै कम्जोर हुँदैछ रे। चकचक गरेर केही न केही उपद्रो नगरेकाे त दिनै हुन्न रे, आँगनकाे बिस्कुन चलाउदै बिमला फत्फताउँदै थिइन् ।’ ‘त्यसका बा आमालाई अमेरिकातिरै लैजा भनेकाे, कागजात नै मिलेकाे छैन भन्छ।’ के गर्नु छमहिनादेखि आफ्नो लाम्टा चुसाएर यत्रो बनाए। उनीहरु डि भि परेर गइहाले । दश वर्ष भाे ,एकपल्ट फर्केर आ हैन । मलाई सधैंकाे दु:ख ।’ तरक्क आँसु झारी बिमलाले । नरेश डाेरीकाे खाटमा बसेर हुक्का तान्दै हजुरआमा र नातिकाे
चर्तिकला हेरिरहेका थिए । नरेश भन्दै थिए -‘कुटाइ खाएर नआअाेस्, कुटेर आएछ जिम्दारकाे नाति हाे धेरै नकरा मेराे नातिलाई ।’ यसरी नै मत्याउँदै जाउ न भाेलि तिम्रो टाउकामा टेक्छ अनि थाहा पाउँछौ बिमला च्याठ्ठिदैथिइ।

‘ एकछिन बिस्कुन रुङ्न लाकाे कुखुराेकाे चल्लाे त प्याट्टै पार्याे , यस माेराेलाई के भा छ ?
‘बिमला नातितिर झम्टिइन्।
नाति बुरुक्क उफ्रेर भाग्याे । नरेश विमलालाई सम्झाउँदै थिए ‘किन पिर गर्छेस् बुढी ? देखिनस्, रमितेकाे छाेराे लक्ष्य याे भन्दा चार गुणा बढी बदमास थियो । देशको मन्त्री भा छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...