Monday 30th March 2026

रचनाः कसलाई दिनु भोट ? -राम बस्नेत


बिपिका सिद्धान्त बोकेकाहरु हँसिया हथौडा रोजे
कान्तिकारी बाटो रोजेकाहरु रुखको छाहारी खोजे

झल झल बोल्ने सुर्य आज हलो खोज्दै लाग्यो
हलो आज उछिटियर सुर्यको तापमा गल्यो

सबका सिद्धान्त अलग अलग सबै एकै ठाउँमा
देश सबै बर्बाद भयो राजनीतिको नाउँमा

लुटि खाने भाँडो भयो राजनीतिक संस्था
प्रेटोल रक्सी पैसामा बिक्ने जनता नै त्यस्ता

राजनीतिले देश बर्बाद भयो मनमा सबै चोट
जताततै दल्दल छ कस्लाइ दिउ भोट

नेपाल त पहिला कै राम्रो थियो
राम बस्नेत
रेसुङा नगरपालिका १० गुल्मी
हाल कुवैत मालिया


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...